फ्रान्समा नेपाली अर्थ वहस

फ्रान्सको विख्यात ऐतिहासिक धरोहर सोन्जलिजे नजिकै भेला भएका नेपाली वीज्ञहरुले फ्रान्सेली इतिहास, विश्व परिवेश तथा नेपालको अर्थ तथा सामाजिक व्यवस्थापन सम्वन्धि वहस गरेका छन् । सहभागीले कालखण्डमा सबै देशको एउटा ‘टर्निङ प्वाइन्ट’ आउने र त्यसबाट नै देशको विकास हुन कोशेढुंगा सावित भएको दृष्टान्त पेश गर्दै अब नेपालको दीर्घकालीन विकासका लागि समय आइसकेकोमा जोड दिए । फाइनान्सियल एक्सन टास्कफोर्सले आयोजना गरेको आर्थिक गोष्ठीमा सहभागी हुन आएका अर्थ मन्त्रालयका सहसचिव कृष्णप्रसाद देवकोटाले मनि लन्ड्रिङ (सम्पत्ति शुद्धीकरण) बारे चर्चा गर्दै नेपालमा कामगर्ने वीज्ञहरुको कमी नभएको औंल्याए । बेलायतमा बसोबास गर्ने व्यवस्थापनका ज्ञाता विकलचन्द्र आचार्यले नेपालमा काम गर्ने संस्कृतिको विकास अरु हुनुपर्ने औंल्याउंदै उत्पादकत्व वृद्धिका लागि जनशक्तिको क्षमता विस्तार उल्लेख्य हुनुपर्नेमा जोड दिए । ३६ वर्ष देखि फ्रान्स बसोबास गर्दै आएका पाका फ्रेन्च भाषावीद तथा साहित्यकार हरिहर अर्यालले नेपालको राजनैतिक अस्थिरताप्रति चिन्ता व्यक्त गर्दै सबैको चाहना अनुरुप नेपाल विकास हुन युरोपेली देशहरुको विकास मोडेलबाट नेपालले धेरै सिक्नुपर्ने बताए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...