न्यूयोर्कमा फेसन परेड
नेपाली राजदूतावास तथा वल्र्ड फेशन परेडको आयोजनामा अमेरिकाको न्यूयोर्कमा नेपालको कला, संस्कृति, भेषभूषा तथा पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रम आयोजना गरिएको छ । फेब्रअरी १२ देखी १४ सम्म सञ्चालन भएको फेशन शो ‘कटियर फेशन विक’ को अवसरमा नेपालको प्राकृतिक तथा सांस्कृतिक सम्पदा सम्बन्धी तस्बिरहरुको स्लाइड शो पनि प्रदर्शन गरिएको थियो । नेपाली संगीतको धुनमा गरिएको क्याटवाकमा विभिन्न मुलुकका ११ मोडेलहरुले राईजिङ इन्टरनेशनल कम्पनीद्वारा तयार पारिएको नेपाली फ्याब्रिकको पोशाक र नेपालमा डिजाईन गरिएको गरगहनाहरु लगाएर प्रस्तुत भएका थिए । उक्त प्रदर्शमा नेपाली पुरुष मोडल दीपक घिमिरे दौरा सुरुवाल र टोपी लगाई प्रस्तुत भएका थिए । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्कीले विजयी ४ जना मोडेलहरुलाई १० दिनको फोटो सुटिङको लागी नेपाल भ्रमणको प्याकेज प्रदान गरेका थिए ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...