भारतमा बढे मापसे पाइलट

भारतमा ‘पयक्कड’ पाइलटहरूको संख्या बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ । विमान उडान पहिले लिइने मादक पदार्थ सेवन परीक्षणमा पियक्कड पाइलटको संख्या बढेको भारतका नागरिक उड्डयन मन्त्री अशोक गजपतिले संसदमा जानकारी दिएका छन् । मन्त्री गजपतिका अनुसार सन् २०१६ मा जनवरी १ देखि ३१ अक्टुबरसम्म ३८ पाइलट र १ सय १३ क्याबिन क्रु मापसे परीक्षणमा फेल भएका हुन् । सन् २०१५ को पूरै अवधिमा मापसे परीक्षणमा फेल भएका पाइलटको संख्या ४० थियो । जबकि २०१४ मा यो संख्या २० मात्र थियो । एयर इण्डियाका पूर्व अधिकारी अशोक शर्माले यो तथ्यांक खतरनाक संकेत भएको बताए । उनका अनुसार पहिला पाइलट र क्याबिन क्रुले बिहान सबेरै उडान भर्न‘पर्ने अवस्थामा आधिकारिक पार्टीमा समेत मदिरा सेवन अस्वीकार गर्ने गरेका थिए । भारतमा उडानको १२ घण्टा पहिले पाइलट र क्याबिन क्रुले ६० मिलिलिटरभन्दा बढी मदिरा सेवन गर्न नहुने नियम छ । उडानअघिको परीक्षणमा पोजिटिभ रिजल्ट आयो भने २० मिनेटपछि पुन: परीक्षण गरिन्छ । विमानस्थलमा मेडिकल स्टाफले एक प्रत्यक्षदर्शीको उपस्थितिमा गर्ने मापसे परीक्षणमा पाइटल फेल भए लाइसेन्स तीन महिनाका लागि निलम्बन गरिन्छ । दोस्रोपटक पनि मापसे परीक्षणमा फेल भएमा लाइसेन्स तीन वर्षका लागि निलम्बन गरिन्छ । तेस्रोपटकको गल्तीमा सदाका लागि लाइसेन्स खारेज गर्ने प्रावधान छ । भारतमा गत वर्ष मापसे परीक्षण गर्दा भिडियो रेकर्डिङ गर्ने प्रावधान पनि राखिएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...