मेरो प्रयास एनआरएनएको संरचनागत पारिबर्तनको लागि हुनेछ – भवन भट्ट

-- The NTA / प्रकाशित मिति : बिहिबार, मंसिर २३, २०७३

एनआरएनएको भाबी  नेतृत्व सँग जोडेर हेरिने नाम हो भवन भट्ट, ब्यापारिक हिसाबले भट्टले गरको उन्नती र प्रगतीका अगाडि उनको उमेर कलिलै देखिन्छ । एनआरएनएका केन्द्रिय उपाध्यक्षको दोश्रो कार्यकाल र जिम्मेवारी सफलता साथ निर्बाहा गर्दै आएका भट्ट आफ्नो छोटो भ्रमणका क्रममा अस्ट्रेलिया आइ पुग्दा समेत बिभिन्न भेटघाटमा नै ब्यस्त रहे । उनको व्यस्त कार्य तालिकाका बीच एनआरएनए अस्ट्रेलियाले भट्ट संग यहाँका समुदायका प्रतिनिधि हरु र एनआरएनएका सदस्यहरु बीच एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरयो ।

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलको अध्यक्षतामा बसेको उक्त अन्तरक्रिया कार्यक्रममा केन्द्रिय उपाध्यक्ष भट्टले एनआरएनएका बर्तमान गतिबिधि, आफु संग्लग्न बिभिन्न प्रोजेक्टहरु र समग्र एनआरएनएको आगामी कार्य दिशा र आफ्नो सोचको बारेमा आफना भनाइ राखेका थिए ।

एनआरएनए एनएसडब्लुका संयोजक दिनेश पोख्रेलको स्वागत भाषण, केन्द्रिय संरक्षक इन्द्रा बन, युवा संयोजक विजय पोखरेल, केन्द्रिय प्रबक्ता रन्जु थापा लगायतले भट्टलाई अस्ट्रेलियामा स्वागत गर्दै एनआरएनए गतिबिधिहरु लगायतका कुराहरु राख्न गरेको अनुरोध पस्चात भट्टले करिब ४० मिनेट लामो आफ्नो मन्तब्य राखेका थिए । मन्तब्यका क्रममा उनले भुकम्प गए पश्चातका दिनमा एनआरएनएका गतिबिधि, लाप्राक नमुना वस्ती एबं बिबिध पुनर्निर्माण, संस्थाको केन्द्रीय कार्यालय, एनआरएनएले अबका दिनमा लिनु पर्ने कार्यदिशाका बारेमा आफना भनाईहरु राखेका थिए ।

एनआरएनए अस्ट्रेलियाका सहसचिब भिष्म भण्डारीले संचालन गरेको सो कार्यक्रममा छोटो समयको सुचानामा कार्यक्रममा उपस्थित भई उंहाका कुराहरु सुन्न उपस्थित सबैलाई एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले धन्यवाद व्यक्त गरेका थिए । धन्यवाद मन्तब्य कै क्रममा अध्यक्ष सिग्देलले एनआरएनए अस्ट्रेलिया, केन्द्रिय समिति संग सधै सबै कुरामा हातेमालो गर्दै जान इच्छुक रहेको र सोहि अनुसार नै अस्ट्रेलियाले बिश्व संजालमा आफुलाई एनआरएन अभियानमा सशक्तरुपमा प्रस्तुत गरिरेहेको बताए । सिग्देलले नेपालमा भई रहेको पुनर्निर्माण लगाएतका सबै कामहरुमा आफुहरु सधै अग्र पंक्तिमा रहने तर केन्द्रिय समितिले पनि त्यसको उचित मुल्यांकन गर्नु पर्ने यहाँको जनभावना केद्रीय कमिटि सम्म पुराउन भट्टलाई अनुरोध गरे ।

सहभागी हरुका बिबिध प्रश्नका उतारमा भट्टले आफ्नो हालको भ्रमणको उदेश्य चुनाब प्रचार या चुनाबी अभियान नभएर बिशुद्द भेटघाट र एनआरएन कर्मीहरु माझ छलफल र भेटघाट मात्र रहेको बताए । आफु आहिले सम्म अबको नेतृत्वको लागि आउने या नआउने कुनै निर्णयमा नपुगी सकेको र त्यस्तो निर्णय आफुले गर्नु भन्दा पनि आफुलाई चिन्ने सबै साथी भाई र एनआरएनएका शुभ चिन्तकहरुले गरि दिनु पर्ने बताए । सहभागीका प्रश्नको उतरमा भट्टले बि बि एयरवेजले सोचे अनुसार सफलता हासिल नगर्नु र अलमलमा रहनुमा सरकारी नीति, स्वदेशी कम्पनिहरुलाई प्रतोसाहन गर्नुको सट्टा बिबिध करहरु को चेपमा परि निरुत्साही बनाउने नीतिका कारण रहेको दोष दिए । त्यस्तै गरि सुरुंग मार्ग लगयातका जनताका लगानीमा बन्ने जुन सुकै योजनामा सरकार सकारात्मक हुनु पर्ने र बिध्यमान नीतिहरु समय सापेक्ष परिबर्तन गर्दै लैजानु पर्ने बताए ।

मिहेनत र निरन्तर प्रयास नै आफ्नो सफलताको कडी भएको बताउने भट्टले आफ्नो कोहि सत्रु नभएको र मित्रबत ब्यवहार सामुहि सोच नै आफ्नो मुख्य अभियान हुने बताए । एनआरएनए को वर्तमान नेतृत्व छनोट, हामीले हाल गर्दै आएका कार्यहरुलाई दोश्रो पुस्ता र युबाहरु संग सहकार्य गर्दै उनिहरु रमाउने खालको संस्थागत संरचना तिर जान नसक्ने हो भने संस्था कै स्थायित्व मै प्रश्न लाग्ने उनले बताए । नेपाल फेस्टिभल सिड्नीको प्रायोजक मध्येका एक समेत रहेका भट्टलाई सहोगको लागि धन्यवाद दिदै मायाको चिनो प्रदान गरिएको थियो भने भट्टले आफु सिड्नी र ब्रिसबेनको नेपाल फेस्टिभलमा अन्य कार्य व्यस्तताले उपस्थित हुन नसके पनि मेलबर्नको नेपाल फेस्टिभलमा उपस्थित हुन प्रयास गर्ने बताए ।