अमेरिकाका नेपाली उपमेयर सिटौला: नेपालमा स्थानीय निकायको निर्वाचन अनुगमन गर्ने

-- / प्रकाशित मिति : बिहिबार, फाल्गुन १९, २०७३

न्यूयोर्क,
लामो समयदेखि चासोको साथ हेरिएको स्थानीय निकायको निर्वाचन हुने भएपछि आगामी बैशाख ३१ हुने स्थानीय निकायको निर्वाचनको अनुगमनका लागि अमेरिकाको म्यारिल्याण्ड राज्यको चाल्र्स काउन्टी अन्तर्गतको इन्डियन हेड नगरका नगरप्रमुख, उपप्रमुख र काउन्सिल म्यान नेपाल जाने भएका छन । उपप्रमुख किरण रोन सिटौलाका अनुसार निर्वाचन अनुगमनका लागि नेपाल सरकारसंग अनुमति माग्ने काम भैरहेको बताउँदै अबसर पाएको खण्डमा अमेरिकाको स्थानीय निकाय कसरी सञ्चालन हुन्छ भन्ने विषयमा नेपालको स्थानीय निकायको निर्वाचन पछि तालिम दिन र अनुभव आदनप्रदानको विभिन्न कार्यक्रमहरुमा साझेदारी गर्ने ईच्छा रहेको नागरिकन्यूजसंग बताए ।
नेपाली मुलका अमेरिकी उपमेयर किरण रोन सिटौला तेह्रथुम मुल थलो भएपनि उनि काठमाडौंको नक्सालस्थित चार ढुंगेमा जन्मिएर २३ बर्ष अघि विद्यार्थीका रुपमा अमेरिका आएका हुन । सन् २०१५ मा नगर उपप्रमुख निर्वाचित सिटौला अमेरिकी राजनीतिमा निर्वाचीत पहिलो नेपाली हुन । यस अघि अमेरिकी राजनीतिमा उच्च पद प्राप्त गर्ने नेपाली भने सञ्चिाता प्रधान हुन । ओबामा प्रशासनले सन् २०१५ मा एसियन अमेरिकन र प्यासिफिक आइल्याण्डरको प्रेसिडेन्सियल एड्भाइजरी कमिसनमा सन्चिता प्रधानलाई मनोनित गरेको थियो । प्रधानको पद मनोनित थियो, तर समुदायबाट निर्वाचित भएर अमेरिकी जनतालाई सेवा गर्ने पहिलो निर्वाचित नेपाली भने अमेरिकामा किरण सिटौला मात्रै हुन् ।

उपमेयर सिटौलाकै आग्रहमा मेयरसहितको टोली नेपाल भ्रमणका साथै निर्वाचन अनुगमनका लागि राजी भएका हुन । उनिसंगै निर्वाचत मेयर निर्वाचित ब्राण्डन पौलिन अमेरिकाको सायदै पहिलो पटक कम १९ बर्षको उमेर मेयर निर्वाचीत व्यक्ति हुन । उनले हामीसंग कुरा गर्दै भने अमेरिकामा १९ बर्षका युवा मेयर जित्छन भने हामीले नेपालमा युवालाई किन स्थान नदिएको बारेमा नेतृत्व वर्गसंग बहस गर्न तयार रहेको बताए । उनले भने म नेपाल गएर भन्न चाहन्छु– अमेरिकाको मेरो शहरमा १९ वर्षे युवा मेयर निर्वाचित हुन्छ भने नेपालमा किन युवापुस्ता राजनीतिकरुपमा अगाडि आउन नसकेको ? मेरो मेयर गोरा जाति, म एसियन अनि काउन्सिल म्यान कालो वर्णका तीन थरीका मिलेर नगरपालिकामा काम गरिरहेका छौं । मेरो नगरको मेयर ब्राण्डनले आजसम्म अमेरिकाभन्दा अर्को देश भ्रमण गरेको छैन म उसलाई पहिलो विदेश भ्रमणका रुपमा नेपाल लिएर जाँदैछु र नेपाल र नेपालीप्रति केहि योगदानको लागि आग्रह पनि गर्छू । त्यसको अर्थे नेपालमा आफ्नो आफ्नो राजनीतिक तहमा साझेदारी गर्न सकुन ।

नगर निर्वाचनमा उठेका सबै उम्मेदवारमध्ये सबैभन्दा धेरै मत ल्याउने ब्राण्डन पौलिन मेयर निर्वाचित भएका थिए भने ब्राण्डनभन्दा थोरै कम मत ल्याएका कारण सिटौला चार बर्षका लागि उपमेयर निर्वाचित भएका थिए । उनि भन्दा कम ल्याउने काउन्सिल म्यानमा स्मिथ निर्वाचित भएका छन । उपमेयर सिटौलाले आफु जन्मेको देशको राजनीतिक दुर्दसाप्रति चिन्ता व्यक्त गर्दै भने नेपाल सरकारले चाहाना गर्छ भने आफु स्थानीय तहमा आफ्नो नगरपालिका संभव भएसम्मका सहमति गरेर सहकार्य गर्न तयार रहेको बताए । उनको भनाई थियो हामी चाहान्छौं स्थानीय निकाय सञ्चालनका सबै खाले अनुभव आदनप्रदानका साथै नेपाली निर्वाचित नगरप्रमुखहरुलाई अमेरिकी आफ्नो नगरको काम कारबाही देखाउनसमेत तयार भएको बताए । आफ्नो नेपाल भ्रमणको अर्को मुख्य योजना युवालाई राजनीतिमा अभिप्रेरित गर्न पनि भएको जनाउँदै भने जवसम्म नेपालमा युवामाथी राजनीतिमा सहज प्रवेशमा समस्या हुन्छ तवसम्म राजनीतिक संकट समाधान हुन नसक्ने ठोकुवा गरे । नेपालको राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्लेका समकक्षीसमेत रहेका सिटौला बुढानिलकण्ठ स्कुलबाट विद्यालयस्तरको शिक्षा संगै पूरा गरी त्यहीँबाटै ‘ए’ लेबल सम्पन्न गरी २३ वर्षअगाडि विद्यार्थीको हैसियतमा सिटौला अमेरिका आएका व्यक्ति हुन् । सिटौला अमेरिकी राजनीतिमा उदाउँदा नेपाली मुलका जनप्रतिनिधि हुुन । सन् २०१५ मा निर्वाचित उपमेयर सिटौला आफ्नो निरन्तर झण्डै डेढ दशकको मिहेनतको फल भएको बताए ।
अर्को महत्वपुर्ण कुरा त उनि उपमेयर निर्वार्चित भएपछि नगरपालिकामा निर्वाचित प्रतिनिधिले आफ्ना नगरका जनतालाई कसरीे सेवा पु¥याउने भनेर अध्ययन गर्नै पर्ने बाध्यता हुने रहेछ र त्यही सरकारी व्यवस्थाअन्तर्गत युनिभर्सिटीको ग्राजुयट लेभलको अध्ययनसमेत गर्दैछन् । उनले भने ‘नगरपालिकामा निर्वाचित हुने हरेक जनप्रतिनिधिले जनतालाई कसरी सेवा पु¥याउने भनेर यो कोर्स गर्नै पर्ने सरकारले बाध्यकारी अध्ययनको व्यवस्था गरेको छ । अहिले त्यो कोर्सको अध्ययन ११ औ तह सकिएर अन्तिम १२ औ तहको कोर्ष गर्दैछन । १२ वटा तह पास गरपछि जनप्रतिनिधिलाई मेरिल्याण्ड विश्वविद्यालयल ग्राजुएट गराउने गर्दछ र उनि त्यहि तयारीमा पनि छन ।
हामी संगको कुराकानीका क्रममा भने आफु अमेरिकी राजनीतिमा आगाामी दिनमा थप माथिल्लो स्तरमा जाने चाहाना भएको बताए । समयानुसार यात्रा तय होला तर अहिले नै कहाँसम्म पुगिएला भन्न सकिन्न । अर्को रोचक कुरा त नेपालको सन्र्दभमा भएका जागिर छोडेर राजनीति गरिन्छ तर उनी अमेरिकी सरकारको अर्थ मन्त्रालयमा काम गर्दछन । अर्थ मन्त्रालयको जागिरमा घरबाटै काम गर्छन् भने घरबाट १३ मिनेटको दूरीमा रहेको नगरपालिकाको उपमेयर जिम्मेवारी पनि साथसाथै निर्वाह गर्छन् ।
१३ वर्षदेखि यो शहरमा बस्दै आएका सिटौला फुर्सदमा शहरका हरेक व्यक्तिका व्यक्तिगत काममा समेत सघाउँछन । के के काममा सघाउनु हुन्छ भन्ने जवाफमा उनले भने यदि पल्लो घरमा बूढो मान्छे घाँस काट्दै छ, उसलाई गाह्रो देखेपछि मेरो मन थामिन्न अनि गएर घाँस पनि काटिदिन्छु, आफ्नो घरमा केहि मीठो पाक्यो भने वरिपरिका छिमेकीलाई खुवाउँछु । के काला के गोरा सबैले मेरो घरमा भोजन गरेका छन । सायद मेरो यस्तै क्रियाकलापले होला म त्यो नगरको उपमेयर हुन सफल भएँ । सिटौला स्वतन्त्र उम्मेदवारका रुपमा इन्डियन हेड नगरबाट उपमेयर बनेका हुन् । उनको निर्वाचन क्षेत्रमा उनिसहित गरेर जम्मा दुई घर मात्र नेपालीको छ, बाँकी सबै गोराहरुको बाहुल्यता रहेको उनले बताए । सिटौला अमेरिकी राजनीति संगै नेपालमा समाजसेवा पनि गर्दै आएका छन । उनले भने भुकम्पका बेला हामीले उठाएका झण्डै ४ करोड ८० लाख रकम बराबरको सहयोग नेपाल पठाएका थिए । उनले बूढानिलकण्ठ विद्यालयको पुस्तकालयलाई ८ सय पुस्तक पठाएका छन भने बूढानिलकण्ठ विद्यालयमा अध्ययनरत विपन्न २ जना विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएका छन् । समय र मौका मिलेसम्म नेपाल र नेपालीका लागि धेरै काम गर्न सकिने भएकोले अन्य कामहरु गर्ने पनि गर्नेछु । उनि नेपालमा पहिले राजनीतिक व्यवस्था ठीक पारेरमात्रै विकास निर्माण गर्न सकिने भन्दै राजनीतिक संक्रमण र अस्थिरता मुलत समाधान गर्नुपर्नेमा जोड दिन्छन ।