प्रकाश अर्याल आईजीपीमा नियुक्त

काठमाडौं–सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक आइजीपि मा नियुक्त गरेको छ । मन्त्रिपरिषदको हिजाृ रातिको बैठकले नियुक्तिको निर्णय गरेलगत्तै अर्याललाई महानिरीक्षकको दज्र्यानी चिह्न प्रदान गरिएको छ । त्यसलगत्तै अर्यालले पदभारसमेत ग्रहण गरेका छन् ।
गृहसचिव लोकदर्शन रेग्मीले राति नै मन्त्रालयका अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितका उच्च अधिकारीहरूलाई बोलाएर अर्याललाई महानिरीक्षकको दज्र्यानी चिह्न लगाइदिएका थिए । त्यसपछि अर्याल राति नै प्रहरी प्रधान कार्यालय गएर पदबहाली गरेका थिए । उक्त अवसरमा प्रहरीका उच्च अधिकारीको पनि उपस्थिति थियो ।
नवनियुक्त महानिरीक्षक अर्याल २०२० असार १४ गते दाङको त्रिभुवन नगरपालिका ११ मा जन्मेका हुन् । २०६९ पुस ४ मा डीआईजीमा बढुवा भएका अर्यालले पछिल्लो केही समय महानगरीय ट्राफिक प्रहरी महाशाखाको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि प्रहरी प्रधान कार्यालयअन्तर्गतको अपराध अनुसन्धान विभागको प्रमुखमा सरुवा भएका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् ।
यसअघि सरकारले गत फागुन १ मा डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्त गरेकामा तीन साताअघि सर्वोच्च अदालतले उक्त निर्णय उल्ट्याइदिएको थियो । सर्वोच्चले कार्यसम्पादन मूल्यांकन ख्याल नगरी मन्त्रिपरिषद्ले महानिरीक्षक नियुक्ति गर्नु विधिसम्मत नभएको भन्दै कार्यसम्पादनका आधारमा पुनस् नियुक्ति गर्न चैत ८ गते आदेश दिएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...