बेलायतमा बढ्दैछन् गोर्खा
बेलायती सेनामा गोर्खाहरूको संख्या केही वर्ष भित्र २५ प्रतिशतले बढाइने भएको छ । बेलायती सेनाका उच्च अधिकृत लेफटनेन्ट जनरल जेम्स बसलले केही अघि ब्रिगेड अफ गोर्खाज युनिट बढाउने जानकारी दिएका हुन् । हाल हरेक वर्ष २ सय ४० जना गोर्खा सैनिक नेपालबाट छनोट गरेर ल्याउने गरिएको छ । बेलायती सेनामा हाल करिब २५ सय गोर्खा सेवारत छन् । इन्फेन्ट्री ट्रेनिङ सेन्टर क्याट्रिकमा ९ महिने कडा प्रशिक्षण समापनका बेला आयोजित समारोहमा बसलले बेलायती रक्षा मन्त्रालय (एमओडी) ले गोर्खा संख्या बढाउन लागेको घोषणा गरेका हुन् । नेपालमा हजारौं प्रतिस्पर्धीमध्येबाट छनोट भएर तालिम लिइ उत्तीर्ण २ सय ३२ गोर्खा, तिनका परिवार र बेलायती सैन्य अधिकृतहरू कार्यक्रममा सहभागी थिए । ८ जना गोर्खाले भने घाइते भएका कारण आउने वर्षको सुरुतिर पास आउट गर्ने जनाइएको छ । गोर्खा कम्पनी स्टाफहरूले निर्माण गरिरहेको उक्त घरले नयां भर्ती भएकाहरूलाई खाना पकाउन, खान, कक्षा लिन र समकक्षी एवं प्रशिक्षकहरूबीच बाह्य वातावरणमा घुलमिल हुन अवसर दिने आशा गरिएको छ ।
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...
काठमाडौँ- आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुदै छ...