‘नाईं मलाई थाहा छैन’ अंतराष्ट्रीय नृत्य प्रतियोगिता हुँदै

झट्ट सुन्दा केहि सोधिएको तर थाहै नभएको जस्तो बुझिने ‘नाईं मलाई थाहा छैन’ शिर्षक गायकद्वय संजीब पराजुली र टीका प्रसाईंको नयाँ गीत हो । यस गीतलाई लिरिकल भिडियो सहित गायक पराजुलीको आफ्नै यू-ट्यूब च्यानलबाट हालै सार्वजनिक गरिएको छ । गीतमा एक नारायण भण्डारीको शब्द रचना, आशिष अविरलको संगीत तथा अल्मोड़ा उप्रेती रानाको संगीत संयोजन रहेको छ । गायकद्वय संजीब र टीकाको एल्बम ‘सँग सँगै’ मा समावेश यो गीत भन्दा पहिले ‘तिमी मलाई मन पर्छ’ गीतले अत्यधिक चर्चा पाईसकेको छ। सुगम संगीतका उदीयमान गायकद्वयका अन्य गीतहरु पनि आउने तरखरमा छन।
‘नाईं मलाई थाहा छैन’ गीतमा अन्तराष्ट्रीय नृत्य प्रतियोगिता एक जनवरी २०१७ बाट शुरू हुन लागेको कुरा आयोजकको तर्फबाट बजार ब्यवस्थापक रविन्द्र कुमार शर्माले द नेपाली टाईम्स अस्ट्रेलियलाई बताए। बाबा एजुकेशन सिडनी, अष्ट्रेलीया र काठमांडू, नेपालको प्रायोजनमा हुन लागेको यस प्रतियोगिताले नृत्य गर्नेहरुका लागि आफ्नो प्रतिभा देश-बिदेशमा देखाउने एउटा राम्रो अवसर दिनुका साथै विजयी प्रतियोगीले नगद पुरस्कार पनि पाउने छन। प्रतियोगितामा बिश्वभरि छरिएर रहेका नेपाली, नेपालीभाषी र नेपालीमुलका मध्ये जो कोहिले पनि भाग लिन पाउने ब्यवस्था रहेको छ। प्रतियोगितामा भाग लिन पालन गर्नु पर्ने नियम, पुरस्कार राशि आदि प्रश्नहरुको उत्तर गायकद्वयको फेसबुक पेज मार्फ़त सार्वजनिक हुनेछ । हेर्दै गर्नुहोला facebook.com/SanjibParajuli र facebook.com/Tika.Prasain.Music ।
गीतको [लिरिकल] भिडियो हेर्नुहोस
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...