अन्तर्राष्ट्रिय युवा सम्मेलन ५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

काठमाडौं, युवाहरुमा सामाजिक उद्यमशिलताको विकास, उद्यमशिलतानै देश निर्माणको आधार भन्ने नाराकासाथ नेपाली यूवाहरुको अन्तर्राष्टिय सम्मेलन सम्पन्न भएको छ । गैरआवासिय नेपाली संघ, राष्ट्रिय युवा परिषद र युवा तथा खेलकुद मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न सम्मेलनले देश विदेशमा भएका युवाहरुका साझा सञ्जाल निर्माण गर्दै उनिहरुको बहुआयामिक प्रतिभा पहिचान गर्दै नेपालको अवसर र चुनौतिको यथार्थ पहिचान, बैद्धिक पलायनलाई रोक्न बैद्धिक आर्जन गर्ने अभियानमा युवा परिचालन गर्ने निष्कर्शका साथ ५ बुंदे घोषणापत्र जारी गरेको छ ।
घोषणापत्र जारी गर्दै आयोजित पत्रकार सम्मेलनमा युवा परिषदका अध्यक्ष माधव ढुंगेलले युवाहरुमा देखिएको मुलुकप्रतिको वितृष्णा रोक्दै विदेशमा रहेका दक्ष युवाहरुबाट दिक्षित गराउनु पर्नेमा जोड दिदै गैरआवासिय नेपाली संघले त्यसको संयोजन व्यवस्थापन गर्न सक्नेमा आफु आसावादी भएको बताए ।
पत्रकार सम्मेलनमा गैरआवासिय नेपाली संघका आसियाना क्षेत्रका संयोजक महेन्द्र कुमार लम्सालले युवाहरुको विदेश पलायन रोक्न सरकारले दिगो संरचनागत योजना ल्याउनुपर्नेमा जोड दिए । उहाँले विदेश पालयन हुनुको कारण पत्ता लगाएर विदेशमा भएका युवा नेपाली उद्यमी होस वा व्यवसायी सबैलाई मुलुकसंग जोड्न विशेष योजना आवश्यक रहेकोले सरकारी पक्ष गंभीर हुनुपर्ने, गैरआवसिय नेपाली संघसंग हातेमालो गर्दै विश्वका विभिन्न मुलुकमा रहेका युवाहरुलाई मुलुक विकासमा समाहित गराउन सरकारले विशेष कार्ययोजना ल्याउनुपर्ने बताए ।
गैरआवासिय नेपाली संघका युवा संयोजक लोकराज अधिकारीले विश्व सम्मेलन पलदायी भएको बताउँदै यस्ता कार्यक्रमहरुले विदेशमा रहेका युवा र स्वदेशमा रहेका युवाहरुबीच सम्पर्क सुत्रको काम गरेकोले आगामी दिनमा नयाँ ढंगले यस्ता कार्यक्रमहरुको निरन्तरता आवश्यक रहेको बताए ।
भक्तपुरको बोडेमा सम्पन्न दुई दिने युवा सम्मेलनमा देश विदेशमा रहेका नेपाली युवाहरु गरी ३ सय ७५ जना युवाहरु सहभागी भएका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...