को बन्ला विश्वकै शक्तिशाली राष्ट्रपति

-- होमप्रसाद लम्साल / प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७३

hom-lamsal-ppविश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपति छान्न आगामी नोभेम्बर ८ तारिख चुनाव हुनेछ । जुन चुनावबाट अमेरिकी जनताले ५८ औं राष्ट्रपति छान्नेछन् । सो चुनावी प्रकृयामा करिब ३० हजार नेपाली अमेरिकनहरू सहभागी हुनेछन् । अमेरिकामा रहेका नेपालीहरूले पनि यो चुनावलाई निकै उत्सुकताका साथ हेरिरहेका छन् । अधिकांश नेपालीहरू हिलारी क्लिन्टनका पक्षमा देखिएका छन् भने थोरै नेपालीहरू रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पका पक्षमा पनि देखिएका छन् । अमेरिकी चुनावी सर्भेक्षण अनुसार यतिखेर हिलारी अग्रपक्तिमा देखिएकी छिन् । उम्मेदवारका आ–आफ्ना चुनावी एजेण्डा अनुसार अध्यागमनको सन्दर्भमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प कडा रुपमा प्रस्तुत भएका छन् भने डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन नरम रुपमा । आफू राष्ट्रपतिमा निर्वाचित भएमा अमेरिकामा रहेका झण्डै ११ मिलियन कागजपत्रविहिन आप्रवासीहरूलाई देशनिकाला गर्ने डोनाल्ड ट्रम्पको एजेण्डा छ भने उनीहरूलाई बृहद अध्यागमन सुधारमार्फत नागरिकताको बाटोमा लैजाने हिलारीको एजेण्डा रहेको छ । सीमा क्षेत्रमा कडाई गर्ने र अमेरिकामा कानुनी रुपमा मात्र मान्छेहरूलाई प्रवेश दिने डोनाल्ड ट्रम्पको एजेण्डाप्रति धेरैजसो पुरातनपन्थी अमेरिकीहरूको आकर्षण देखिएको भने पूर्णरुपमा बन्द गर्ने कुरा गर्नु असत्य र अव्यवहारिक रहेको बताउने हिलारीको नाराले आप्रवासीहरूप्रति उदार मतदाताहरूको मन जितेको छ । ११ मिलियन आप्रवासीहरूको भविष्य के हुने भन्ने कुराको निर्धारण भने यहि नोभेम्बर महिनाको निर्वाचनले निर्धारण गर्नेछ ।

एउटा मुलुकको रूपमा संयुक्त राज्य अमेरिकालाई सुरक्षित राख्न लडिएको विनाशकारी गृहयुद्धको आधाआधितिर गेटिसवर्ग नगरमा एउटा राष्ट्रिय समाधिस्थल राष्ट्रको नाममा समर्पित गर्दै आफ्नो भाषणको अन्त्यमा राष्ट्रपति लिङ्कनले अमेरिकी इतिहासमै शायद सबभन्दा प्रसिद्ध पदावलीमा लोकतन्त्रको जोडदार परिभाषा दिएका थिए । “जनताको, जनताद्वारा र जनताका लागि बनेको सरकार” भन्ने आफ्नो भनाइबाट उनले लोकतान्त्रिक सरकारको स्वरूपलाई यति राम्ररी परिभाषित गरिदिए कि यी सारा कुरा एउटा लोकतान्त्रिक समाजको आकाङ्क्षा राख्ने सम्पूर्ण राष्ट्रहरूका लागि सान्दर्भिक ठहरिन्छन् । सरकारका सम्पूर्ण स्वरूपहरूमध्ये लोकतन्त्र कठिन, संभवत: सबभन्दा जटिल र चुनौतीपूर्ण हुन्छ । यो अनेकौं किसिमका तनाव र विरोधाभासहरूले भरिएको हुन्छ र यसमा लागेकाहरूले यसलाई कार्यरूप दिन निरन्तर खटिइरहनु पर्दछ । लोकतन्त्रको परिकल्पना फटाफट चाहे जस्तो गरी काम हुन सकोस् भन्नाका लागि नभई जवाफदेही रूपमा काम होस् भन्ने हो: कुनै पनि लोकतान्त्रिक सरकारले एउटा तानाशाही सत्ताले जत्तिकै छिटो गरी काम गर्न सक्षम नहुन सक्छ, तर जब एउटा कार्यविधि तय गरिन्छ त्यसले आम जनसमर्थनको गहिरो तलाउबाट शक्तिस्रोत प्राप्त गर्दछ भन्ने अमेरिकनहरू यतिखेर राष्ट्रपति छान्ने सकसमा छ । लोकतन्त्रले र अवश्य पनि अमेरिकामा देखिने यसको स्वरूपले कहिल्यै पनि आफ्नो अन्तिम चित्र बनाइसकेको हुँदैन, यो निरन्तर विकसित भइरहन्छ । अधिकांश अमेरिकीहरूले जायज रूपमै के विश्वास गर्दछन् भने उनीहरूको सरकारको बारेमा अन्तर्निहित सिद्धान्तहरू सन् १७८७ मा संविधानका निर्माताहरूले पहिलोपल्ट अभिव्यक्त गरेका सिद्धान्तहरूबाटै अनुप्रेरित गर्दछ भन्ने एक अमेरिकी लेखकको दावी छ ।

us-electionयतिखेर संयुक्त राज्य अमेरिका राष्ट्रपतिको चुनावमय भएको छ । राष्ट्रपति चार वर्षका लागि चुनिन्छन् र अर्को एकपल्ट फेरि लड्ने मौका पाउँछन् । राष्ट्रपति संसदीय व्यवस्थामा जस्तो अस्थिर कार्यकारिणीका रुपमा आफ्नो कार्यकालभरि रहँदैनन् । राजनीतिक दल धेरै नभएकाले र चार वर्षसम्म स्थिर हुनाले कतिबेला कुर्सी छोड्ने भन्ने प्रश्न आउँदैन । असामान्य परिस्थितिमा मात्र उनलाई कंग्रेस (विधायिका) ले दुई तिहाइ मतले पदमुक्त गर्न सक्छ । तर त्यहाँ जनप्रियताको कसी झन् प्रभावशाली देखिन्छ । बेलायतको उपनिवेश भए पनि किन अमेरिकामा संसदीय व्यवस्था अँगालिएन । अमेरिकामा बेलायतमा जस्तै दुईदलीय प्रणाली कायम छ, तर उनीहरूको भूमिका भने फरक छ । बेलायतमा जस्तै अमेरिकामा पहिले व्यवस्था र पछिमात्रै दलहरूको विकास भएको पाइन्छ । संसद भित्रैबाट दल बन्ने प्रक्रियामा पनि केही निकटता पाइन्छ । अमेरिकामा रिपब्लिकन र

डेमोक्र्याटबीचमा नै शक्ति आदान–प्रदान भैरहेको छ । तेस्रो दल खासै प्रभावमा छैन । सन् १८२४ को राष्ट्रपतिको निर्वाचनसंगै दुई दलको अभ्यासको थालनी भएको पाइन्छ । जोन क्विन्सी एडमका विपक्षमा टेनेसीबाट आएका एन्ड्रयु ज्याक्सन उभिए, तर उनले अधिक निर्वाचन मण्डलको मत पाए पनि कुनै उम्मेदवारले अधिक मत नल्याएकाले त्यसबेलाको प्रचलन र प्रतिनिधिसभाको नियमअनुसार सदनले आडमलाई छान्यो । यस चुनावले दलभित्रै पक्ष र विपक्षमा ध्रुवीकरण गरायो । तर चार वर्षपछिको चुनावमा ज्याक्सनले चुनाव जिते र रिपब्लिकन दलमा विभाजन ल्याए । यसरी दुई दल रिपव्लिकन र डेमोक्र्याटिक पार्टी बनेको पाईन्छ ।

अमेरिकाको दलीय प्रणालीले आजसम्म राम्ररी काम गरेको पाइन्छ । तर संसदीय व्यवस्था जस्तो दल सधै संसद बाहिर सक्रिय भैरहनु पर्दैन । जनमत तयार गर्ने या विरोध गर्ने सञ्चार र अन्य माध्यम बलिया भएकाले व्यवस्थापिकाले आफूलाई दिएको काममा बढी समय खर्च गर्छ ।

संविधान बनाउँदासम्म निर्मातालाई दलको आवश्यकतामा ध्यान गएन । त्यस समयमा पनि दलले राष्ट्र विखण्डन गर्छ र सामाजिक, राजनीतिक द्वन्द्व बढाउँछ भन्ने सोच थियो । आजजस्तो जातीयताको भावना त्यति बलियो नभए पनि राजनीतिक नेता र अन्य क्षेत्रमा दलीय राजनीतिले पार्ने नकारात्मक पक्ष हेर्ने गरिन्थ्यो । तर लोकतान्त्रिक अभ्यास क्रममा भने अप्ठ्यारा आउने रहेछन्, जसले गर्दा राजनीतिक यन्त्रको आविष्कार गरिँदो रहेछ भन्ने चेतनाको विकास हुँदै गएको पाईन्छ । राजनीतिक दलको प्रचलन पनि यस्तै अप्ठ्यारा हटाउने र लोकतन्त्रलाई बृहत जनसमुदायबीच पुर्‍याउने माध्यम भएको आवश्यकता महसुश भएपछि दलीय व्यवस्थाको आवश्यकता महसुश हुँदै गयो । अमेरिकामा राष्ट्रपतिको निर्वाचनपूर्व प्रशस्त लोकतान्त्रिक अभ्यास भएको हुन्छ । उम्मेदवार बन्न पनि व्यापक जनमतको आधार लिइन्छ । स्थानीय तहको प्राइमरीको चुनावले कुनै उम्मेदवार लोकप्रिय भएनभएको पहिल्याउन आफ्नै दलले परिक्षणमा उतार्छ । जसलाई जनसमर्थन बढी भएको मानिन्छ, उही त्यस दलको उम्मेदवार हुन्छ । त्यसपछि मात्र सम्बन्धित दलले आफ्नो उम्मेदवारको निर्णय गर्छ । अमेरिकाको राष्ट्रपतिको चुनाव गर्ने तरिका पनि अनौठो छ । देशभरिका कांग्रेसको तल्लो सदनमा जम्मा ४ सय ३५ प्रतिनिधि हुने र प्रत्येक प्रतिनिधिका एक निर्वाचन मण्डलका सदस्य चुनिन्छन् । यस निर्वाचन मण्डलका सदस्यमा प्रत्येक राज्यका दुई सिनेटरका दुई प्रतिनिधि पनि छानिन्छन् । दुई राज्यले भने समानुपातिक पद्धतिबाट निर्वाचन मण्डलका सदस्य छान्ने गर्छ । वासिङटन डीसी, भर्जिनिया टापु, गुवाम, अमेरिकन समोआ र उत्तरी म्यारियामाको मण्डलका पाँच प्रतिनिधि हुन्छन् । राष्ट्रपतिमा चुनिनका लागि कम्तीमा २७१ निर्वाचन मण्डलीका सदस्यको मत चाहिन्छ । राष्ट्रपतिको निर्वाचन तोकिएको मिति नोभेम्बर पहिलो हप्ताको सोमबार सम्पन्न हुन्छ । अमेरिकाको दलीय प्रणालीले आजसम्म राम्ररी काम गरेको पाइन्छ । तर संसदीय व्यवस्था जस्तो दल सधै संसद बाहिर सक्रिय भैरहनु पर्दैन । जनमत तयार गर्ने या विरोध गर्ने सञ्चार र अन्य माध्यम बलिया भएकाले व्यवस्थापिकाले आफूलाई दिएको काममा बढी समय खर्च गर्छ । नेताहरू भाषणबाजी र उद्घाटनमा र निरर्थक कुरामा समय खर्च फाल्नेभन्दा आफ्ना समितिभित्रका विषयमा बढी चासो राख्छन् । यसरी राजनीतिले प्रदान गरेको मर्यादा मन्त्रीबिना नै प्राप्त हुने भएकाले र मन्त्री भई भ्रष्टाचार गर्ने भन्ने नभएकाले प्रशासनिक भ्रष्टाचार कमै सुनिन्छ । राजनीतिक दललाई प्रभाव पार्ने काम चुनावमा उम्मेदवारका पक्षमा दिइने पैसा हो । राष्ट्रव्यापी चुनावी क्षेत्र भएकाले चुनाव खचिर्लो त हुन्छ नै । अमेरिकाको सम्पन्नताका हिसाबले यसलाई त्यति धेरै मान्न सकिँदैन । तर सर्वसाधारणले राष्ट्रपतिको चुनावमा उठ्न भने गाह्रो हुन्छ । यसका निम्ति दल भित्रैबाट आफू योग्य भएको र भोलि चुनावमा भाग लिइहाल्दा चुनावी खर्च जुटाउन सक्ने विश्वास दिलाउन पहिलो योग्यता आर्थिक संकलन नै मानिन्छ ।

अमेरिकामा जुनसुकै चुनाव हुँदा पनि उठ्ने मूल कुरा भनेको अमेरिकी अर्थतन्त्र, रोजगारी र लगानीमा देखिएको वातावरण, लागुऔषधको बढ्दो प्रयोगलाई नियन्त्रण, थप लगानि र आम्दानिका थप श्रोतहरूको निर्माण नै हुन । त्यसमा पनि समानताका कुरामा तेश्रो लिंगीहरूको कुरा पनि जोडदार रुपमा उठ्ने मुद्दा हुन ।

अमेरिकी राष्ट्रपतिय चुनावमा सबै भन्दा धेरै पटक ४ पटक लगातार डेमोक्र्याट पार्टीबाट फ्रेन्किलीन डी रुजबेल्टलेसन् १९३२, १९३६, १९४० र १९४४ निर्वाचन जितेका छन् । एउटै मानिस धेरै पटक निर्वाचित भएपछि त्यसपछिका दिन बढीमा २ पटक भन्दा चुनाव लड्न नपाउने नियम बनाएको हो । हालसम्मको ईतिहास हेर्दा डेमोक्र्याट पार्टीले २४ पटक र रिपव्लिकनले २२ पटक राष्ट्रपतिय निर्वाचन जितेको ईतिहास छ । अमेरिकी ईतिहासमा सन् १८४० मा विलियम हेनरी ह्यारिसन र १८४४ मा ज्यारी ट्यालरले वीड् पार्टीबाट र अब्राहम लिंकनले दोश्रो कार्यकालका लागि नेसनल यूनियनको तर्फबाट चुनाव जितेकोबाहेक डेमेक्र्याट र रिपव्लिकन बाहेक अरु पार्टीले चुनाव जितेको ईतिहास छैन । त्यहाँ राष्ट्रपतिय निर्वाचनको अभ्यास संसारकै लोकतान्त्रिक विधि अनुसार भएको मानिन्छ । सबै भन्दा बढी मत प्रतिशत ८१ दशमलव ८ प्रतिशत पाएर सन् १८७६ मा रुथरफोल्ड बी हायसले जितेका थिए भने सबै भन्दा कम प्रतिशत मत पाउनेमा विल क्लीन्टनले दोश्रो कार्यकालका लागि सन १९९६ मा ४९ प्रतिशत मत पाएका थिए । अघिल्लो दुई चुनाव जितेका बाराक ओवामा पहिलो अफ्रकन अमेरिकन थिए भने उनी संगै उपराष्ट्रपति भएका जोय विडेन पहिलो रोमन क्याथोलिकबाट थिए । राष्ट्रपतीय निर्वाचनको कार्यतालिका अनुसार मार्चसम्म स्थानीय तहको छलफल र नेतृत्वको लोकप्रियता नाप्ने कार्य जारी रहन्छ । यस क्रममा विभिन्न राज्यहरूमा भएका प्राईमरी ककसमा डेमोक्र्याटिक र रिपब्लिक नका आ–आफ्नै आन्तरिक प्रतिस्प्रर्धाले राष्ट्रपति पदका लागि दुवै पार्टीबाट को को उम्मेदवार हुन्छन भन्ने सामान्य छनक देखिन थालेको छ । सन् २००४ सम्म चुपचाप कतै नदेखिएका बाराक ओबामा एक्कासी अमेरिकी राजनीतिमा सलह सरी छाए र अन्तत दुई कार्यकाल राष्ट्रपति बनेर इतिहास लेखाए । पार्टीमा योगदान र लगानीको कुनै मुल्यांकन नै नहुने भन्ने पनि होईन हुन्छ त केवल आन्तरिकरुपमा पार्टीमा हुन्छ । जव विपक्षीसंग लडाईको कुरा हुन्छ त्यतिखेर कुन नेताले मुलुकको लागि सम्मुनत बनाउन सक्दछ र विश्वमा नम्बर एक बनाउन सक्दछ त्यहि आधारमा उसको चुनावी एजेण्डाक चुनिदै आएका छन् । अमेरिकामा जुनसुकै चुनाव हुँदा पनि उठ्ने मूल कुरा भनेको अमेरिकी अर्थतन्त्र, रोजगारी र लगानीमा देखिएको वातावरण, लागुऔषधको बढ्दो प्रयोगलाई नियन्त्रण, थप लगानि र आम्दानिका थप श्रोतहरूको निर्माण नै हुन । त्यसमा पनि समानताका कुरामा तेश्रो लिंगीहरूको कुरा पनि जोडदार रुपमा उठ्ने मुद्दा हुन । मुलत जसले मुलुकलाई सर्बशक्तिमान कायमै राख्न सक्छ र जसले अमेरिकी स्वभिमान र सर्बश्रेष्ठतालाई निरन्तरता दिन सक्छ उसैलाइ नै छनौट गर्न आतुर छन् अमेरिकी जनता । विभिन्न सर्भेक्षणहरूले हिलारी क्लिन्टन अगाडि देखिए पनि भोलिका दिनमा राष्ट्रपति निर्वाचनमा कसले बाजी मार्ला भन्ने कुराको विश्लेशण गर्न यति नै बेला हतारो हुन्छ ।