तिहारको कोशेली पस्कदै सिड्नीका कलाकारहरु (भिडियो सहित)

सिड्नीलाई कर्मभूमि बनाएर संगित साधनामा योगदान दिदै आएका आधा दर्जन भन्दा बढी कलाकारहरु एक जुट भएर नेपाली चाडहरुमा बिशेष चाड तिहारको उपलक्ष्यमा तिहार बिशेष देउसी भैलो म्युजिक भिडियो सार्वजनिक गरेका छन । लामो समय देखी नेपाली गीत संगितमा योगदान दिदै अाइरहेका युवा संगीतकार किरण भण्डारीले गायक दिल तामाङको मार्मिक शब्द्हरुलाई संगीतबद्द गरेको यस गितमा युवा गायकहरु राज कुमार गोश्वामी, बिकास उप्रेती, दिल तामाङ र किरण भण्डारी स्वयमले स्वर दिएका छन । त्यसै गरि यस गितको संगीत तर्फ गितारमा समी श्रेष्ठ, बाँसुरिमा सरोज महर्जन र मादलमा पराग रायमाझीले साथ दिएका छन । परदेशमा चाड पर्बहरु यसै पनि नरामाइलो हुने गर्दछन, परदेशबाट चाडबाडहरु सम्झदाको पिडा अनि बिशेष गरेर तिहारको बेलामा आफ्नो दाजु-भाईलाई सम्झदै आफ्नो दिदी बहिनीहरुले गर्ने गरेको बिलौना यस गित निक्कै मर्मर्पर्शी तरिकाले प्रस्तुत गरिएको छ । सिड्नी मै छायांकन गरिएको यस म्युजिक भिडियोमा अरुणा भण्डारीको उत्कृष्ट अभिनय रहेको छ भने सुनित श्रेष्ठको क्यामेरा र निर्देशन रहेको छ । नेपाल टच अस्ट्रेलियाको बिशेष प्रस्तुति यस म्युजिक भिडियोलाई अष्ट्रेलियाबाट देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरु लाई बिशेष गरेर तिहारको शुभकामना सहित सांगेतिक कोशेली समर्पण गरेको म्युजिक भिडियोका सम्पूर्ण कलाकारहरुले द नेपाली टाईम्स अस्ट्रेलिया सँग बताए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...