‘अमृता’ लिएर आइन् गायिका अमृता
काठमाडौं— गायिका अमृता साम्बाहम्फे लिम्बुले गाएका आधुनिक गीतहरुको नया एल्बम ‘अमृता’ हङकङमा आयोजित एक सांगीतक समारोहमा लोकार्पण गरिएको छ । हङकङस्थित याक एण्ड यति होटलमा सम्पन्न गायिका लिम्बुको एकल गायन कार्यक्रम ‘अमृताज म्युजिकल नाइट’ को अवसर पारेर उक्त एल्बम विमोचन गरिएको हो ।
आधा दशकभन्दा बढि अवधिदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेकी गायिका लिम्बुले ‘अमृता’ एल्बमममा आठ वटा गीतहरु समावेश गरेकी छिन् । पा“चथरमा जन्मिएकी यी गायिकाले आफ्नो यो एल्बममा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु, शिखर सन्तोष, हरी लम्साल, बिनोद खम्बु, सुमन राई, ईन्द्र गुरुङ आदि स्थापित संगीतकारद्वारा संगीतवद्ध गीतहरु गाएकी छिन् । एल्बमका ती गीतहरु जानु काम्बाङ लिङ्देन, मुकेश राई, विर्शिका राई, सीता शेरचन, स्वप्लिन लिम्बुले रचना गरेका छन् ।
एल्बमका दुई गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । एल्बमको अर्जुन पोखरेलद्वारा संगीतबद्ध पहिलो गीत ‘म त नुमाफुङ पो त…’ को म्युजिक भिडियोमा गायिका लिम्बु आफैंले अभिनय गरेकी छिन् । युगल पोमो लिम्बुद्वारा निर्देशित जानु काम्बाङ लिङ्देनद्वारा रचित उक्त गीतको भिडियोमा गायिका लिम्बुलाई अभिनेता निराजन प्रधानले अभिनयमा साथ दिएका छन् । सुमन राईद्वारा संगीतबद्ध दोस्रो गीत ‘काडा जस्तै बिझिसक्यो..’ को भिडियोलाई भने जिबि लामाले निर्देशन गरेका हुन् जसमा रोहनी लामा तथा अनिश मगरको अभिनय छ । यो गीतका रचनाकार विर्शिका राई हुन् ।
विगत पा“च वर्षदेखि काठमाडौंमा रहेर संगीतको प्रशिक्षण समेत लिइरहेकी गायिका लिम्बुले हालसम्म करिव तीन दर्जन गीतहरु रेकर्ड गरिसकेकी छिन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रोमियो’ सहित झन्डै एक दर्जन चलचित्रमा पाश्र्व गायन गरिसकेकी गायिका लिम्बुले नेपालका अधिकांश महोत्सवहरुमा आफ्नो गायनकला प्रस्तुत गरिसकेकी छिन् । सांगीतिक कार्यक्रमको क्रममा कतार तथा हङकङ पुगिसकेकी गायिका लिम्बु सन् २०१४ मा सम्पन्न मिस मंगोलकी प्रतिस्पर्धी समेत हुन् । उक्त प्रतियोगिताको उत्कृष्ट १० सम्म पुग्न सफल लिम्बुले उक्त प्रतियोगितामा बेस्ट स्माइलको अवार्ड समेत जितेकी थिइन् । गायिका लिम्बुले यसअघि गाएको ‘झुम्के माया…’ शीर्षकको गीत यूट्युबमा लोकप्रिय भैरहेको छ ।
यस्तो छन् दुई गीतका म्युजिक भिडियो :
काठमाडौं- संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ...
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ...
काठमाडौं- सरकारले महत्वाकांक्षी घोषणासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति...
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
काठमाडौं- संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ...
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ...
Enjoy the many benefits of starting up tonight hook up tonight for tonight...
Le bref variante: utiliser bons soins de vous fréquemment...
काठमाडौं- सरकारले महत्वाकांक्षी घोषणासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति...