परराष्ट्रमन्त्री डा महत एनआरएन साधारणसभामा भाग लिन टेक्सासमा
न्यूयोर्क, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत गैरआवासीय नेपाल संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको पाँचौ साधारण सभामा सहभागी हुन अमेरिकाको टेक्सास आई पुगेका छन । शनिबारबाट शुरु हुने साधारणसभामा प्रमुख अतिथिका रुपमा सहभागी हुन पराराष्ट्रमन्त्री डा प्रकाशशरण महत विहिवार टेक्सासको ड्यालस आएका छन् ।
पराराष्ट्रमन्त्री महतलाई ड्यालसर्फार्थ अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेललगायत, सम्मेलन संयोजक राम सी पोखरेल, जनसम्पर्क समिति वेष्ट टेक्सस अध्यक्ष हरिवोल भण्डारी, नेपाली समाज टेक्सस अध्यक्ष कृष्ण लामिछाने, लगायत अन्य एनआरएन प्रतिनिधि र विभिन्न संघ संस्थाका पदाधिकारीले स्वागत गरेका थिए । मन्त्री महतले शनिवार प्रमुख अतिथिका रुपमा साधारण सभाको उद्घाटनका अवसरमा सम्वोधन गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्रीको शनिबार नै फर्किने कार्यक्रम रहेको छ । साधारणसभामा सहभागी हुन अमेरिकास्थित नेपाली राजदुत डा अर्जुन कुमार कार्की ड्यालस पुगीसकेका छन् ।
साधारण सभामा भाग लिन एनआरएनका अध्यक्ष डा केशव पौडेल लगायत पदाधिकारीहरु, एनआरएनका १७ वटै च्याप्टरका प्रतिनिधि, अमेरिकाका अधिकांश राज्य लगायत क्यानडावाट समेत सहभागीहरु डालास पुग्ने कार्य जारी रहेको अध्यक्ष पौडेलले बताए । एनआरएन अमेरिका अध्यक्ष डा पौडेलले साधारणसभाको सम्पुर्ण तयारी पुरा भएको बताए ।
साधारणसभामा संगठन विस्तारका लागि अत्याधिक नेपालीलाई सदस्यताका लागि पहल गर्ने, विधान संशोधनको विषय, अमेरिकाको न्यूजर्सीमा सम्पन्न क्षेत्रिय सम्मेलनका क्रममा उठेको एनआरएन भिजन २०२० को कार्यन्वयन गर्ने विषयमाथी छलफल गरिने छ । आगामी नयाँ नेतृत्व छान्ने अधिवेसनको आधार तय गर्न पनि यो साधारण सभाले महत्व राख्ने छ । जसका लागि यतिखेर अमेरिकामा उम्मेदवारी दिने क्रम शुरु भएको छ । अमेरिकामा सदस्यता बृद्धि भएकोले विधान परिवर्तन गर्नुपर्ने आवाज उठेको छ ।
गैरआवासिय नेपाली संघको एनसिसिहरुमा सबै भन्दा ठुलो अमेरिकामा १० हजार ७ सय साधारण सदस्यहरु रहेका छन । अमेरिकामा रहेका नेपालीहरुको सख्याका हिसावले यो पनि कम सदस्य हुन । अमेरिकामा करिब २ लाख ८० हजार नेपालीहरु रहेको एनआरएनको दावी छ ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...