सगरमाथा र बुद्धको फोटो देखाएर मात्र नेपालको पर्यटन प्रर्बद्धन हुन्छ ?

आज करिब आधा करोड जति नेपालीहरू विदेशमा रहेको अनुमान छ । उनीहरू सक्षम, सिर्जनशील र दक्ष छन् । विदेशको समृद्धिको लागि आफ्नो सीप र पसिना सस्तोमा खर्चेका छन् । केहि अपवादलाई छाडेर भन्नुपर्दा जुन देशमा नेपालीहरू पुगेका छन्, त्यो देश नेपाल भन्दा आर्थिक रुपमा सम्पन्न पनि छ र त्यहाँका मानिसहरूको जीवनस्तर उच्च छ, चाहे त्यो मध्यपूर्व वा मलेसिया होस् वा पश्चिमी मुलुक । भन्नुको मतलब पर्यटनका हिसाबले कुनै दिन नेपालका अतिथि बन्न सक्ने हैसियत राख्छन् । विदेशमा बसेका करिब सबै नेपालीहरूले आफ्ना सम्पर्कमा आउने बिदेशीलाई नेपालको बारेमा प्रचार गर्ने मौका बाँकी राख्दैनन् । जसले प्रत्यक्ष्य वा परोक्ष रुपमा नेपालको प्राकृतिक सुन्दरता र पर्यटनको सहज मार्केटिङ्ग गरि रहेका हुन्छन् । यति नै काफी हुन्छ एउटा विदेशमा बसेको सर्बसाधारण नेपालीले नेपाललाई चिनाउने, आफ्नो देशको सुन्दरताको बयान गर्ने र सम्भावित पर्यटनको प्रचार प्रसार गर्ने ।
विश्वका धेरै मूलुकहरूमा गैरआवासीय नेपालीहरूको अगुवाईमा गरिने नेपाल महोत्सवहरूलाई पनि एउटा उदाहरणको रुपमा लिन सकिन्छ ।
यसरी नेपालीहरूको बढ्दो विदेश पलायनका कारण त्यो संजाललाई एउटा संगठित शक्तिको रुपमा विकास गरि “नेपालीका लागि नेपाली” भन्ने नाराका साथ स्थापित ग्लोबल नेपालीहरूको संजाल, एनआरएनएको स्थापना भएको हो । आज भन्दा करिब १३ वर्ष अगाडि स्थापित यो संजालले विश्वको ७४ मूलुकहरूमा आफ्नो संगठन बिस्तार गरिसकेको छ । एनआरएनएको आफ्नो प्रमुख उद्देश्यमध्ये नेपालको पर्यटन प्रर्बद्धन पनि हो । तदनुसार संसारका विभिन्न मूलुकहरूमा छरिएर रहेका यी सबै व्यक्ति, संघ, संस्था तथा संजालहरूले कुनै न कुनै रुपमा आँफू बसेको मूलुक तथा समाजमा नेपालको प्रचार प्रसार तथा प्रर्बद्धन कुनै न कुनै रुपमा गरेकै हुन्छन् । विश्वका धेरै मूलुकहरूमा गैरआवासीय नेपालीहरूको अगुवाईमा गरिने नेपाल महोत्सवहरूलाई पनि एउटा उदाहरणको रुपमा लिन सकिन्छ ।
राजनीति गर्नु भनेको देशको सेवा गर्नु, उसले आफु र आफ्नो परिवार नाता गोता भन्दा पनि समग्र देशलाई एउटा परिवारको रुपमा हेर्न सक्नु पर्दछ । आफ्नो पद र कार्यकाल मात्र भन्दा दशक, शताब्दी र आउँदो पुस्तासम्म सोचेर काम गर्न सक्नुपर्छ ।
विदेशमा बस्ने नेपालीहरूले नेपाल एउटा आकर्षक पर्यटकीय गन्तब्य हो भनि प्रचार प्रसारमा अहोरात्र खटेका छन् त्यतिनै नेपालमा जिम्मेवारी सम्हालेका मानिसहरू नेपालको यो अपार सम्पत्ति, सम्पदा र सुन्दरतालाई आर्थिक सम्बृद्धिमा परिणत गर्न संबेदनशिल र इमान्दार छन् त ? खेदपूर्वक भन्नुपर्छ यसमा इमान्दारिता, सम्बेदनशिलता र दीर्घकालिन सोचको अभाव नै छ । संसारको सबै भन्दा धेरै जनघनत्व भएको र उदाउँदा अर्थतन्त्रहरू भारत र चीनबीच अवस्थित सम्भावना नै सम्भावना भएको हाम्रो देश नेपालको यो हालत कहिलेसम्म ? प्रकृतिको अपार सुन्दरताले भरिएको, भू–राजनीतिक हिसाबले आर्थिक तथा रणनीतिक महत्व बोकेको देश आजसम्म पनि आर्थिक रुपमा नेपाली यति धेरै पछाडि हुनु हामी सबैको लागि दूर्भाग्य मात्रै होइन लाजमर्दो हो । यस्तो पछौटेपनको शिकार कहिलेसम्म यस्तो लाजमर्दो ? सायद यस्तो बिडम्बना भोग्नु परेको संसारमा नेपालबाहेक अर्को कुनै मुलुक छैन होला । आखिर कारण के हो त ? कारण राजनीतिक अस्थिरता र राजनीति गर्नेहरूमा इमान्दारिता र दीर्घकालिन सोचको अभाव नै हो ।
राजनीति गर्नु भनेको देशको सेवा गर्नु, उसले आफु र आफ्नो परिवार नाता गोता भन्दा पनि समग्र देशलाई एउटा परिवारको रुपमा हेर्न सक्नु पर्दछ । आफ्नो पद र कार्यकाल मात्र भन्दा दशक, शताब्दी र आउँदो पुस्तासम्म सोचेर काम गर्न सक्नुपर्छ । तर त्यो सोच नेपालमा राजनीति गर्नेहरूमा देखिएन । करिब २५ वर्ष पुग्यो नेपाल एकदलीय पन्जाबाट मुक्ति पाई खुल्ला समाजमा प्रवेश गरको । त्यसको लगत्तै देश १० बर्षे जनयुद्धमा फँस्यो । त्यो सन्त्रासमय समयमा हजाराैं मानिसको ज्यान त गयो, त्यसको साथ साथै देशले खरबौं बराबरका पूर्वाधार तथा अन्य आर्थिक बिनासको सामाना गर्नुपर्यो । राजनीतिक रुपमा हेर्दा प्रजातान्त्र होस लोकतान्त्रिक व्यवस्थामा पनि आजसम्म एउटा सरकारले पनि पूर्णकालिन काम गर्न पाएको छैन । जसले गर्दा जनताबाट चुनिएर गएका प्रतिनिधीहरूले देशको भबिष्यको मार्गचित्र गर्ने काम अपेक्षा अनुसार बढ्न सकेन । राजनीतिज्ञहरुले आवश्यक नीति निर्माण तिरभन्दा पटक पटकको चुनाव, पद र सत्ताको दाउपेच मै ब्यस्त रहन थाले । कर्मचारी तथा ब्यापारीहरू अस्थिर राजनीतिको फाइदा उठाउंदै आफ्नो दुनो सोझ्याउन मात्र लागे । देशमा लूट्नेहरुको होडबाजी नै चलेजस्तो देखियो । यस्तै अस्थिर र नैराश्य वातावरणको दोसांधमा थुप्रै युवाहरू सम्भावनाको खोजिमा विदेश पलायन हुन थाले । हजारौंको संख्यामा दक्ष जनशक्ति देश छोडेर विदेशतिर पलायन हुने क्रम बढ्दै गयो जुन आजसम्म पनि कायमै छ । फलत केहि टाठाबाठा मानिसहरू दिनरात धनी बन्दै गए, समग्रमा देश कमजोर बन्दै गयो आर्थिक र जनशक्तिको दृष्टिकोणले नेपाल दिन प्रतिदिन खोक्रिदै गयो ।
प्रकृतिको अपार सुन्दरताले भरिएको, भू–राजनीतिक हिसाबले आर्थिक तथा रणनीतिक महत्व बोकेको देश आजसम्म पनि आर्थिक रुपमा नेपाली यति धेरै पछाडि हुनु हामी सबैको लागि दूर्भाग्य मात्रै होइन लाजमर्दो हो ।
डायस्पोरामा बस्ने गैरआवासीय नेपालीहरू आफ्नो क्षमताले भ्याएसम्म नेपाल प्रर्बद्धन गर्न व्यस्त छन् । नेपालको पर्यटन झल्कने ठूला–ठूला पोस्टकार्ड, ब्यानर, श्रब्य दृश्य सामग्रीहरू देखाएकै हुन्छन् । तर नेपालमा त्यसको महत्व बुझ्ने र दीर्घकालिन सोच राखेर काम गर्नेहरूको खडेरी नै छ । आज एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेको ६ दशक भन्दा बढी भैसकेको छ । यस बीचमा हजारौं बिदेशी तथा स्वदेशीहरूले सागरमाथा आरोहण गरिसकेका छन् । लाखौले लुम्बिनी भ्रमण गरिसकेका छन्, ट्रेकिङ्गको क्रममा लाखौ बिदेशीहरू नेपालका गाउँगाउँ पुगिसकेका छन् । पर्यटनकै नाउँमा खरबौं रुपिया देश भित्रिएको छ तर त्यो श्रोतलाई इमान्दारीपूर्वक पर्यटन पूर्वाधार विकासमा खर्च गर्ने, पूर्वाधार विकासमा लगाउने र भबिष्यमा आउने पर्यटकहरूलाई अरु सहज बनाउनेतर्फ कसैको ध्यान छैन । हिमाल आरोंहणमा लाखौ रूपैया शुल्क असुलिंन्छ, ट्रेकिङ्गको शुल्क पनि कम छैन । त्यस्तै पोखरादेखि लुम्बिनी, चितवन हुँदै पशुपतिसम्म आन्तरिक तथा बाह्य पर्यटकहरूबाट थुप्रै रकम संकलन हुन्छ । तर त्यसको केहि मात्र अंश सम्बन्धित क्षेत्रको पूर्वाधार विकासमा खर्च गर्ने सोच हुँदो हो त आजसम्म काठमाडौंबाट एभरेस्ट बेश क्याम्पसम्म हाइवे बनिसक्ने थियो होला । राजधानीदेखि अन्नपूर्ण बेश क्याम्पसम्म केवलकार पुगिसक्थ्यो होला । नेपालले पर्यटन विकासमा उल्लेख्य प्रगति हासिल गर्न सक्थ्यो होला ।
नेपाललाई सिंगापुर, स्वीजरल्याण्ड बनाउँछाैं भनेर सपना बाड्न पनि जरूरी छैन । नेपालले पर्यटनमार्फत आर्थिक सम्बृद्धि हाँसिल गर्न नेपालीहरूको आतिथ्य, प्राकृतिक सुन्दरता, आदिवासीहरूको जीवन शैली, स्वस्थ र स्वादिस्ट अर्गानिक भोजन आदिको समुचित विकास र व्यबस्थापन गर्न सकियो भने यतीनै पर्याप्त छ ।
लैनो गाइ भन्दैमा पालन पोषण नगरे कतिदिन दूध दिन सक्छ र ? त्यस्तै भएका छन् हाम्रा सुन्दर पर्यटकीय धरोहरहरू । बर्षेनी नेपाल पर्यटन वोर्ड र मन्त्रालायका कर्मचारीहरू नेपाल प्रर्बद्धनको नाउँमा बिदेश घुम्ने गरेको देखिन्छ तर उनीहरू न त त्यहाँको मूलधारसम्म पुगेर नेपालको पर्यटन सम्भावनाको प्रचार प्रसार गर्छन न त त्यहाँ को सरकारको नीति तथा कार्यक्रमको अध्यन गरि नेपालीमा केहि हदसम्म भए पनि लागु गर्ने फुर्सदै उनीहरूलाई हुन्छ । सरकारी ढुकुटीमा केवल घुमघाम, आफन्त भेटघाट सकेर नेपाल फर्कन्छन् । लाग्छ, यहाँ देश लुट्ने एक प्रकारको प्रतिस्प्रर्धा नै छ जसले गर्दा पर्यटकीय सम्पदाबाट आर्जित रकम अर्कैतिर भरणपोषण गरिन्छ । महत्वपूर्ण पर्यटकीय स्थलहरू जस्ताको त्यस्तै निरिह रही रहन्छन् ।
अब नेपालको पर्यटन प्रर्बद्धन र विकास गर्न सगरमाथा र बुद्धको फोटो प्रदर्शन गरेर मात्रै हुँदैन । पर्यटनबाट प्राप्त आम्दानीलाई पर्यटन पूर्वाधार विकास तथा बिस्तारमा खर्च गर्नु पर्ने देखिन्छ । पर्यटन मन्त्रालयदेखि, पर्यटन बोर्डलाई एउटा रचनात्मक काम गर्ने प्राधिकरणको रुपमा विकास गर्नुपर्छ । नाताबाद, फरियाबादको भर्तीकेन्द्र बनाउन बन्दै गर्नुपर्छ । पर्यटन प्राधिकरणलाई देशको आर्थिक विकासको प्रमूख साझेदार मान्दै अरु सशक्त, पारदर्शी र गैरराजनीतिक बनाउन जरुरी छ । पर्यटन पूर्वाधार विमानस्थलदेखि बेसक्याम्पसम्म सून्य बाटै सुरु गर्नु पर्ने देखिन्छ । नेपाललाई सिंगापुर, स्वीजरल्याण्ड बनाउँछाैं भनेर सपना बाड्न पनि जरूरी छैन । नेपालले पर्यटनमार्फत आर्थिक सम्बृद्धि हाँसिल गर्न नेपालीहरूको आतिथ्य, प्राकृतिक सुन्दरता, आदिवासीहरूको जीवन शैली, स्वस्थ र स्वादिस्ट अर्गानिक भोजन आदिको समुचित विकास र व्यबस्थापन गर्न सकियो भने यतीनै पर्याप्त छ । एक ठाउँबाट अर्को ठाउँमा आवत जावत गर्ने सहज सडक तथा हवाई सुबिधा तथा आवासको व्यवस्था मुख्य सहरभन्दा बाहिर रहेको दूर दराजसम्म पुर्याउन सरकारले नै बिशेष पहल गर्नु पर्ने देखिन्छ । राजदूतदेखि महाबाणिज्यदूतसम्मको नियुक्तिमा दलहरू र पर्यटन बोर्डमा आसिनहरूको भागबण्डा र आर्थिक प्रलोभनमा सीमित नरही पर्यटन सम्बन्धि जानकार र बिज्ञहरूलाई विश्वका सम्भावित पर्यटन बजारसम्म स्थापित गराउन जरुरी छ । उनीहरू सम्बन्धित देशमा रहेका गैरआवासीय नेपालीहरूसंग सहकार्य गर्ने छन् जसले स्थानीय बजार राम्रोसंग बुझेका हुन्छन् । देशभित्रै समय सापेक्ष अत्यावश्यक भौतिक तथा पर्यटन पूर्वाधारको विकास बिना विदेशमा गरिएको हल्लाले मात्र प्रचूर सम्भावना बोकेको नेपालको पर्यटन व्यवसायले अपेक्षित उपलब्धि हासिल गर्न सक्दैन ।

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...