ट्रम्पद्धारा मेक्सिको सीमामा पर्खाल लगाउन र अवैध आप्रवासिलाई देश निकाला गर्न आदेश
सिमाक्षेत्रमा पर्खाल लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै
न्यूयोर्क, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा पर्खाल लगाउन कार्यकारी आदेश जारी गरेका छन् । ट्रम्पले मेक्सिकोको सिमाक्षेत्रमा पर्खाल लगाउन, सिमा सुरक्षा बल बढाउन र कागजपत्रविहिन आप्रवासीलाई देशनिकालाको संख्या बढाउन आदेश दिएका छन् । ट्रम्पको यो आदेशलाई अमेरिकी अध्यागमनलाई नयाँ स्वरुप दिने ट्रम्प यात्राको पहिलो कदमका रुपमा हेरिएको छ । ट्रम्पले अमेरिका मेक्सिको सिमाक्षेत्रमा पर्खाल लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आफूले सिमा सुरक्षाका लागि यो कदम उठाएको बताएका छन् ।
इमिग्रेशन मामिला हेर्ने मुख्य निकाय होम ल्याण्ड सेक्युरिटीजको भ्रमणका अवसरमा डोनाल्डले यो कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका हुन् । अमेरिकालाई सुरक्षित बनाउन यो कदम चालिएको राष्ट्रपतिको दाबी छ । होमल्याण्ड सेक्युरिटीजलाई बढी जनशक्ति साधनस्रोत सम्पन्न बनाई गैरकानुनी रूपमा बस्ने विदेशी माथि कडाई गरिने छ ।
सिमाक्षेत्रमा पर्खाल लगाउने काम केही महिनामा नै सुरु हुने बताइएको छ । तर यो बृहत परियोजना भने तत्कालै लागु हुने ट्रम्पले बताएका छन् । डोनाल्ड ट्रम्पले आगामी दिनमा अमेरिकामा शरणार्थीको प्रकृयालाई कडा बनाउनुका साथै कैयन देशबाट भिसाको प्रकृयालाई पनि कडा बनाउने जनाइएको छ । ट्रम्पले बुधबार हस्ताक्षर गरेको कार्यकारी आदेशमा अमेरिका र मेक्सिकेको सिमाक्षेत्रमा भलण्डै ३२ सय किलोमिटर लामो पर्खाल निर्माणको आदेश दिइएको छ ।मेक्सिको मा पर्खाल लगाउन ५८ मिलियन डलर लाग्ने बताईएको छ । तर सो रकम मेक्सिकोबाट पनि भराउने कोसिस भए पनि मेक्सिकोले मानेको छैन । मेक्सिकोबाट बर्षेनी १० लाख आप्रबासी अमेरिका भित्रने गरेको तथ्यांक छ ।
ट्रम्पको कार्यकारी आदेशसँगै अब सिमा क्षेत्रमा सुरक्षा कडा बनाउन बोर्डर पेट्रोलका ५ हजार र आइसका १० हजार नयाँ अधिकारीहरु थपिने जनाइएको छ ।
अमेरिकामा करिब १ करोड १० लाख कागजात विहिन बसोबास गर्दै आएको तथ्याङ्क छ । यसमा केही हजार नेपालीपनि पर्छन । जसमा ४० लाख अपराधिक गतिविधिमा संलग्न रहेको तथ्यांक छ
अमेरिका मेक्सिको सीमामा महिना भित्रै पर्खाल लगाउन तत्काल केन्द्रीय कोष (फेडरल फण्ड)वाट पर्खाल निमार्ण सुरु गरिने जनाईएको छ । निर्देशनमा सीमा क्षेत्रमा हिरासतमा राख्ने जेल राखिने र डिर्पोटेशन बढाउने र समाप्ने र छाड्ने कार्यलाई रोकिने उल्लेख भएको ट्रम्पले बताएका छन् ।
यी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेपछि डोनाल्डले भने यसले यसले हज्जारौं हजारको को जीवन र अरर्बौ अरब डलर सुरक्षित हुने छ । गैरकानुनी रूपमा बस्ने अपराध पनि गर्नेलाई डिर्पोटेशन पहिले देखिनै हुदैं आएको छ ।
यस अघिका राष्ट्रपति बाराक ओबामाको कार्यकालमा पनि गैरकानुनी अप्रावासीलाई वार्षिक औषत ४ लाखका दरले डिर्पोटेशन गरिएको थियो ।
राष्ट्रपति ट्रम्पका कार्यकारी निर्देशनमा सिरियाका शरणार्थीलाई प्रवेश नदिने उल्लेख छ । विश्वका अन्य देशबाट शरणार्थी ल्याउने कार्यक्रमलाई पनि हाललाई रोकेका छन् । प्रकृयाहरुका बारेमा विस्तृत मूल्याङ्कन गर्न १ सय २० दिनका लागि शरणार्थी कार्यक्रम रोकिएको जनाईको छ ।
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...
काठमाडौँ- आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुदै छ...
हङकङ– हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेसमा नेपालले दोस्रो प्रभावकारी जीत निकालेको छ...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...
काठमाडौँ- आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुदै छ...
हङकङ– हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेसमा नेपालले दोस्रो प्रभावकारी जीत निकालेको छ...