अष्ट्रेलियाबाट आयो रे आयो

काठमाडौं— लामो समयदेखि अष्ट्रेलियामा बसोबास गरिरहेका चार जना नेपाली संगीतकर्मीहरुको ब्याण्ड ‘र्याडस्टुडियो’ एउटा रमाइलो दसैं गीतको म्युजिक भिडियो लिएर दर्शकमाझ आएको छ । ‘अष्ट्रेलियाबाट दसैंको कोसेली’ स्वरुप ब्याण्डले यो म्युजिक भिडियो तयार पारेको जनाएको छ । लोक पप शैलीको ‘आयो रे आयो…’ शीर्षकको यो भिडियोको छायांकन नेपाल तथा अष्ट्रेलियामा गरिएको छ । निकेश खड्काद्वारा निर्देशित यो भिडियोमा एकातिर ब्याण्डका संगीतकर्मीहरुलाई फिचर गरिएको छ भने अर्कोतिर मोडलद्वय ज्योत्सना योगी तथा जोर्डनलाई अभिनय गराइएको छ । एकतारेको शब्दको गीतलाई ब्याण्डले नै संगीतबद्ध गरेको छ ।
सिड्नीमा बसोबास गरिरहेका नेपाली युवा संगीतकर्मीहरुले सन् २०१४ मा स्थापना गरेको र्याडस्टुडियोमा राजेश घिमिरे (भोकल तथा बास गिटार), अनुज श्रेष्ठ (ड्रम तथा पार्कुसन), धर्मेन्द्र माली (गिटार) तथा सरोज परियार (किबोर्ड तथा भोकल) आवद्ध छन् ।
र्याडस्टुडियो वास्तवमा एउटा प्रोडक्सन हाउस हो । त्यही हाउसलाई प्रतिनिधित्व गर्दै युवाहरुले त्यसको नामबाट ब्याण्ड स्थापना गरेका हुन् । अष्ट्रेलियाका विभिन्न शहरहरुमा आयोजना हुने कन्सर्टहरुमा समेत सहभागिता जनाइरहेको यो ब्याण्डले यसअघि एड्रिन प्रधान, दिब्य सुब्बा, रोहित जन क्ष्त्रीसहितका संगीतकर्मीसंग ब्याकअप ब्याण्डको रुपमा काम गरिसकेको छ ।
ब्याण्डले यसअघि सन् २०१५ मा पहिलो गीत ‘तिमी भित्र…’ सार्वजनिक गरेर स्रोताको मन जितिसकेको छ । व्याण्डका संगीतकर्मीहरुले आफू विदेशमा रहे पनि नेपाली मौलिक संस्कृतिलाई संगीतको माध्यमबाट प्रस्तुत गर्ने जमर्को गरिरहेको छ । ब्याण्डका गायक राजेश घिमिरे भन्छन्—‘हामीले हाम्रो व्याण्डको शीर्षक हामी चार जना संगीतकर्मीहरुको नामको पहिलो अक्षरबाट गरेका छौं, यो पनि एक प्रकारको प्रयोग नै हो ।’
यस्तो छ भिडियो :
https://youtu.be/kp23FmQLDc0

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...