दुबईमा फिल्म एवार्ड

नेपाल चलचित्र प्राबिधिक संघ (नेफ्टा) को नवौं संस्करणको नेफ्टा फिल्म एवार्ड आगामी डिसेम्बर २३ का दिन दुबईमा हुने भएको छ । नेफ्टाका अध्यक्ष पुस्कर लामाले २१ अगस्टमा दुबईमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा नेफ्टाले बिदेशमा रहेका नेपालीहरूको चाहना अनुसार यसपटकको नेफ्टा एवार्ड दुबईमा गर्न लागिएको जनाइयो । यो एवार्डको पहिलो पटक बिदेशमा आयोजना गर्न लागिएको भने होइन । यसअघि नेफ्टा एवार्डको छैटौं, सातौं र आठौं संस्करण क्रमस: हङहङ, मलेसिया र कतारमा सम्पन्न भइसकेको छ । फिल्म एवार्डलाई व्यवस्थित तथा भब्य बनाउन युएईका लागि स्पेक्ट्रम एडभरटाइजिङ एण्ड मिडिया कन्सल्टेन्ट र कन्सेप्ट भिजन फिल्म प्रोडक्सन तथा बितरक कम्पनीसाग सहकार्य हुने बताइएको छ । एवार्डले नेपाली फिल्मकर्मीहरूलाई अझ उर्जा थप्ने र थप प्रोत्साहन मिल्ने हुनाले यसले बिदेशमा पनि नेपाली कला र संस्कृतिलाई चिनाउनमा ठूलो भूमिका खेल्ने स्पेक्ट्रम एड्भरटाइजिङ एण्ड मिडिया कन्सल्टेन्टका राजकुमार भट्टराईले बताए । कार्यक्रमको लागि नेपालबाट १ सय ५० भन्दा बढी नेपाली फिल्मकर्मीहरू दुबई आउने छन् भने ३ हजार भन्दा बढी दर्शकको उपस्थिति रहने अनुमान आयोजकले गरेको छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...