कांग्रेस महाधिवेशन आजदेखि राजधानीमा सुरु हुँदै
काठमाडौं–नेपाली कांग्रेसको १३ औं महाधिवेशन बिहीबार राजधानीमा सुरु हुँदैछ । खुलामन्चमा कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले दिउँसो १ बजे भव्य समारोहबीच १३औं महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।
सभापति सुशील कोइरालाको आकस्मिक निधनपछि कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै आएका पौडेलले पार्टी परम्परालाई निरन्तरता दिँदै महाधिवेशन उद्घाटन गर्न लागेका हुन् । ‘सुशीलको नेतृत्वमा बनायौं संविधान, समृद्ध राष्ट्र र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नारासाथ एक वर्ष ६ महिना ढिलो गरी हुन लागेको महाधिवेशनको उद्घाटनसत्रमा कांग्रेसले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई निमन्त्रणा गरेको छ । उद्घाटनमा सहभागी हुन विभिन्न देशका प्रतिनिधि काठमाडौं आइसकेका छन् ।
महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयनका साथै पार्टीले लिने नीति र कार्यक्रमसमेत टुंगो लगाउनेछ । फागुन २३ गते नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने महाधिवेशनको बन्दसत्र शुक्रबारबाट भृकुटीमण्डपमा हुनेछ । संविधान कार्यान्वयन र आर्थिक विकासलाई प्राथमिकतामा राखेर तयार गरेको नीति तथा कार्यक्रम शुक्रबारै बन्दसत्रमा पेस हुने जनाइएको छ ।
कांग्रेसले मञ्चको दायाँ–बायाँ पत्रकार र दर्शकदीर्घाको अग्रभागमा पार्टीका नेतालाई बस्ने व्यवस्था मिलाएको छ ।
नीतिभन्दा नेतृत्व चयनमै नेता–कार्यकर्ताको ध्यान केन्द्रित भइरहेका बेला बन्दसत्रमा महामन्त्री (प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला) को प्रतिवेदन, विधान संशोधन प्रस्ताव र कोषाध्यक्षको प्रतिवेदन पेस हुनेछ । बन्दसत्रमा पेस हुने सबै प्रतिवेदन केन्द्रीय समिति बैठकले सर्वसम्मतिले पारित गरिसकेको छ । महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिनिध काठमाडौं आइसकेको जानकारी दिँदै कांग्रेस प्रचार विभागप्रमुख मीनेन्द्र रिजालले भने, ‘महाधिवेशनका लागि आवश्यक सबै आन्तरिक व्यवस्थापन पूरा भएको छ ।’
३ हजार १ सय ७० महाधिवेशन प्रतिनिधि सहभागी हुने महाधिवेशनमा २ सय ४० निर्वाचन क्षेत्रबाट २ हजार ८ सय ८० सहित १९ देशमा रहेका जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संगठनबाट प्रतिनिधि सहभागी हुनेछन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...