नेपाली समाजमा विचारको राजनीतिलाई अगाडि बढाउनु पर्छ

-- विश्वामित्र खनाल / प्रकाशित मिति : सोमवार, फाल्गुन २, २०७३

जातिय सद्भाव र सामजिक एकताको बलवाट नै नेपाल समुन्नत र सवल राष्ट्र वन्न सक्दछ भन्ने जननायक विश्वेश्वर प्रसाद कोईरालाको उद्घोष, उनले २०१५ सालको आफ्नो मन्त्रीमण्डल गठन गर्दा नेपालको भौगोलिक परिस्थती तथा वहु–साँस्कतिक पहिचानलाई दिएको प्राथमिकता र वीपि कोइरालाको समाजवादी सोचले स्कुल जीवनवाटै आफु नेपाली कांग्रेसको विचारवाट प्रभावित भइ राजनीतिमा होमिएका एक यौद्धालाई मैलै २०११को सिड्नी आगमन संगै परिचित हुने अवसर मिल्यो । उनको स्पष्ट विचार, प्रखर वक्तृत्वकला र वाक्चातुर्यताले अष्ट्रेलियामा रहेका नेपाली समुदाय मात्र नभई नेपालवाट आमन्त्रित विशिष्ट राजनीतिक नेता जो कोही उनको विचार र तर्कले प्रभावित हुन्थे । मैले यस आलेखमा उनको विगतको पृष्ठभूमिलाई केलाउने जमर्को गरेकोछु ।

वि.संं.२०२४मा नेपालको विकट रामेछाप जिल्लाको उत्तरी भेग वाम्ती भण्डार गाँउ विकास समितिमा सामान्य शेर्पा किसान परिवारमा जन्मिुन भएका छिरिङ्ग तेन्जी लामा वाल्यकालवाट नै प्रगतिशिल सोच राख्ने र समाजमा व्याप्त भेदभावका विरुद्ध स्कुले जीवनवाटै लाग्नु भएको थियो । स्कूले जीवनमा अखिलका दव–दवामा रहेको स्थानीय सिद्धेश्वर माध्यमिक विद्यालयमा अखिल समर्थित विद्यार्थीले आफ्ना एक सहपाठीलाई नेविसंघ भएको आरोपमा कुटपिट गरेपछि तत्कालै त्यसको प्रतिरोध गर्दै २०३७ सालमा स्कूलमा नेविसंघ गठन गरेका थिए । जस्मा उनले महासचिवको जिम्मेवारी सम्हालेका थिए । २०४० मा उच्च शिक्षा अध्ययनको क्रममा त्रि–चन्द्र कलेजमा अध्ययनरत छदाँ नेविसंघको साथ–साथै नेपाली कांग्रेसको राजनीति पनि एकै साथ अगाडि वढाएका लामा नेपाली कांग्रेसले चलाएको २०४२ सालको सत्याग्रही आन्दोलनमा पञ्चायती सरकारले उनलाई जेल चलान गर्‍यो र अन्तत: छ महिना पछि कारावास मुक्त गर्‍यो । जहाँ उनले दमननाथ ढुगांना, गोपाल भट्टराईको साथ र संगतमा थप राजनीतिक शिक्षा प्राप्त गरे ।

शंकरदेव क्याम्पसवाट २०४९ सालमा वाणिज्य शास्त्रमा स्नात्कोत्तर तहको अध्ययन पुरा गरि २०५० सालमा गोरखापत्र संस्थानमा लेखा अधिकृत पदमा लामा कार्यरत थिए । पारिवारीक वाध्यताका कारण राजनीतिक जीवनलाई पूर्णविराम लगाउँदै पेशा परिर्वतन गरेका लामा अवसरको खोजिमा सन् १९९८मा अष्ट्रेलिया आईपुग्नु भयो । यसैक्रममा उनले आफुलाई सिड्नीमा सहज जीवन यात्रा महशुस गरेपछि सन् २००३ मा युनिभर्सिटी अफ वेष्र्टन सिड्नीवाट माष्टर्स अफ प्रोफेशनल एकाउटिङ्ग कोर्ष पुरा गर्नुभयो । सिड्नी वसाईको क्रममा उनमा सुष्प्त अवस्थामा रहेको राजनीतिक जागरण जाग्न थाल्यो । तत्कालिन समयमा प्रवासमा नेपाली काँग्रेसको भातृ–संगठन भारतमा वाहेका अरु राष्ट्रहरूमा थिएन । त्यसैले प्रजातान्त्रिक विचार वोक्ने नेपाली समुदायहरूलाई एकतावद्ध गर्न सन् १९९८ मा नेप्ल्जी–अष्ट्रेलियन डेमोक्रेटिक फोरम नामक संस्थाको गठन गर्न लामा लागि पर्नुुभयो र सो संस्थाको फाउण्डर सेक्रेटरीको जिम्मेवारी सम्हाल्दै २००८मा संस्थाको अध्यक्षमा निर्वाचित हुन भएको थियो । उनी हाल अष्ट्रेलियामा रहेर विभिन्न सामाजिक संघ सस्थाहरूमा प्रत्यक्ष रुपमा संलग्न हुनुहुन्छ ।

गतवर्ष, नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा.रामशरण महतले जव उनको ओजपूर्णर्कयुक्त अभिव्यक्ति सुनेर प्रभावित हुँदै यस पक्तिकार संग भनेका थिए “भीमवहादुरजीको मृत्यु पछि नेपाली काँग्रेसमा त्यो स्थान लिन सक्ने व्यक्ति त मैले अष्ट्रेलियामा पो भेटे तँ” उनले छिरिङ्गजी तपाई त नेपालमा हुनु पर्ने मान्छे यहाँ कसरी भन्दै उनलाई नेपालको अहिलेको राजनीतिक परिस्थतीमा फर्केर राजनीति गर्न सुझाए, उनले डा.महतलाई तत्कालै प्रतिवाद गर्दै हामी जस्तालाई के माथि आउन दिन्छन्, डन र धनको विचमा कहाँको विचारको राजनीति चल्छ डा.साहेव भने । डा.महतले तपाई जस्ता प्रभावशालि व्यक्तिलाई माथि लैजाने मेरो प्रतिवद्धता भो जाउँ नेपाल, उनले आफु अष्ट्रेलिया आएको दशक वितिसक्यो लिखु खोलामा धेरै पानि वगिसक्यो अब, घरपरिवार र वाल–वच्चालाई समय दिनु पर्छ तपाईको सदासयताका लागि धन्यवाद भने । तत्कालै मन्त्री डा. महतले जनसम्पर्क समितिका अन्य साथिहरूलाई आगामी महाअधिवेशनमा छिरिङ्गजीलाई नछुटाउनु जसरी पनि महाधिवेशनमा प्रतिनिधि वनाई लेराउनु भन्नुभयो । उनले मलाई “त्यो शेर्पालाई जसरी पनि लेराउ त्यो तिम्रो जिम्मेवारी भो” भन्दै निर्देशन पनि दिए । मैले जसरी पनि उनलाई महाधिवेशन प्रतिनिधि वनाएर लेराउने वाचा डा.महतलाई गरे । तर, छिरिङ्गजी घरयासीकारण देखाउदै गत महाधिवेशनमा प्रतिनिधि भएर जान मान्नु भएन साथिहरूले उनलाई धेरै सम्झाए तर छिरिङ्गजी मान्नु भएन । त्यसको झटारो मैले डा.महतसंगको पहिलो भेट मै काठमाडौंमा पाएँ उनले मलाई किन त्यो शेर्पालाई नलेराएको तिमीहरू जे मनलाग्यो त्यो गर्दै हिड्ने राम्रा मान्छेहरूलाई यसरी पाखा लगाउने भन्दै एकै स्वरमा गालि गरे मैले डा.महतलार्इ उनको घरयासी वाध्यता र विवशताका कारण आउन नसकेको वताए पछि शेर्पालाई नेपाल आउदा मलाई भेट्न नविर्सनु भनि दिनु भन्नु भयो ।

छिरिङ्गजीको वारेमा कांग्रेसका नेताहरू डा.राशरण महत मात्रै होईन शशांक कोईराला, प्रकाशमान सिंह, लक्ष्मण घिमिरे, जीवनवहादुर शाही लगायतका नेताहरूले उनको विचार र अभिव्यक्तिवाट मोहीत भएका छन् । हालै परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत नेपाल फेष्टिवलमा सिड्नी आउँदा छिरिङ्गको विचार र भनाईवाट प्रभावित हुँदै यस पक्तिकारलाई यस्ता इतिहास वोकेका व्यक्तिलाई अगाडि नवढाई किन सिड्नीमा किचलो गरि राखेको कुरो मिलाउ भनेका थिए । मैले उनलाई यो हाम्रो भन्दा पनि तपाईहरू जस्तै केन्द्रीय नेताहरूको काम हो कसैलाई आर्शिवाचन नदिनुहोस् यस्ता व्यक्तिहरू स्वत: संगठनमा माथि आउछन् । उनले यस्ता व्यक्तिहरूलाई माथि लैजानु पर्छ भन्दै आफ्ना दाजु रामशरण महत कै भाषा दोहर्‍याए । मैले उक्त कुरा ठट्यौलि पारा मै परराष्ट्रमन्त्री डा.महतलाई भने ।

काँग्रेसका नेताहरू मात्रै होईन, एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल देखि वर्तमान महासचिव ईश्वर पोख्रेल, प्रदिप ज्ञवाली, पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, एमाओवादीले पठाएको राजनीतिक राजदुत योगेन्द्र ढकाल लागाएतका नेताहरू समेत उनको विचारवाट प्रभावित भएका थिए ।

नेपाल एक वहुभाषी तथा वहुसांस्कृतिक देश भएकोले राजनीतिक पार्टीका विकृती एवं विसंगतीहरूलाई एक तर्फ विचार विर्मश र छलफल गर्दै मुलुकमा सैद्धान्तिक विचारको राजनीतिमा खडेरी परेको अवस्थामा देशमा जातिय र क्षेत्रिय दलहरू वलियो भएको अवस्थामा प्रजातन्त्र नै खतरामा पर्दै अन्तत्वगोत्वा राष्ट्रको अस्तित्वमा नै असर पर्ने भएकोले देश र नेपाली समाजमा विचारको राजनीतिलाई अगाडि वढाउनु पर्छ भन्दै लामा वकालत गर्दै आउनु भएको छ ।

नेपालमा एकल जातिय पहिचान सहितको संघियता हुनै नसक्ने दावि गर्दै लामा विपि कोईरालाले शुरुवात गरेको समाजवादी आन्दोलन तथा सामाजिक र जातिय सद्भाव कायम राखेर मात्रै मुलुकलाई अखण्ड राख्न सकिने विचार नै उत्तम विकल्प वताउनुहुन्छ । जहाँ स्व.भीमवहादुर तामाङ्गले भने झैं सामाजिक द्वन्द मेटिने सवैको पहिचान भेटिने खालको समाज निर्माण हुनु पर्छ भन्ने कुरामा उहाँ पूर्ण सहमत हुनुहुन्छ ।