दुबईमा फिल्म एवार्ड

नेपाल चलचित्र प्राबिधिक संघ (नेफ्टा) को नवौं संस्करणको नेफ्टा फिल्म एवार्ड आगामी डिसेम्बर २३ का दिन दुबईमा हुने भएको छ । नेफ्टाका अध्यक्ष पुस्कर लामाले २१ अगस्टमा दुबईमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा नेफ्टाले बिदेशमा रहेका नेपालीहरूको चाहना अनुसार यसपटकको नेफ्टा एवार्ड दुबईमा गर्न लागिएको जनाइयो । यो एवार्डको पहिलो पटक बिदेशमा आयोजना गर्न लागिएको भने होइन । यसअघि नेफ्टा एवार्डको छैटौं, सातौं र आठौं संस्करण क्रमस: हङहङ, मलेसिया र कतारमा सम्पन्न भइसकेको छ । फिल्म एवार्डलाई व्यवस्थित तथा भब्य बनाउन युएईका लागि स्पेक्ट्रम एडभरटाइजिङ एण्ड मिडिया कन्सल्टेन्ट र कन्सेप्ट भिजन फिल्म प्रोडक्सन तथा बितरक कम्पनीसाग सहकार्य हुने बताइएको छ । एवार्डले नेपाली फिल्मकर्मीहरूलाई अझ उर्जा थप्ने र थप प्रोत्साहन मिल्ने हुनाले यसले बिदेशमा पनि नेपाली कला र संस्कृतिलाई चिनाउनमा ठूलो भूमिका खेल्ने स्पेक्ट्रम एड्भरटाइजिङ एण्ड मिडिया कन्सल्टेन्टका राजकुमार भट्टराईले बताए । कार्यक्रमको लागि नेपालबाट १ सय ५० भन्दा बढी नेपाली फिल्मकर्मीहरू दुबई आउने छन् भने ३ हजार भन्दा बढी दर्शकको उपस्थिति रहने अनुमान आयोजकले गरेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...