ग्वाङ्जाउमा महावाणिज्य दूतावास माग

चीनको ग्वाङ्जाउमा बसोबास गर्ने नेपालीले महावाणिज्य दूतावास खोल्न माग गरेका छन् । ग्वाङ्जाउमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेपालीहरूले स्वास्थ्य मन्त्री गगन थापासंग उक्त माग गरेका हुन् । नेपालीले सञ्चालन गरिरहेको कोहिनुर रेष्टुरेन्टमा स्वास्थ्य मन्त्री थापाले नेपालीहरूसंग चारघन्टा अन्तक्र्रिया गरेका हुन् । सांघाईमा आयोजित ‘ग्लोबल हेल्थ कन्फरेन्स अन हेल्थ प्रमोसन’ कार्यक्रममा भाग लिएर बेइजिङ हुँदै स्वाथ्यमन्त्री थापा नोभेम्बर २५ का दिन ग्वाङ्जाउ पुगेका थिए । ग्वाङ्जाउ र आसपासमा बसोबास गर्ने नेपाली व्यवसायीहरू, अध्ययनरत विद्यार्थीहरू, अनुसन्धानकर्ताहरू र उक्त क्षेत्रका जागिर गरिरहेका नेपालीहरूको कार्यक्रममा उपस्थिति रहेको गैर आवासीय नेपाली संघ चीन शाखाका डा.राजीव केशरीले बताए । ग्वाङ्जाउमा थुप्रै नेपालीहरू बसोबास गर्ने भए पनि बेइजिङस्थित नेपाली दूतबास धेरै टाढा भएकाले महावाणिज्य दूताबास खोल्न आग्रह गरेपछि उनीहरूको मागलाई आफूले सकारात्मक रुपमा लिएको थापाले उल्लेख गरे । थापाले यस बारेमा आफूले नेपाल फर्कनासाथ पहल गर्ने पनि बताएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...