बेलायतमा नेपाली इन्जिनियर

बेलायतमा कार्यरत नेपाली इन्जिनियरहरूले स्वदेशको विकासका लागि आफ्नो सीप दिन आतुर रहेको बताएका छन् । बेलायतमा आफूहरूले सिकेको सीप र ज्ञान नेपाल सरकारले महत्व ठानेर सदुपयोग गर्न‘पर्ने उनीहरूको आग्रह छ । विशेषगरी रेल र भौतिक पूर्वाधार निर्माणमा नेपाली इन्जिनियरले समेत राम्रो अनुभव र ज्ञान सिकिरहेको बताउँदै उनीहरूले त्यो हस्तान्तरण गर्ने वातावरण सरकारले मिलाउनुपर्ने धारणा राखेका हुन् । सोसाइटी अफ नेप्लिज् इन्जिनियर्स यूकेले लन्डनमा आयोजना गरेको ‘नेपालको विकास, चुनौती र अवसरहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं नेपाल बुद्धिजीवि परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले समृद्ध नेपाल नहुनुको कारक राजनीतिक अस्थिरता र कर्मचारीतन्त्रमा सुशासन नभएको दावी गरे । मुलुक उदारवादी अर्थतन्त्रमा गएलगत्तै द्वन्द्वमा फसेपछि विकास र समृद्धि सुस्त भएको उनको ठम्याइ थियो । मोरक्कोमा आयोजित जलवायु परिवर्तन सम्वन्धि राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर लन्डन आएका बेला देवकोटाले राज्यले विदेशमा रहेका विषयगत विज्ञहरूलाई पहिचान गरेर सेवा लिने संयन्त्र बनाउन सक्नुपर्ने औंल्याए ।

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...