डकुमेन्ट्रीमा म्यान्मारका नेपाली

नेपालीहरू कहिले, कसरी र किन म्यान्मार (बर्मा) पुगे ? यसलाई खोतल्दै सञ्चारकर्मी चेतन पन्तले ‘अ हिस्ट्री अफ म्यान्मार गुर्खाज’ शीर्षकको डकुमेन्ट्री निर्माण गरेका छन् । नेपालीहरूको रहनसहन र म्यान्मारमा उनीहरूले आफ्नो मौलिक संस्कृति जोगाउन गरेका प्रयत्नहरू समेत समेटिएको डकुमेन्ट्री सार्वजनिक प्रदर्शनमा समेत आएको छ । डकुमेन्ट्रीमा पहिलोपटक सन् १८३५ मा ब्रिटिस गोर्खा सेनाको रूपमा म्यान्मार पुगेका नेपालीहरूदेखि त्यसपछि सुख खोज्दै म्यान्मार पसेका नेपालीहरूको कथा समेटिएको छ । राजा महेन्द्रले म्यान्मार भ्रमण गरेको बेला ‘मुलुक फर्किन चाहने नेपालीका लागि दिइएको सुविधा’ को सन्दर्भ पनि डकुमेन्ट्रीमा छ । दस मिनेटको डकुमेन्ट्री युट्युबमा समेत उपलब्ध छ । म्यान्मारमा अहिले झन्डै एक लाख नेपाली मूलका नागरिकहरू छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...