सिड्नीमा पिल्सिएको चारतारे मन

पार्टीमा देखिएको यति निराश लाग्दो प्रवृतिको शिकारवाट अष्ट्रेलियामा रहेर नेपाली कांग्रेसप्रति आस्था राख्नेहरुपनि ग्रसीत भएको उदाहरणका साक्षीहरु मध्येकै पंक्तिकार आफै प्रतिनिधि पात्र भएको अवगत गराउन चाहान्छु ।
-- प्रकाश हुमागाँई / प्रकाशित मिति : बुधबार, चैत्र २, २०७३

हुन त ठूलोबडा घरको ठूलो वढै चाला भनिएला तर  राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूलमन्त्रलाई अंगिकार गरेको नेपाली कांग्रेस पार्टी ब्यवहारमा भने स्थापनाकालदेखि आज पर्यन्त गुटउपगुट, टुटफुट,  खुट्टा तानातान, विभाजन र अनेकन किसिमका पौंठेजौरीका आन्तरिक लडाईमा गुज्रदै आएको छ । यद्यपि प्रजातान्त्रिक मुल्य र मान्यता अनि जनहितका पक्षमा निरन्तर अग्रसर रहेका कारण ठूलो पार्टीको आफ्नो पहिचानवाट यदाकदा अलमलिए पनि पछाडि पर्नु परेको छैन ।

विपी कोइरालाको समाजवादी चिन्तन, लौहपुरुष गणेशमान सिंहको त्याग र   सन्तनेता किशुनजीको सादगी जीवनलाई आदर्शमान्नेहरु चारतारे झण्डाको फेरो समातेर आपसमै वाकयुद्ध र पदका खातिर इमान, इज्जतलाई तिलाञ्जली दिदै स्र्वाथपूर्तिका खेलमा लागेकाहरुलाई धिक्कार्नु वाहेक केही गर्न सकिरहेका छैनौं ।

यति ठूलो प्रजातान्त्रिक पार्टीमा आस्था राख्ने करोडौं नेपाली मनहरु नेतृत्वकर्तामा देखिएको गैरजिम्मेवारीपन, पदलोलुपता र सिमित स्वार्थका लागि नैतिक आचरण समेत दाउमा लगाउने प्रवृतिले निराश, क्रुद्ध र हतोत्साही भएका उदाहरणहरु जताततै देखिन्छन् । पार्टीको केन्द्रीय नेतृत्वदेखि भातृसंगठन  गाउँ, नगर, वडा र प्रवास सहित सवैतिर विवादको यो रोगले नराम्रोसंग जरो गाडेको आज हामी माझ घाम जतिकै छर्लङ्ग छ । पार्टीमा देखिएको यति निराश लाग्दो प्रवृतिको शिकारवाट अष्ट्रेलियामा रहेर नेपाली कांग्रेसप्रति आस्था राख्नेहरुपनि ग्रसीत भएको उदाहरणका साक्षीहरु मध्येकै पंक्तिकार आफै प्रतिनिधि पात्र भएको अवगत गराउन चाहान्छु । अनि हामी, नेपाली कांग्रेसप्रति पूर्ण निष्ठावान, प्रजातान्त्रिक मूल्य र मान्यताका पक्षधर, विपी कोइरालाको समाजवादी चिन्तन, लौहपुरुष गणेशमान सिंहको त्याग र   सन्तनेता किशुनजीको सादगी जीवनलाई आदर्शमान्नेहरु चारतारे झण्डाको फेरो समातेर आपसमै वाकयुद्ध र पदका खातिर इमान, इज्जतलाई तिलाञ्जली दिदै स्र्वाथपूर्तिका खेलमा लागेकाहरुलाई धिक्कार्नु वाहेक केही गर्न सकिरहेका छैनौं ।

ठूलो इतिहास वोकेको पार्टीका हामी प्रवासमा वसेका कार्यकर्ताहरुले तपाई नेतृत्वमा रहेका र रहने तयारीमा जुट्दै गरेकाहरुवाट गरेको अपेक्षा भनेको त प्रवास र स्वदेशमा रहेका नेपालीका हितका खातिर नीति निर्माण गर्न सक्नुहोस्, पार्टी केन्द्रलाई एक भएर अगाडि वढ्न झझकाउनुहोस् अनि विपी, गणेशमान, किशुनजी, गिरिजावावु र शुसिलदाको तस्वीरमा माल्र्यापण गर्दैगर्दा यी बुढाहरु बरु बेलाबेलामा एक आपसमा मिल्दैनथे हामी त एक छौं भन्ने उदाहरण दिनुहोस् भन्ने थियो ।

प्रसंगलाई सिड्नीकै नेपाली कांग्रेसको गतिविधिमा केन्द्रीत रहेर अगाडि बढाउन चाहाँदा चाहँदै दुई लाईन भूमिका वाध्नु अनिवार्य ठान्दछु । म नेपाली कांग्रेसको इमान्दार र वफादार कार्यकर्ता हो । पेशागत यात्राका दौरान नेपालमा करिव डेढदशकको पत्रकारिता यात्रामा रहँदा भएका प्रेस स्वतन्त्रताका आन्दोलन होस् या पार्टीको अभियान, आवस्यकीय स्थानमा अग्रमोर्चामा रहेर पार्टीका लागि योगदान गरेको छु भनेर लेख्दै गर्दा मेरो छाती गर्वले ढक्क फुलेको छ । करिव आठ वर्ष अघि सिड्नी प्रवेशसंगै पार्टीका केही गतिविधिमा उपस्थिति जनाएपनि यहाँ भित्रको राजनीतिको फोहोरी खेल मलाई नेपालको केन्द्रीयदेखि गाउँसम्मका पार्टीभित्रका विवाद भन्दा केही फरक लागेन र म त्यसपछि पार्टीको कुनैपनि कार्यक्रममा उपस्थित भएको छैन । म स्पष्ट पार्न चाहान्छु, अष्ट्रेलियामा नेपाली कांग्रेसप्रति आस्था राख्ने कांग्रेस समर्थित संस्था, सम्पर्क समिति वा यसमा आवद्ध रहेर नेतृत्वदायी भूमिकामा रहने वा ठाडो शब्दमै उल्लेख गर्दा सिड्नीका कांग्रेसी राजनीतिमा सकृय ठूलासाना कुनै खेलाडीसंग मेरो परिचय र उठवस छैन र कुनै पक्ष वा विपक्षको खेलमा लागेको पनि छैन र चासो पनि छैन । तर हालसालै केही मित्रहरुको निम्तोमा भएको एक भेलामा उपस्थित हुने मौका मिल्यो ।
चारतारे झण्डा समातेर सिड्नीमा नेतृत्वदायी भूमिका गरिरहनुभएका आदरणीय कांग्रेसजनहरु, ‘विपीवावुले क्यान्सरले ग्रसीत हुँदाका वखतमा समेत टुडिखेलमा गर्नुभएको भाषण युट्युवमा सुन्दा होस् या किशुनजीले सुराही, छाता र ट्यांङ्गका समातेर दिएको मुस्कानको तस्वीर नियाल्दा र गिरिजावावुले लाखौं कांग्रेसीहरुको माझ जयनेपालको उद्घोष गर्दा गर्वले शिर उच्च पार्ने हामी कार्यकर्ताहरु तपाईहरुको पद र स्वार्थपूर्तिका निम्ति भएको कोठेयुद्धका शिकार भएर शिर झुकाउन वाध्य पारिएका छौं ।

 

सोचेको थिए, त्यस्तो महत्वपूर्ण भेलामा पार्टीका साथीहरु एक ढिक्का भएर रणनीति तय गर्नुहुन्छ । अनि कल्पना गरेको थिए, फस्टाउने प्रयासमा रहेको उग्रवामपन्थी, जातीय विभाजन ल्याउने अतिवादी र एकतन्त्रीयको कल्पना वोक्ने निरंकुशतावादीहरुको भिडमा एउटा ठूलो संस्थामा चारतारे झण्डा बोकेका साथीहरु सहजै पुग्नुहुन्छ । यो चारतारे झण्डा प्रवासी भूमिमा फैलाएर म जस्ता मोर्चामा उपस्थित नभएका तर पार्टीमा आस्थावान अष्ट्रेलियामा छरिएर रहेका हजारौं कांग्रेसप्रेमीहरु पार्टी गतिविधिमा सामेल गराई संगठनको बल प्रर्दशन हुनेछ, तर म र म जस्तै कयौंको कल्पनामा त्यतिवेला तुषारापात आयो जतिवेला पार्टीकै रणनीति बनाउन, उम्मेद्वार तोक्न दुई पक्ष दुई ठाउमा भेला गरिरहेको छ । एकले अर्काेलाई आरोप लगाउने, को कमजोर र को वलियो, को आधिकारिक र को अनाधिकारीक यो संस्कारवाट मुक्त हुन नसक्ने पुरानो रोग त्यहाँ छरपष्ट छरियो । चारतारे झण्डा समातेर सिड्नीमा नेतृत्वदायी भूमिका गरिरहनुभएका आदरणीय कांग्रेसजनहरु, ‘विपीवावुले क्यान्सरले ग्रसीत हुँदाका वखतमा समेत टुडिखेलमा गर्नुभएको भाषण युट्युवमा सुन्दा होस् या किशुनजीले सुराही, छाता र ट्यांङ्गका समातेर दिएको मुस्कानको तस्वीर नियाल्दा र गिरिजावावुले लाखौं कांग्रेसीहरुको माझ जयनेपालको उद्घोष गर्दा गर्वले शिर उच्च पार्ने हामी कार्यकर्ताहरु तपाईहरुको पद र स्वार्थपूर्तिका निम्ति भएको कोठेयुद्धका शिकार भएर शिर झुकाउन वाध्य पारिएका छौं । यस्तो प्रजातान्त्रिक मुलुकमा आएर प्रजातान्त्रिक विचारधारा वोकेका पार्टीका तपाईहरु आपसमा मिल्न वा मिलेको जस्तोमात्र्र गर्न पनि नसक्ने हो भने हजारौं कांग्रेसमा आस्थावान साथीहरु अष्ट्रेलियाको पार्टी संगठनमा समेटेर पार्टीलाई सुदृढ गर्नुहुन्छ भनेर केका आधारमा तपाईहरुको भर पर्ने । केन्द्रीय राजनीतिदेखि प्रवासको संगठनसम्म नै ढुलमुले नीति लिएका अवसरवादी प्रतिपक्षी र रगतका वाछिटाले उक्सिएका अर्काे पक्षधरसंगको वैचारिक लडाईका लागि पूर्व तयारीका एजेण्डाहरु वनाउन छोडेर आपसमा भिड्दा सांगठनिक रुपमा आफै कमजोर भइन्छ भन्ने यहाँहरुलाई अवगत गराउनुपर्ने विषय होइन जस्तो लाग्छ । त्यति ठूलो इतिहास वोकेको पार्टीका हामी प्रवासमा वसेका कार्यकर्ताहरुले तपाई नेतृत्वमा रहेका र रहने तयारीमा जुट्दै गरेकाहरुवाट गरेको अपेक्षा भनेको त प्रवास र स्वदेशमा रहेका नेपालीका हितका खातिर नीति निर्माण गर्न सक्नुहोस्, पार्टी केन्द्रलाई एक भएर अगाडि वढ्न झझकाउनुहोस् अनि विपी, गणेशमान, किशुनजी, गिरिजावावु र शुसिलदाको तस्वीरमा माल्र्यापण गर्दैगर्दा यी बुढाहरु बरु बेलाबेलामा एक आपसमा मिल्दैनथे हामी त एक छौं भन्ने उदाहरण दिनुहोस् भन्ने थियो । तर खै तपाईहरुको रवैया हेर्दा कोठेवैठक मार्फत संगठनलाई कमजोर पार्दै त हुनुहुन्न । अनि एउटा पक्षले केन्द्रीय नेतालाई कार्यक्रममा आमन्त्रण गर्यो भने अर्काे पक्षले फोन गरेर तपाई नआउनुस् है अर्काे पक्षको कार्यक्रममा नत्र तपाई  विवादमा पर्नुहुन्छ भन्ने । यदि यो साच्चै हो भने तपाईहरुलाई यस्तो गर्दा कहिल्यै नेपाली कांग्रेस पार्टी हित विपरित गरे भन्ने आत्मग्लानी हुदैन ।  तपाईहरु धन, मन र विद्याको पनि धनि हुनुहुन्छ अनि संसार बुझ्नुभएको छ अनि एउटा सानो विवाद मिलाउन केन्द्रलाई गुर्हानु भयो भन्ने सुन्दा मेरो शिर त लज्जावती झार झै निहुरियो तपाईहरुलाई साच्चै कस्तो हुन्छ त्यस्तो बेला । कृपया यसलाई गाली नसम्झीदिनुस्, हो अलि अलि आक्रोस त हो, राजनीतिमा कहिले तल कहिले माथि त हुन्छ नै, तर यही रवैया अपनाउनुभयो भने अव माथि हुइदैन, तलको तल नै परिन्छ ।

एउटै खाटमा सुत्दा खुट्टाले छोइयो भन्दैमा लाती नै हान्यो भनेर अर्काे खाट वा कोठामा सुत्न गइयो भने भएका लालावालाको विजोग हुन्छ भने अरु लालावाला गर्भमा वस्न पनि पाउँदैनन् भन्ने हेक्का होस् । ठूलो घरमा बसेपछि आवाज सानो ठूलो हुनु अस्वभाविक होइन तर घरकै भित्ता फोड्यो भने त्यो घरको सुरक्षा हुदैन ।

म त्यस्तो प्रतिनिधिपात्र हुँ, जसलाई विकट हिमाली जिल्ला हुम्लाको कर्मचारी संघमा कांग्रेस समर्थकले जितेको सुन्दा खुसीले नाच्छु अनि महोत्तरीमा कांग्रेस कार्यकर्ता भएकै कारण अर्काे पक्षवाट पिटियो भन्ने पढ्दा क्रोधले आशु झार्छु । म कांग्रेसको एउटा मन्त्रीले विशिष्टको नाममा राज्यवाट अनुचित करोडौं खर्च उडाइरहेकाहरुलाई नीति तर्जुमा गरेर नियन्त्रण गर्यो रे भन्दा जति गर्विलो महसुस गर्छु अनि सरकारले खाडी मुलुकको राजदूत नियुक्तीमा विवादास्पद म्यानपावर ब्यवसायीलाई सिफारिस गर्यो रे भन्दा त्यति नै लज्जित हुन्छु । यो लेख मैले लेखे होला तर यो आवाज मेरो मात्र होइन । हो यहि सिड्नीमा म जस्तै हजारौं कांग्रेसलाई माया गर्नेहरु त्यस्ता नेतृत्वदायी ब्यक्तिहरुको खोजीमा छौं जसले निष्ठा र आर्दशको राजनीति गरोस् र  जसले हाम्रा आवाजहरु बोल्न सकोस् । सुनेकैमा भर परौं भने तपाईहरु कहिल्यै मिल्न नसक्ने रे । कृपया यो सुनेको कुरो झुटो होस् र तपाईहरु एक ढिक्का भइदिनुहोस् । एउटै खाटमा सुत्दा खुट्टाले छोइयो भन्दैमा लाती नै हान्यो भनेर अर्काे खाट वा कोठामा सुत्न गइयो भने भएका लालावालाको विजोग हुन्छ भने अरु लालावाला गर्भमा वस्न पनि पाउँदैनन् भन्ने हेक्का होस् । ठूलो घरमा बसेपछि आवाज सानो ठूलो हुनु अस्वभाविक होइन तर घरकै भित्ता फोड्यो भने त्यो घरको सुरक्षा हुदैन । यहाँको संगठन निर्माणका खातिर तपाईहरुले धेरै तन,मन, धन, रगत र पसिना बगाउनुभएको छ, सवैलाई त्यसको जस लिने रहर होला । तर त्यो रहर त्यतिवेला पूरा हुन्छ जति वेला चारतारा अंकित त्यो झण्डा मुनी तपाईहरु सवै गोलबद्ध हुनुहुन्छ अनि हामीलाई पनि गोलवद्ध हुन आतुरी हुन्छ । जुनदिन अष्ट्रेलियामा रहेका कांग्रेस समर्थित सवै एउटै छाता मुनी अटाउछौं त्यतिवेला कुनै अरु कसैले षड्यन्त्रको तानावाना बुन्ने कल्पनासम्म पनि गर्न सक्दैन । त्यतिवेलै म पनि मेरो युनिटको भित्तामा टाँसिएको चारतारे झण्डा उप्काएर तपाईहरुकै पछि लाग्नेछु  अनि बाथरुम, बेडरुम र किचेनवाट आफु नेपाली कांग्रेस भन्ने र नौं वर्ष की मेरी छोरी समृद्धिलाई जिन्दावाद भन्न लगाउने मेरो निरन्तरताको क्रमभंगता गर्दै सार्वजनिक कार्यक्रममै चारतारे झण्डा समातेर सवैले सुन्ने गरि नेपाली कांग्रेस जिन्दावादको नारा घन्काउनेछु । जयनेपाल !