देउवाले गरे उम्मेदवारी घोषणा
काठमाडौं— नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले बिहिबार औपचारिक रुपमा सभापति पदका लागि रुपमा उम्मेदवारी घोषणा गरेका छन् । पार्टीको मुख्यालय सानेपामा अहिले भरखरै आयोजित समारोहमा देउवा प्यानलबाट महामन्त्रीमा अर्जुननरसिंह केसी तथा कोषाध्यक्षमा चित्रलेखा यादवको उम्मेदवारी घोषणा गरिएको हो ।
देउवाको उम्मेदवारीका लागि कुलबहादुर गुरुङ प्रस्तावक तथा खुमबहादुर खड्का समर्थक । उम्मेदवारी घोषणा कार्यक्रममा नेपाली कांग्रेस नेताहरु लक्ष्मण घिमिरे, प्रदीप गिरी, तारानाथ रानाभाट, चिरञ्जिवी वाग्ले आदि उपस्थित छन् ।
यसअघि हिजो बुधवार रामचन्द्र पौडेलले सभापतिमा तथा उनको प्यानलबाट शशांक कोइरालाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् । पौडेल समूहबाट कोषाध्यक्षको उम्मेदवारी घोषणा अझै हुन सकेको छैन ।
सभापति पदमा उम्मेदवारीको घोषणा गरेकी सुजाता कोइरालाले भने पौडेलको समर्थनमा आफ्नो उम्मेदवारी फिर्ता लिइसकेकी छन् ।
सभापति पदका अर्का दाबेदर कृष्णप्रसाद सिटौलाले सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । सिटौलाको प्यानलबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीको उम्मेदवारी घोषणा भएको छ । कांग्रेस महाधिवेशन आज बिहिबार दिउ“सो खुलामञ्च (टु“डिखेल) मा उद्घाटन हु“दैछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...