सीके राउत पक्राउ

-- The NTA ?>

स्वतन्त्र मधेशको नाममा राजनीतिक गरेको दाबी गरे पनि बिगत केहि समय देखि बिभिन्न बिबादका घेरामा तानिदै आएका सीके राउत आज जनकपुरबाट पक्राउ परेका छन् ।

गत दुइ हप्ता अगाडी लाहानको एक सभामा उनले दिएको अभिव्यक्तिका कारण उनलाई पक्राउ परेको जानईएको छ । बिभिन्न मिडियामा आएका खबरहरु र उनको भाषणको भिडियो क्लिपका आधारमा आएको समाचार अनुसार उनले देश टुक्राउने अभिव्यक्ति दिएको बताईएको छ । जनकपुरमा पक्राउ परे पनि उनलाई उनले अभिव्यक्ति दिएको सिरहा जिल्ला प्रहरी कार्यालय मार्फत बन्दी बनाइनेछ।

उनलाई राज्य बिरुद्दको अपराध सजायँ ऐन अन्तर्गत पक्राउ गरिएको हो । राज्य विरुद्धको अपराध र सजायँ ऐन २०४६ अन्तर्गत राज्य विप्लवको अपराध गरेको ठहरेमा जन्मकैद सम्मको सजायँ हुन सक्ने प्राबधान छ।