सुपर लयर जिसी परराष्ट्र मन्त्रालयको एनआरएन सल्लाहकार

न्यूयोर्क – अमेरिकामा लामो समयदेखी कानून व्यवसाय गर्दै आएका सुपर लयर खगेन्द्र जिसीलाई नेपाल सरकारले परराष्ट्र मन्त्रालयको गैरआवासीय नेपाली संघको अवैतनिक सल्लाहकारमा नियुक्त गरेको छ ।
एनआरएन अमेकिरकाका पूर्व अध्यक्ष र आइसीसी सदस्यसमेत रहेका जिसीलाई मन्त्रीस्तरीय निर्णयबाट अवैतनिक सल्लाहकारमा नियुक्त गरिएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मन्त्रालयबाट जिसीलाई दिइएको पत्रमा परराष्ट्र मन्त्रालयको क्षेत्राधिकार अन्तर्गत पर्ने कानूनी तथा नीतिगत विषयमा गैर आवासीय नेपाली संघ एवम् अन्य विदेशस्थित नेपाली संस्थासंग समन्वय गरी परामर्श दिन सल्लाहकारमा नियुक्त गरिएको जनाइएको छ । जिसीले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आर्जन गरेको कानून सम्बन्धिको ज्ञानलाई नेपाल सरकारले कदर गर्दै उनलाई नियुक्त गरेको समेत पत्रमा उल्लेख छ ।
आफूलाई सल्लहकारमा नियुक्त गरिएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘यो नियुक्तिलाई मैले समग्र एनआरएनको सम्मानको रुपमा लिएको छु । परराष्ट्र मन्त्रालयको क्षेत्राधिकारभित्र रहेर गैरआवासीय नेपालीको हितका लागि सल्लाह सुझाव दिनेछु ।’
साथै उनले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, मन्त्री, सचिव, लगायत सबैमा आभार प्रकट गरेका छन् । जिसीले आफूले एनआरएनको वर्तमान नेतृत्व लगायत सबै क्षेत्रका विज्ञहरूलाई साथमा लिएर सरकारलाई उचित परामर्श दिने बताएका छन् । कोलम्बीया विश्वविद्यालयबाट एलएलएम र फोरधाम युनिभर्सिटीबाट जेडी गरेका जिसी न्यूयोर्क, क्यालिफोर्निया, टेक्सास र नेपालमा समेत क्षेत्री एण्ड एशोसिएट्स नामक ल फर्म सञ्चालन गरेर कानुनी सेवामा सकृय छन् ।
अमेरिकामा रहेर तीन दशक भन्दा लामो समय कानुनी पेशामा सकृय उनी समाजसेवी तथा अमेरिकाको सुपर लयर समेत हुन् ।
परारष्ट्र मन्त्रालयले विदेशमा नेपालीको संख्या बढेसंगै पहिलो पटक एनआरएन सल्लाहकार नियुक्त गरेको हो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...