मोसुलमा आईएसको बर्बरता

इराकी फौजले मोसुल सहरमा धावा बोलिरहेका बेला आईएस लडाकुहरूले निहत्था नागरिकमाथि बर्बरता देखाइरहेको राष्ट्रसंघीय मानव अधिकार कर्मचारीहरूले जानकारी दिएका छन् । एक घटनामा ३ महिला तथा ३ बालबालिकालाई एक गाउँदेखि अर्को गाउँसम्म लखेट्दै गोली हानी मारेको समाचार छ । अर्को ठाउँमा १५ जना सर्वसाधारणलाई मारेर उनीहरूको शवलाई नदीमा फालेर आतंक मच्चाइएको छ । संयुक्त इराकी फौजको दवावमा परेको आईएसले अनुमान गरिए अनुसारै निर्दोष मानिसहरूलाई ढाल बनाइरहेको पाइएको छ । अमेरिकी नेतृत्वको गठबन्धनका युद्धक विमानको सहयोगमा करिव ३० हजार इराकी फौज, कुर्दिस लडाकु, सुन्नी अरब आदिवासी समूह र सिया लडाकु मिलेर मोसुललाई नियन्त्रणमा लिने संयुक्त कारवााही सुरु गरेका हुन् । उक्त सहरमा करिव १५ लाख मानिस बसोबास गर्छन् । त्यसमध्ये करिब २ लाख जना आगामी केही साताबीच विस्थापित हुने अनुमान छ । यसबीच इराकी सुरक्षाकर्मीले उत्तरी इराकको किरकुक प्रान्तमा इस्लामिक स्टेट (आईएस) समूहका लडाकुको प्रान्तीय राजधानीमा आक्रमण गरेपछि ७४ आईएस लडाकुको मृत्यु भएको विज्ञप्तिमार्फत जनाएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...