नयाँ नेतृत्वको लागि मतदान जारी
काठमाडौं— नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापति सहितका पदका लागि आईतबार बिहादेखि मतदान जारी रहेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भुकृटीमण्डपमा रहेको मतदान केन्द्रमा पहिलो मतदान गर्ने सभापतिका उम्मेदवार शेरबहादुर देउवा भएका छन् । मत खसालेपछि देउवाले आफ्नो जित सुनिश्चित जस्तै भएको दावी गरेका छन् ।
सभापति पदका अर्का दावेदार कृष्ण सिटौलाले मत खसालेपछि जसले जितेपनि कांगेसले जित्ने प्रतिक्रिया दिएका छन् । देउवा, सिटौला, सुजाता कोइराला, गगन थापा आदि प्रभावशाली नेताहरुले भोट हालिसकेका छन् भने सभापतिका अर्का दावेदार रामचन्द्र पौडेल भने मतदान प्रारम्भ भएको एक घण्टासम्म भोट हाल्न आएका थिएनन् ।
बिहान करिव साढे नौ बजेदेखि प्रारम्भ भएको मतदानको समय साझ चार बजेसम्मलाई तोकिएको छ तर मतदानका लागि लाइनमा बसेकाहरु सबैले मतदान गर्न पाउने छन् । मतदान सकिएको केही समयपछि नै सभापतिको पदको मतगणना हुने भएको छ । यदि दोस्रो पटक निर्वाचन गर्नुपरेमा भोलि सोमबार बिहानै देखि मतदान गर्ने योजना छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...