राप्रपा अध्यक्षमा कमल थापा विजयी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा विजयी भएका छन् । अध्यक्षको लागि आज सोमबार सम्पन्न चुनावमा निकटतम प्रतिद्वन्द्वी प्रदीपविक्रम राणालाई अत्यधिक मतअन्तरले हराउँदै उनी विजयी भएका हुन् ।
अध्यक्षमा विजयी थापाले २८०४ मत ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी राणाले २५१ मत प्राप्त गरे । भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा मध्यान्ह १२ बजेबाट अध्यक्ष पदको लागि मतदान प्रारम्भ भएको थियो। अध्यक्षको लागि कुल ३ हजार १ सय ३६ मत खसेको थियो। खसेको मत मध्ये ८१ मत बदर भएको थियो ।
यसअघि पार्टीका राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए । शीर्ष नेताहरुबीच भएको सहमतिलाई निरन्तरता दिन महाधिवेशन प्रतिनिधिहरुबाट चर्को दबाब आएपछि लोहनी पछि हटेका थिए ।
केन्द्रीय सदस्य पदमा तीन सय ६३ जनाको उम्मेदवारी परेको छ। यसको लागि मतदान भने मंगलबार हुने छ । केन्द्रमा मतदानबाट कुल ९८ सदस्य निर्वाचित हुनेछन् । जसमा खुल्लाबाट ४० जना निर्वाचित हुनेछन्। समावेशीतर्फ मधेशीबाट ७, आदिवासी जनजाति ९, उत्पीडित २, मुस्लिम २, कर्णाली १, थारु १, प्रवास २ र पिछडिएको क्षेत्रबाट २ ९महिला १, पुरुष १० केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...