मोसुलमा आईएसको बर्बरता
इराकी फौजले मोसुल सहरमा धावा बोलिरहेका बेला आईएस लडाकुहरूले निहत्था नागरिकमाथि बर्बरता देखाइरहेको राष्ट्रसंघीय मानव अधिकार कर्मचारीहरूले जानकारी दिएका छन् । एक घटनामा ३ महिला तथा ३ बालबालिकालाई एक गाउँदेखि अर्को गाउँसम्म लखेट्दै गोली हानी मारेको समाचार छ । अर्को ठाउँमा १५ जना सर्वसाधारणलाई मारेर उनीहरूको शवलाई नदीमा फालेर आतंक मच्चाइएको छ । संयुक्त इराकी फौजको दवावमा परेको आईएसले अनुमान गरिए अनुसारै निर्दोष मानिसहरूलाई ढाल बनाइरहेको पाइएको छ । अमेरिकी नेतृत्वको गठबन्धनका युद्धक विमानको सहयोगमा करिव ३० हजार इराकी फौज, कुर्दिस लडाकु, सुन्नी अरब आदिवासी समूह र सिया लडाकु मिलेर मोसुललाई नियन्त्रणमा लिने संयुक्त कारवााही सुरु गरेका हुन् । उक्त सहरमा करिव १५ लाख मानिस बसोबास गर्छन् । त्यसमध्ये करिब २ लाख जना आगामी केही साताबीच विस्थापित हुने अनुमान छ । यसबीच इराकी सुरक्षाकर्मीले उत्तरी इराकको किरकुक प्रान्तमा इस्लामिक स्टेट (आईएस) समूहका लडाकुको प्रान्तीय राजधानीमा आक्रमण गरेपछि ७४ आईएस लडाकुको मृत्यु भएको विज्ञप्तिमार्फत जनाएका छन् ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...