तरुण दलमा पदम भट्टराईको उम्मेदवारी

नेपाल तरुण दलको आसन्न चौथो केन्द्रीय महाधिबेशनमा गोर्खाका इमान्दार, सक्षम, प्रस्टबक्ता र विचारका धनी पदम भट्टराईले प्रदेश नम्बर-४ बाट केन्द्रिय सदस्यको लागी आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् ।
पार्टीभित्र शेरबहादुर देउवा निकट मानिने पदम भट्टराई गोर्खाका चर्चित युवा नेता तथा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे सँग पनि उत्तिकै निकट मानिन्छन । उसो त् पदम भट्टराईलाई प्रदेश नम्बर-४ बाट सुरेन्द्र पाण्डेले नै प्रत्यक्ष सहयोग गरेको मानिन्छ । २०४६ सालको जनआन्दोलन देखिनै नेविसंघ अस्कल क्याम्पसदेखि विद्यार्थी राजनीति हुदै केन्द्रमा नजिक हुन् पुगेका भट्टराई युवा पंतिमा निकै लोकप्रिय मानिन्छन । आफ्नो व्यक्तिगत स्वार्थ भन्दा सधै पार्टीको हितमा लागिरहेकोले अहिलेको तरुण महाधिवेशनमा आफ्नो उम्मेदवारी जायज र आफूमाथि न्याय हुने पनि ठान्छन ।
तरुण दलमार्फत समुन्नत देश निर्माणमा नेपाली कांग्रेसको विचार, आदर्श र समाजवादी चिन्तनलाई आत्मसाथ गर्दै “युवा स्वरोजगार मैत्री अभियान ” संचालनगर्ने विशेष योजना सहित महाधिवेशनमा घोषणापत्र जारी गरेका छन् ।
पार्टीभित्र नाता-सम्बन्ध, पुर्खा र रगतको साइनोले होइन विचार, क्षमता र पार्टीको चिन्तनको आधारमा आम तरुणको मुल्याकंन हुनुपर्छ भन्ने विचार राख्ने पदम भट्टराईले देशभरिका तरुण जिल्ला अध्यक्ष, केन्द्रीय प्रत्तिनिधि, केन्द्रीय पार्सद र वर्तमान कार्यसमिति समक्ष विवेकपूर्ण निर्णय गर्न आग्रह गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...