प्रबिधि सँग दौडेको आहिलेको दुनियाामा सामाजिक संजालको प्रयोगकाे सरकारात्मक या नकारात्मक पाटोहरू………

-- डिजिटल जेब्राक्रसिङ्ग डिसेम्बर अंक २०१६ / प्रकाशित मिति : सोमवार, पुस ४, २०७३

हजारौं किलोमिटर टाढा कर्मभूमीमा रम्न प्रयासरत हामी हर बखत मन मस्तिष्क र मुटुमा देश र जन्मभूमि बोकेर हिडेको हुन्छाैं । राजनीतिक घटना होस् या चाहे चाड–बाड वा प्रकृति आपत–बिपद प्रत्येक सुख–दु:खका घटना र परिबर्तनमा देश बाहिरका नेपालीहरू कुनै न कुनै रुपमा जोडिएका हुन्छन् । प्रबिधिले यति बेला हामीलाई यति नजिक बनायो कि आहिले लाग्दैन नेपाल त्यति टाढा छ। कुनै बेला मुश्किलले फोन लगाएर आफन्तका बोलि र हाल खबर सुन्न आतुर हामीहरू यति बेला सामाजिक संजालको मध्यमले यति नजिकिएका छौ कि हामी छिन् छिन्मा सम्पर्कमा छौं । सामाजिक संजालका अत्याधिक प्रयोगमा आएको फेसबुक, टुइटरका अनेक एप्लिकेसनले समेत संचार क्षेत्रमा ठूलो फड्को नै मारेको छ। यस बाहेक भाइबर, ह्वाट्स एप्स जस्ता संचारका लागि बिकसित एप्लिकेसनहरू त छंदै छन् । यहि सेरोफेरोमा हामीले द नेपाली टाईम्स अष्ट्रेलियाको डिसेम्बर अंकको जेब्रा क्रसिङ्ग स्तम्भका लागि हाम्रा पाठक समक्ष “प्रबिधि सँग दौडेको आहिलेको दुनियाामा सामाजिक संजालको प्रयोग, महत्व र भूमिका आकाशिएको छ । तपाई फेसबुक, टुइटर जस्ता सामाजिक संजालहरू कतिको प्रयोग गर्नु हुन्छ, यसको सरकारात्मक या नकारात्मक पाटोहरू के हुन सक्छन्” भन्ने जिज्ञासामा प्रस्तुत छ पाठकको विचार ।

 

सुवास कँडेल, सिड्नी

आहिले सूचनाको महाशक्ति सामाजिक संजालहरु, संचार माध्यमको एउटा आधुनिक धारका रुपमा स्थापित भएका छन् । प्राय: संचारगृहमा आबद्द संचारकर्मीहरूले कुनै सूचना आफ्नो मिडियाबाट सार्वजनिक गर्नु पूर्व नै फेसवुकमा पोष्ट र ट्वीट गरि भ्याउनुले पनि यसको पुष्टि गर्दछ । केहि समय पहिला अभियानकै रुपमा अघि बढाईएको सबै नागरिक पत्रकार भन्ने उक्तिलाई पनि सामाजिक संजालले स्थापित बनायो । कतिपय अतिनै महत्वका समाचारमा समेत सामान्य व्यक्तिले पोष्ट गर्ने स्टाटस र ट्वीटलाई आधार मानेर समाचारको स्रोत पहिचान गरि प्रकाशमा ल्याइएकाउदाहरणहरू प्रसस्त छन् । त्यसकारण सूचनाको महाशक्तिका रुममा समाजिक संजाललाई लिन सकिन्छ । सूचना आदान प्रदानको इतिहास हेर्ने हो भने अहिले कल्पना बाहिरको विकास भएको छ सूचना प्रविधिमा । भलै भावि पुस्ताले त्यो इतिहासमा विश्वास नगर्न सक्छ किनकि अहिलेको प्रविधिको विकास

चमत्कारिकनै भएको छ । हरेक व्यक्ति सूचना प्रविधिको प्रयोग मार्फत एक क्लिकमा विश्वका गतिविधि थाहा पाईरहेका छन् । यो सूचना पाउने व्यक्तिको पहिलो आधार भनेको हाल आएर सामाजिक संजाल भएका छन् । साक्षर व्यक्तिको दैनिक जीवनको एक कर्मका रुपमा सामाजिक संजालले ठाउँ जमाएकाछन् । सामाजिक संजालको सहि प्रयोगबाट विश्वमा ठूला ठूला अभियानहरू सम्पन्न भएका छन् । कतै सामाजिक संजालकै लोकप्रियताका कारण महत्वपूर्ण पदमा चुनाव जित्न सरल भएको छ । सामाजिक संजाललाई विकास संग जोडेर पनि अभियानहरू भएका छन् । जुन अभियान सकरात्मक छन् । नेपाली समाजमात झन् सामाजिक विकासमा फेसबुक मार्फत चलाएका अभियानले गाउँको मुहारनै फेरेका उदाहरणहरू समेत हामी माझ छन् । कुनै अभियानलाई सफल पार्न, सम्बन्धलाई दिगो बनाउन, नयाँ परिवेश बारेमा जानकारी पाउन तथा व्यक्तिको अवस्थाको बारेमा समेत जानकारी गराउनमा सामाजिक संजालले महत्वपूर्णभूमिका निर्वाह गरेका छन् । सामाजिक संजालको प्रयोग गर्न नजान्दा जति फाईदा छन् त्यतिकै बेफाइदा पनि छन् । सूचना, प्रविधि र सोसल नेटवर्कले मान्छेलाई दासि बनाएको छ । जसको प्रयोगबाट मानिसहरू अल्छि एवं परनिर्भर समेत भएका छन् । यो सबै क्षेत्रमा परेको नकरात्मक असरहो । सामाजिक संजालले कुनै अतिनै सूक्ष्म कुरालाई समेत व्यापक बनाइ यदि मिडियाले त्यस कुरालाई ठाउँ दिएनन् भने पाठक, दर्शक या श्रोतालेनै मिडियालाई अपूर्ण ठान्ने परिपाटिको विकास भएको छ । हामीले दैनिक जीवनको एक पाटोको रुपमा सामाजिक संजालको प्रयोग गरिरहँदा आफ्नाअरु महत्वपूर्ण कामहरू विर्सिएका, समयको सदुपयोग गर्न नसकिएको लगायका थुप्रै बेफाईदा छन् । कतिपयले मानविय संवेदना संग जोडिएका तस्वीरलाई समेत सरल रुपमा पोस्ट गर्नु यो व्यक्तिगत मनोविज्ञानको कुरा हो । यी बेफाईदा ती सामाजिक संजालले निम्त्याएका होइनन् हामी आफैलेनिम्त्याएका हुन् । त्यस कारण सूचना प्रविधिमा भएको विकासको भरपुर प्रयोग गरौ ।

 

मन्जु पौडेल, सिड्नी

समय परिस्थिति र प्रविधिसंग चल्न सकिएन भने हामी कहिलै पनि मभकतष्लबतष्यल सम्म पुग्न सक्दैनौ त्यसैले हामीले यी कुराहरूलाई अँगाल्नु जरुरी छ । मेरो हकमा समाजिक संजाल एउटा अभिन्न अंग नै बनेको छ, किनकि म एउटा कलाकारको हिसाब मेरो ब्यक्तिगत मिडियाको काम पनि यिनीहरूको माध्यमबाट पनि भैरहेको हुन्छ, विभिन्न कार्यक्रमको डिलिङ पनि यहि पाटोबाट नै हुन्छ वास्तममा भन्ने हो भने आजभोलि म फोन भन्दा बढि सामाजिक संजाल नै प्रयोग गर्छु । सहि ढंगबाट सदुपयोग गर्ने हो भने मेरो हकमा नकारात्मक पक्ष भन्दा धेरै सकारात्मक पक्ष नै धेरै पाउछु ।

 

 

हेनसन बिक, सिड्नी

सबैभन्दा बढी प्रयोग गरिने सामाजिक संजाल मध्य फेसबुक अग्र पङ्तिमा आउँदछ । बिज्ञान र प्रबिधिको युगमा झन्डै १.९६ बिलियन जनसंख्या सामाजिक संजालसँग आबद्द छन् । सबैको प्रबिधिको आफ्नो आफ्नो पाटो हुन्छ सकारत्मक अनी नकारत्मक त्यसै गरी सामाजिक संजालको पनि आफ्नै पाटोछ । मेरो विचारमा सामाजिक संजालको आफ्नै महत्व छ तर यसको प्रभाव कस्तो हुन्छ भन्ने कुरा प्रयोगकर्ताको हातमा हुन्छ । सबभन्दा पहिले त यसले संसारको जुनसुकै कुनमा भएको मान्छेलाई नजिक हुन सहयोग गर्छ नेपालको सन्दर्भमा हेर्ने हो भने फेसबुकको जन्म हुनु भन्दा पहिला बिदेशमाभएका आफ्नो मान्छेसँग कुरा गर्नको लागि घन्टौं हिंडेर सदरमुकाम पुग्थे अनी टेलीफोनमा कुरा गर्थे तर आज जुनसुकै समयमा भिडियो कल गर्दछन् । त्यसै गरी सामाजिक संजाल यस्तो ठाउँ हो जहाँ जो कोही ब्यक्तिको भनाइ वा सूचना जस्ताको त्यस्तै राखिन्छ जसरी मिडियामा काँटछाँट गरेरराखिन्छ । सामाजिक संजालको अर्को फाईदा भनेको हामीले आँफुलाई मन पर्ने ब्यक्तीसँग मात्र नजिक हुन पाहिन्छ सामाजिक संजाल प्रयोग गर्ने जो कोहिलाई फ्लो गर्नु पर्छ भन्ने हुँदैन । त्यसै गरी सामाजिक संजालकै माध्यमबाट आजको दिनमा कयौं ब्यापार ब्यवसायहरू आफ्नो प्रचार प्रसार

गरिरहेका छन साथ् साथै कयौ अभियानहरू, परोपकारी कामहरू, चुनाबी प्रचार प्रसार सम्पन्न भएका छन् । त्यसै गरी सामाजिक संजालको नकरात्मक पाटो हेर्ने हो भने यसले मान्छेलाई अल्छि बनाउँदछ । यो सँगसँगै धेरै फेसबुकमा झुण्डीराख्ने मान्छे फेस टू फेस अन्तक्रियामा पनि अलीकमजोर हुने देखिएको छ । ह्याकरहरूले प्रयोगकर्ताको गोप्य सुचना बिभिन्न प्रायोजनको लागि पनि प्रयोग गर्ने देखिएको छ । यो सँग सँगै यसले मानिसमा एक्लोपन पनि बढाउँछ । सबै प्रबिधिको आफ्नो–आफ्नो पाटो हुन्छ पाटोलाई औंलाउदै जाने भन्दा पनि प्रयोगकर्ताले सहि ढंग ले प्रयोगगरे फाईदै फाईदा हुने देखिन्छ ।

 

गायत्री पाण्डे, सिड्नी

मेरालागि यो भ्रम पनि हुन सक्छ । यदि यो भ्रम होइन भने फिडेल क्यास्ट्रोले पिउने सिगार तन्नेरीहरू सित नजिकिने हतियार थियो र उनले सिगारको सहि उपयोग गरे । ठिक यस्तै म भ्रममा छैन भने आजको दुनियाँमा समाजिक संजाल हाम्रा लागी दुनियासित नजिकिने दमदार हतियार हो, बाँकीकुरा यसको सदुपयोग कि दुरुपयोग भन्ने मात्र न हो ।

 

 

ईश्वर चिन्तन, सिड्नी

आजको यो एक्काईसौँ शताब्दी सुचना र प्रबिधिको शताब्दी हो यस अर्थमा हो कि सुचना प्रबिधिको अभाबमा आज हामी जे देखिरहेका छौँ यो सम्भब हुने थिएन।कुनै समय सुचना एक ठाऊँबाट अर्को ठाऊँमा पुर्याउन परेवाको सहारा लिईन्थ्यो भने आज कुनै पनि सुचना केहि सेकेन्डमै संसारभर पुग्छयो सब अत्याधुनिक प्रबिधिकै कारण सम्भब भएको हो । आधुनिक प्रबिधिका आबिस्कार फेसबुक,टुईटर जस्ता सामाजिक संजालका कारण आज हामी एउटा कोठामा बसेर संसार नियाल्न सक्ने भएका छौँ । अझ यसो भनौँ आधुनिक प्रबिधिले संसारलाई एउटा कोठामा साँघुऱ्याईदिएको छ । प्रबिधिकै कारण हामीजुन कुनामा भएपनि संसारभर रहेका लाखौँ मानिसहरूसँग सम्पर्कमा रहन सक्छौँ,आफ्ना बिचार, भाबनाहरू साटासाट गर्न सक्छौँ, न्यायको पक्षमा गोलबन्द्ध भएर बिभिन्न खालका अभियान सञ्चालन गर्न सक्छौँ यस्ता थुप्रै सकारात्मक कामहरू गर्ने मौका एकातिर यसले प्रदान गरेको छ भने अर्कातिरयसले थुप्रै नकारात्मक कुराहरूको पनि बिकास गरिरहेको छ । सामाजिक संजालहरूको दुरूपयोगले यो हाम्रो लागि वरदान भन्दा पनि अभिसाप सिद्ध हुने होकि भन्ने खतरा पनि पैदा भईराखेको छ । जसरि तीब्र गतिमा सकारात्मक सुचनाहरू संसारभर पुग्छन् त्यसरी नै नकारात्मक सुचनाहरू पनि संसारभर पुगिरहेका छन् । केहि मान्छेहरूले समाज,राष्ट्र र विस्वमैनकारात्मक प्रभाब पार्ने खालका गतिबिधिहरू सामाजिक संजालमा नियोजित रूपमा सेयर गरेर आपसी सदभाब भडकाउने काम गरिरहेका छन् । बिभिन्न खालका राजनीतिक,धार्मिक,साम्प्रदायिक मुद्दाहरू उचालेर विस्वलाई कुरूप पार्ने दुचेस्टाहरू पनि गरिराखेका छन् । फेक एकाउन्टहरू बनाएर मान्छेहरूलाई सताउने, दु:ख दिने,ब्लयाकमेलिङ गर्ने तथा अरूका एकाउन्टहरू ह्याक गरेर ब्यक्तिगत सुचनाहरू लिने जस्ता थुप्रै नकारात्मक कार्यहरू पनि गरिरहेका छन् । सामाजिक संजालकै दुरूपयोगका कारण थुप्रै आत्महत्या, हत्याका घटनाहरू सुन्न र पढन पाईन्छ । यसले निकै भयाभह स्थितिको संकेतगर्छ । म आफै पनि एक सामाजिक संजाल प्रयोगकर्ता हुँ र यस्ता थुप्रै कुराहरू मैले अनुभुति गरेको छ । त्यसकारण म सम्पूर्ण सामाजिक संजाल प्रयोगकर्ताहरूलाई यस्ता कुराहरूमा सजग रहन र सामाजिक संजालहरूको सकारात्मक सदुपयोग गर्न अनुरोध गर्दछु अन्यथा कुनै दिन हामी आफैले त्यस्ता अकल्पनीय परिस्थितिहरूको सामना गर्नु पर्ने स्थिति पनि नआउला भन्न सकिन्न ।

 

दिलु केसी, सिड्नी

आहिलेको युगमा सामाजिक संजाल निक्कै नै शक्तिशालि बनेको छ, यसले ठूलाठूला कुराहरूमा पनि दबाब सिर्जना गर्ने गरेको सुन्न पाइन्छ। तर म आाफुले सामाजिक संजालको प्रयोग धेरै जसो पुराना साथीहरू संग सम्पर्क गर्न, परिवारका सदस्यहरू संग नजिकिनका लागि गर्ने गर्दछु । अर्कोतिर सामाजिक साजाल यति बेला समाचार स्रोतको पनि निक्कै सजिलो र भरपर्दो माध्यम बनेको छ । संसारभर घटेका घटनाहरू प्रत्येक साइटमा पुगेर अपडेटेड हुन सम्भब छैन तर फेसबुक टुइटरले छिन्भर मै संचार हामीसम्म ल्याई पुराउाछन् र संचारको लागि पनि यो निक्कै उपयोगी र सस्तो बनेको छ। अर्कोतिर यसको आबश्यकभन्दा बढीको प्रयोगले भर्चुअल संसार मै हराउने, सुचानाहरू चुहाउने वा साइबर एट्याकको खतरा यसको दूर्बल पक्ष हो

 

राजेश्वरी रेग्मी आचार्य

हामीले आफूलाई वर्तमान प्रविधीहरूसंग परिचित गराएर निरन्तरता दिनु आजको आवश्यकता नै भइसकेको छ। त्यसैले मैले पनि सामाजिक संजालहरूको प्रयोग सीमित मात्रामा समय छुट्याएर गर्ने गर्छु । यसका सकारात्मक पक्षहरूमा यसले संसारभरका आफन्त, साथीभाइ लगायत सामाजिक,आर्थिक, राजनितिक, बैज्ञानिक तथा नयाा आविष्कारहरूको जानकारी गराउाछ । त्यसैले यसलाई सही उपयोग गरेमा अत्यन्त लाभदायक हुन्छ तर यसको गलत प्रयोगले समयको बर्बादी, सामाजिक,आर्थिक तथा राजनितिक बिकृति पनि उत्तीकै निम्त्याउंछ । हामीले बर्तमान परिस्थितिसंग अगाडि बढ्न सामाजिक संजाल प्रयोग गर्नुपर्छ तर सीमित मात्रामा समय छुट्टयाउने, अपरिचित ब्यक्तिहरूको अनुरोध स्वीकार नगर्ने, आफूले लेखिएका कुराहरू संयमतापूर्वक र अनुशासित ढंगले अरूलाई चोट नपुर्याउने तरिकाले सम्पेषण गर्ने गरेमा अवश्य पनि नकारात्मक भन्दा सकारात्मक प्रभाव बढी पर्छ ।