पर्यटनदूत तथा राजदूत र बाणिज्यदूतहरूबाट नेपाली समुदायले के आशा र भरोसा गर्ने !

शान्तिका अग्रदूत भगवान गौतम बुद्ध र संसारको अग्ला हिमशिखरहरूले नेपाली र नेपालको गौरवगाथालाई विश्व मानचित्रमा चिनाएकै छ । संयुक्त राष्ट्र संघको मुख्यालयमा रहेको भगवान गौतमबुद्धको प्रतिमाले नेपालको चिनारी वढाएकोछ ।
-- विश्वामित्र खनाल / प्रकाशित मिति : मङ्लबार, चैत्र २२, २०७३

सन्तानले डाडा–काडा ढाकोस् भनेर हाम्रा चाड–पर्वहरूमा दिने आर्शिवचनको परिणाम स्वरुप अहिले नेपाली समुदाय विश्वको कुना–कुनामा पुगेका छन् । जहा नपहुचे रबि त्यहा पहुचे कवि भने झैं नेपालीजनहरू संसारभर संघर्षरत छन् । नेपाल गए कपाल संगै, वर्मा गए कर्म संगै भने झैं नेपालीहरूले आफ्नो धर्म–कर्म, संस्कृती, रितिस्थिति, चाल–चलन, वानी–व्यहोरा पनि विश्व समुदाय माझ फैलाउन सफल भएकाछन् । यसैक्रममा, गत केही वर्षदेखि तोकादेशका भरमा नियुक्त हुन थालेका पर्यटनदूतहरू तथा नगदादेशका भरमा नियुक्त भएका राजदूततथा वाणिज्यदूतहरूले त झनै नेपाल र नेपालीलाई विश्व समुदाय माझ अझ प्रचारित–प्रसारित गर्दै नेपालमा लगानी र पर्यटन प्रर्वद्धन गर्दै आइरहेका छन् र गर्न उद्देलित छन् ।

पर्यटन प्रर्वद्धन गर्ने मूल उद्देश्यका खातिर दुईवर्षे सेवा अवधि तोकिएर पर्यटन मन्त्रीको सिफारिसमा नियुक्तहुने अवैतानिक पर्यटनदूतको काम, कर्तव्य र अधिकारका वारेमा एउटा छोटो र मीठो उत्तर पाईन्छ नेपालमा पर्यटन प्रर्वद्धन गर्ने र नेपाललाई विश्वमाझ चिनाउने ।त्यसैगरि, राजदूततथा वाणिज्यदूतहरूपनि राजनीतिक सहमतीको नाममा व्रिफकेशको बलमा परम्परागत रुपमै नियुक्त हुदै आइरहेका छन् । नेपाल राजतन्त्रवाट लोकतान्त्रिक–गणतान्त्रिक राष्ट्रमा प्रवेश गरेपछि सुरु भएको यी दूतहरूको नियुक्तिको प्रकरण सरकार फेरवदल र गठनसंगै वर्खास्ती, नियुक्ती तथा थमौति हुने परम्परा चलिआएको छ ।

पहिलो र दोश्रो विश्वयुद्धमा पश्चिमाहरूको सफलतामा गोर्खाली (नेपाली) सेनाले खेलेको भूमिकाले संसार हल्लाएको थियो । पहिलो तथा दोस्रो विश्व हुदै फकल्याण्डको युद्धदेखि इराक–अफ्गानिस्तानको युद्धतथा संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गोर्खालीले आफ्नो नाम, मान, सान र इज्ज्तराख्दै आइरहेका छन् । शान्तिका अग्रदूत भगवान गौतम बुद्ध र संसारको अग्ला हिमशिखरहरूले नेपाली र नेपालको गौरवगाथालाई विश्व मानचित्रमा चिनाएकै छ । संयुक्त राष्ट्र संघको मुख्यालयमा रहेको भगवान गौतमबुद्धको प्रतिमाले नेपालको चिनारी वढाएकोछ । तर, मुलुक गणतन्त्रमय भएपछि राष्ट्रलाई विश्व समुदाय माझ चिनाउन नेपाल सरकारलाई विदेशका गाउ–गाउ, टोल–टोलमा पर्यटनदूत तथा वाणिज्यदूतहरूको आवस्यक परेछ । त्यसलाई परिपूर्ति गर्ने काम विदेशीमूलवाट नभई नेपाली मूलवाटै त्यो पनि नेपालका जल्दा–वल्दा राजनीतिक दलका विदेशिएका गैर–आवसीय नेपाली कार्यकर्ताहरू तथा नगद नारायणहरू वाटै भइरहेको छ ।

पर्यटन वोर्डले पर्यटनदूत तथा परराष्ट्र मन्त्रालयले वाणिज्यदूतहरू तथा नेपालका राजनीतिक दलहरूको भागवण्डामा राजदूतहरू नियुक्ति गर्ने चलन मुलुकमा अहिले चलेको छ । हालसम्म ३६वटा मुलुकमा झण्डै एकसय भन्दा वढि पर्यटनदूतहरू नियुक्त भैसकेका छन् ।

संसारभर रहेका नेपालका अवैतानिक पर्यटनदूतहरूको पहिलो काम भनेकै पर्यटनवोर्डको कार्यालयवाट प्राप्त नियुक्ती–पत्रको फोटोदर्ता–चलानी शाखा मै मोवाइलवाट खिचेर फेसवुकमा अपलोड गर्ने भएको पर्यटन वोर्डका कर्मचारीहरू वताउँछन् । मेरा एक मित्रलाई पनि यसै मेसोमा केही समय अगाडि पर्यटन वोर्डले पर्यटनदूतमा नियुक्त गरेको थियो । उनले नियुक्ति–पत्रको हस्ताक्षरको मसि सुक्न नपाउँदै त्यसको फोटो खिचेर फेसवुकमा अपलोड गरे, मैले उनको पोष्टमा लाईक ठोकेर कमेण्टमा वधाइ लेखे अनि मलाई कौतुहल्ता जाग्योे र केही मेसेज इन वक्समा लेखे । उनले मलाई नेपालवाटै फोन गर्दै यसो मेरो नियुक्तिको वारेमा प्रचार–प्रसार गर्देन यार भन्दै आग्रह गरे, मैले म यता छु कोही साथीभाइसंग च्याट भयो भने भनिदिउँला भने । उनीसंग मेरो लामै कुुराकानी भयो । कुराकानी कै दौरानमा उनले मलाई यसो नेपाली समुदायमा केही गरेर देखाउनु पर्यो नि, त्यसो भएर मैले यस्को लागि अलिकति दौडधुप गरेको भन्दै अर्थाए । अचेल म उनको फेसवुकवालमा विभिन्न कार्यक्रमहरूको तस्विरहरू देख्छु । उनले नेपाली समुदायका विभिन्न कार्यक्रमहरूमा खादा लगाउदै भाषण ठोक्दै हिडिरहेका छन् । तर त्यहा न कुनै विदेशीमूलका नागरिक देखिन्छन्, न त उनले नेपालको कुनै पर्यटकीय स्थलको वर्णन् गरेका हुन्छन्, हुन्छ त केवल स्थानीय समुदायबीचको घोचपेच, नेपालको राजनीतिक व्यवस्था र अस्तव्यस्तताको कुरो ।

यसैबीच, उनीसंग मेरो केही हप्ता अगाडि पुनः च्याट भयो उनी भन्दै थिए यसपालि त एनआरएनको निर्वाचन लड्नु पर्ला जस्तो छ, कुरा मिलाउँदैछु, मैले उनलाई किन र पर्यटनदूत भएपछि पुगेन र अव एनआरएनमा पनि जाने ?भनेर प्रश्न गरे उनले प्रतिउत्तरमा संधै एकैस्थानमा मात्र कहा वसिन्छ र यार, पर्यटनदूत पछि एनआरएन हुदै महावाणिज्यदूत र महावाणिज्यदूत हुदै राजदूतसम्म वन्ने र त्यसका लागि आवस्यक वन्दोवस्ती सहित अभियान थालेको योजना उनले सुनाए ।

सत्तारुढ राजनीतिक दलका नेता, विदेश स्थित भातृ–संगठन तथा मन्त्रीहरूको सिफारिसका आधारमा पर्यटन वोर्डले पर्यटनदूत तथा परराष्ट्र मन्त्रालयले वाणिज्यदूतहरू तथा नेपालका राजनीतिक दलहरूको भागवण्डामा राजदूतहरू नियुक्ति गर्ने चलन मुलुकमा अहिले चलेको छ । हालसम्म ३६वटा मुलुकमा झण्डै एकसय भन्दा वढि पर्यटनदूतहरू नियुक्त भैसकेका छन् । दुई वर्षे निश्चित समायावधि तोकिएको तर, पर्यटन प्रर्वद्धनको एक सुत्रिय अभियानको कार्यादिशामा कुनै पनि कार्ययोजना वेगर एकैमुलुकमा प्रान्तै पिच्छे नियुक्त गरिएका पर्यटनदूतहरूबाट नेपालको पर्यटन क्षेत्रले के फाईदा पायो,त्यो सर्वत्र चासोको विषय वनेकोे छ ।

गणतान्त्रिककाल–खण्डको पर्यटनदूत मात्रै होईन वहुदलकालिन समयमा तत्कालिन प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीहरूले प्रवासी रेष्टुरेण्टवालाहरूलाई वाडेको अवैतानिक महा–वाणिज्यदूतहरूको हालत पनि त्यस्तो नै छ । विना कार्ययोजना नियुक्त अवैतनिक महावाणिज्यदूतहरू, राजदूतावास नै नभएको मुलुकमा नियुक्त राजदूत तथा औचित्यहीन पर्यटनदूतहरूको नियुक्तीले प्रवासमा खुवै चर्चा पाएकोछ । पर्यटनदूतले कानूनी रुपमा नेपालको राष्ट्रिय झण्डा प्रयोग गर्न पाउँदैनन् तर, अवैतानिक वाणिज्यदूतले भने नेपालको झण्डा गाडीमा प्रयोग गर्न पाउँदछन् । नेपालको विश्वभर पाच वैतानिक महावाणिज्यदूतहरूका साथै झण्डै तीनदर्जन अवैतानिक महावाणिज्यदूतहरू र तीस देशमा राजदूतहरू (हालै घोषित स्पेन समेत) रहेकाछन् ।

हुनतः नेपालमा अहिले विधिको शासन हराउन थालेकोछ । पर्यटनदूत समेत हुन अयोग्य व्यक्तिहरूलाई राजदूतमा सिफारिस गरिएकोछ । चोरलाई चौतारो, साधुलाई सुलि चढाईदैछ । विरालोलाई नै दूधको रक्षक वनाउने कामको सुरुवात म्यानपावारवाली (वैदेशिक रोगार व्यवसायी) र विदेशमा नेपाली समुदायमा वद्नामी कमाएका स्वनामधन्य व्रिफ्केसधारीहरू तथा पैसावालीहरूलाई मात्रै नभएर परराष्ट्रको प सम्म नजानेकाहरूलाई सरकारले राजदूतमा सिफारिस गरेकोछ । परराष्ट्र नीतिको मूल्य र मान्यतालाई धज्जी उडाउदै, परराष्ट्रका कर्मचारीहरूको मनोवल गिराउदै सरकारले आफ्नो असक्षमता प्रदर्शन गरिरहेको छ ।

यसैबीच, सरकारले केही वद्नाम व्यक्तिहरूको नाम राजदूतमा परेको भनेर फिर्ता लिएको समाचारहरू पनि प्रकाशित भएका थिए । तर, संसदीय सुनवाई समितिले सरकारवाट पठाईएको सवै (विवादस्पद् व्यक्तिहरू समेतको) नामहरू परराष्ट्र मन्त्रालयलाई राजदूतको एग्रिमोको लागि सिफारिस गरि पठाएकोछ । नेपाली जनताले आशा र भरोसा गरेका जनप्रतिनिधिहरूको मिनि संसद (व्यवस्थापिका)अर्थात संसदीय सुनवाई समितीले कार्यापालिकावाट भएका यस्ता निकृष्ट, कुकर्महरूलाई सच्चायाउनुुको साटो मलजल गर्दै विवादीत व्यक्तिहरूलाई राजदूतमा सिफारिस गरेकोछ ।

राजदूतहरूले संसदीय सुनवाइ उत्र्तिण गरि संम्वन्धित मुलुकको एग्रिमो प्राप्त गरि कार्यक्षेत्रमा जादा, आफनो लगानी उठाउन केन्द्रीत नहोउन् । नव–नियुक्त राजदूतहरूवाट पर्यटनदूत तथा अवैतनिक वाणिज्यदूतहरूको जस्तो व्यवहार नेपाली समुदायले प्रवासमा देख्न नपरोस् । राजनीतिक र प्रशासनिक क्षेत्रवाट नवनियुक्त राजदूतहरू, नेपाली तथा विदेशी समुदायमा नेपाल र नेपालीको शाख वढाउने काममा प्रेरीत होउन् । यदी यसो गर्न नसके कमसे कम नेपाल र नेपाली समुदायको सम्वन्धित देशमा कायम भैरहेको शाख गिराउने कुनै काम कारवाहीहरू नहोस् । सफल कार्यकालको अग्रिम शुभ–कामना !