बियोन्स र एडेल उत्कृष्ट

-- NTA REP. / प्रकाशित मिति : सोमवार, फाल्गुन ३०, २०७३

अमेरिकामा हालै वितरण गरिएको संगीतको सर्वोच्च एवार्ड ग्रामीमा यसपटक गायिकाद्वय बियोन्स तथा एडेल चम्किएका छन् । लस एञ्जलसमा वितरण गरिएको ५९ औं ग्रामी एवार्डमा बेलायती गायिका एडेलले तीन वटा एवार्ड जितिन् भने बियोन्सले दुई वटा एवार्ड आफ्नो पक्षमा पारिन् । समारोहमा दुबै गायिकाले आफ्ना लोकप्रिय गीतहरू गाएर दर्शकलाई मनोरञ्जन समेत दिएका थिए । गायिका बियोन्सले आफू गर्भवती भएको घोषणा गरेका १२ दिनपछि स्टेज प्रस्तुती दिँदा दर्शकहरू रमाएका थिए । बियोन्सले जूम्ल्याहा सन्तान जन्माउने घोषणा गरिसकेकी छिन् । समारोहमा गायिका एडेलले भने बेलायती गायक जर्ज माइकललाई श्रद्धाञ्जली समेत दिएकी थिइन् ।