अनेसास एनएसडब्लुको सिड्नी-क्यान्बरामा साहित्यिक कार्यक्रम सम्पन्न  

-- ?>
अन्तराष्ट्रिय नेपाली साहित्य समाज अस्ट्रेलिया (अनेसास) एनएसडब्लुले एनआरएनएनए एसिटि संगको सहकार्यमा सिड्नीबाट क्यान्बरा सम्मको यात्रा तय गर्दै क्यान्बरामा एक साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम सम्पन्न पश्चात एक प्रेस बिज्ञप्ति जारि गर्दै अनेसास एनएसडब्लुका माहासचिब महेश्वर शर्माले यस एतिहासिक कार्यक्रमको हिस्सा बनेका सबैमा कृतज्ञता व्यक्त गर्दै प्रत्यक्ष अ-प्रतक्ष्य सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
शर्माका अनुसार २०१७ मार्च १८ शनिबार बिहान सिड्नीमा रहने साहित्यअनुरागिहरु सँगै सिड्नी स्थित क्याम्सिबाट तय गरिएको यात्रा क्यानबेरा नपुगुन्जेल साहित्यमय बनेको थियो । खचाखच बसमा उपस्थित सबैले आफ्ना गित कविता र रचनाहरु सुन्दै सुनाउदै क्यन्बरा पुगेका थिए ।
दिउसो सिड्नीबाट र क्यानबेराका साहित्यानुरागीहरु बीच संयुक्त रुपमा हिउजेज कम्युनिटी हल हियुजेज क्यनबेरामा  वृहत रचना बाचन कार्यक्रम भब्यताका साथ सम्पन्न भयो । सो रचना वाचन कार्यक्रममा अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमीरेको सभापतित्व रहेको थियो भने कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदुत राजेन्द्र पान्डे प्रमुख अतीथी हुनुहुन्थ्यो । विशेष अतीथी ध्रुव हरि अधिकारीले आफ्नो रचना वाचन गर्दै यस्ता साहित्यिक कार्यक्रमले नेपालीभाषालाई मलजल गर्न मद्दत पुग्ने बताउनु भयो । एनआरएनएनए क्यानबेरा एसिटीका संयोजक युवराज खनियाको स्वागत मन्तव्य पछि रचना वाचन सुरु भएको थियो। सो कार्यक्रममा साहित्यकार केदार पोखरेल, बरिष्ठ पत्रकार ध्रुब हरि अधिकारी, पत्रकार मनऋषि धिताल, साहित्यकार सुरेन्द्र दवाडी, आलोक कोईराला, निरज जोशि, देव पाठक, सजल नयन, प्रविन टन्डन, सिमा रोसि, अनेसास एनएसडब्लुका उपाध्यक्ष तथा गायक विकास उप्रेति, अनेसास एनएसडब्लुका महासचिव महेश्वर शर्मा, अनेसास एनएसडब्लुका सचिव दिपक निरौला, कोषाध्यक्ष ममता तिवारी, ईन्द्र आचार्य, राम चन्द्र अधिकारी (वनवासी), दक्ष राज शर्मा, यज्ञमुर्ति अधिकारी, ओमराज अधिकारी, खगेन्द्र प्रसाद रेग्मी, सिद्दी विनायक, सिर्जना थापा, महेश वशिष्ठ, शकुन्तला देवकोटाले आ- आफ्नो रचना वाचन गरेका थिए । सोहि दिन क्यानबेरामै अनेसास क्यानबेरा च्याप्टर बिस्तारको  निम्ती सिद्दी विनायक अधिकारीलाई संयोजक चुनियो । क्यानबेराका नेपालि समुदायका अगुवा कृष्ण हमाल सहित अन्य महानुभाबहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
उक्त अवसरमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था विश्व शान्ती परिषदको शान्ती दुतमा नियुक्त हुनु भएकोमा विश्व शान्ती परिषदका शान्ती दुत भीमसेन सापकोटा (आचार्य राजन शर्मा) लाई अभिनन्दन गरिएको थियो।