काँग्रेसमा तेश्रो शक्तिको उदय : सिटौला र गगन उम्मेद्धवारी घोषणा गर्दै
नेपाली कांग्रेसको १३औं महाधिवेशनका लागि नयाँ नेतृत्वको उम्मेद्वारी घोषणा वुधबार हुने भएको छ । वुधबारै केन्द्रीय कार्यसमितिले महाधिवेशनबारे पत्रकार सम्मेलन गर्ने तयारी गर्दा नयाँ नेतृत्वका लागि वुधबार तीनै समूहले उम्मेद्वारी घोषणा गर्दै छन् । संस्थापन पक्षको मूलधारको उत्तराधिकारी दावी गरेका महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य गगन थापाले वुधबार दिउँसो उम्मेद्वारी घोषणा गर्दै छन् । यसअघि, चर्चामा आए जस्तै सिटौला सभापति र गगन थापा महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्न लागेका हुन् । यो समूहबाट कोषाध्यक्ष घोषणा पनि वुधबार नै हुने भएको छ । यो समुहलाई सुशिल कोईरालालाई प्रधानमन्त्रीमा उकास्ने छिमेकीको सहयोग रहेको बताईएको छ । नेपाली काँग्रेसमा नयाँ शक्तिका रुपमा महामन्त्री कृष्णा सिटौला र गगन थापाको नयाँ समुह देखा परेको छ । यो समुह एक्कासी कसरी आयो भन्ने कुरा चर्चामा छ । वुधबार सिटौला र थापाले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै छन् । अहिलेका सत्तारुढ पार्टीभित्र सिटौला नै क्षमता र दक्षता भएको व्यक्ति भएको चर्चा चलेको छ । तिनका भ्रातृ संगठन र सुभेच्छुकमाझमा समेत सिटौलाकै बहस चलेको छ । शान्ति प्रक्रिया र संविधान निर्माण लगायत देशको राजनीतिक परिवर्तमान सिटौलाको उल्लेख्य योगदान रहेको चर्चा बाहिर भइरहेको छ । यस्तै, पार्टीका प्रभावशाली नेता कार्यकर्ता, पूर्व सांसद, पूर्व जिल्ला सभापतिहरु समेत सिटौलाको नेतृत्वका लागि अभियानमा लागेका छन् ।
सिटौलालाई प्रदेशका हिसावले समेत युवा तथा खारिएका नेता कार्यकर्ताले सहयोग गरिरहेका छन् । एमाले एक कार्यकताले भनेका छन्, ‘सिटौलाले विगतमा माधवकुमार नेपाल महासचिव हुँदा पनि निकै सहयोग गरेका हुन्, केपी ओलीसंगको सहकार्य समेत महत्वपूर्ण रहयो ।’ उनीसंग वीपीको नीति र सिद्धान्त तथा गिरिजाप्रसादको जोस र सशक्तता छ । यसअघि मात्रै कांग्रेस जानकारहरुले सिटौलानै गिरिजाको मूलधारको खास उत्तराधिकारी भएको बताएका थिए । युवाहरुको बहसकैबीचमा एकिकृत माओवादीको भ्रातृसंगठनका युवाहरुले विगतमा माओवादी अध्यक्ष दाहाललाई सुरक्षित तवरले सम्वाद र छलफलको वातावरण मिलाएको सम्झिए ।
वुधबारै बरिष्ठ नेता शेरबहादुर देउवाले समेत महाधिवेशनका लागि आफ्नो समूह घोषणा गर्दै छन् । देउवाको पक्षबाट महामन्त्रीमा अर्जुननरसिंह केसीले उम्मेद्वारी घोषणा गरिसकेका छन् । यस्तै देउवाले कोषाध्यक्ष लगायतका पदको समेत उम्मेद्वारी घोषणा पत्रकार सम्मेलनमा गर्ने छन् ।
संस्थापन पक्षबाटै भनेर कार्यवाहक सभापति रामचन्द्र पौडेलले वुधबार उम्मेद्वारी घोषणा गर्दै छन् । पत्रकार सम्मेलन गर्दै वुधबार पौडेलले उम्मेद्वारी घोषणा गर्न लागेका हुन् । पौडेलको समूहबाट महामन्त्रीको उम्मेद्वार सशांक कोइराला छन् ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...