‘नाईं मलाई थाहा छैन’ अंतराष्ट्रीय नृत्य प्रतियोगिता हुँदै

झट्ट सुन्दा केहि सोधिएको तर थाहै नभएको जस्तो बुझिने ‘नाईं मलाई थाहा छैन’ शिर्षक गायकद्वय संजीब पराजुली र टीका प्रसाईंको नयाँ गीत हो । यस गीतलाई लिरिकल भिडियो सहित गायक पराजुलीको आफ्नै यू-ट्यूब च्यानलबाट हालै सार्वजनिक गरिएको छ । गीतमा एक नारायण भण्डारीको शब्द रचना, आशिष अविरलको संगीत तथा अल्मोड़ा उप्रेती रानाको संगीत संयोजन रहेको छ । गायकद्वय संजीब र टीकाको एल्बम ‘सँग सँगै’ मा समावेश यो गीत भन्दा पहिले ‘तिमी मलाई मन पर्छ’ गीतले अत्यधिक चर्चा पाईसकेको छ। सुगम संगीतका उदीयमान गायकद्वयका अन्य गीतहरु पनि आउने तरखरमा छन।
‘नाईं मलाई थाहा छैन’ गीतमा अन्तराष्ट्रीय नृत्य प्रतियोगिता एक जनवरी २०१७ बाट शुरू हुन लागेको कुरा आयोजकको तर्फबाट बजार ब्यवस्थापक रविन्द्र कुमार शर्माले द नेपाली टाईम्स अस्ट्रेलियलाई बताए। बाबा एजुकेशन सिडनी, अष्ट्रेलीया र काठमांडू, नेपालको प्रायोजनमा हुन लागेको यस प्रतियोगिताले नृत्य गर्नेहरुका लागि आफ्नो प्रतिभा देश-बिदेशमा देखाउने एउटा राम्रो अवसर दिनुका साथै विजयी प्रतियोगीले नगद पुरस्कार पनि पाउने छन। प्रतियोगितामा बिश्वभरि छरिएर रहेका नेपाली, नेपालीभाषी र नेपालीमुलका मध्ये जो कोहिले पनि भाग लिन पाउने ब्यवस्था रहेको छ। प्रतियोगितामा भाग लिन पालन गर्नु पर्ने नियम, पुरस्कार राशि आदि प्रश्नहरुको उत्तर गायकद्वयको फेसबुक पेज मार्फ़त सार्वजनिक हुनेछ । हेर्दै गर्नुहोला facebook.com/SanjibParajuli र facebook.com/Tika.Prasain.Music ।
गीतको [लिरिकल] भिडियो हेर्नुहोस

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...