अमेरिकाबाट आयो कुबेर राईको सोझो बाटो…

काठमाडौं- पुराना तथा स्थापित गायक कुबेर राई लामो समयको अन्तरालपछि स्रोतामाझ आएका छन् । यसपटक उनलाई अमेरिकामा बसोबास गरिरहेका संगीतकार पविधन खालिङले स्रोतामाझ ल्याएका हुन् । गायक राईको स्वरको ‘सोझो बाटो…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा पविधन खालिङको संगीत तथा आनन्द अधिकारीका शब्दहरु सुन्न सकिन्छ ।
विगत केही वर्षदेखि अमेरिकामा बसोबास गरिरहेका संगीतकार पविधन खालिङ विदेशमा बसेर समेत नेपाली गीत–संगीत सिर्जनामा सक्रिय छन् । विदेशमा रहेर पनि नेपाली सुगम संगीत सिर्जनालाई निरन्तरता दिइरहेका संगीतकार खालिङ यतिबेला नयाा गीत ‘सोझो बाटो‘’ को म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । यो गीतमा पुराना लोकप्रिय गायक कुबेर राईको स्वर सुन्न सकिन्छ भने स्थापित गीतकार आनन्द अधिकारीले यो गीतका मर्मस्पर्शी शब्दहरु रचना गरेका हुन् । ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई फनिन्द्र राईले संगीत संयोजन गरेका हुन् । राजेश श्रेष्ठ यो गीतका रेकर्डिष्ट हुन् किशोर थापाले गीतलाई मिक्सिङ गरेका हुन् ।
संगीतकार पविधन खालिङले आफ्नै यूट्युब च्यानलमार्फत साकेला उभौली पर्वको अवसर पारेर यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । अमेरिकाबाट सार्वजनिक गरिएको यो म्युजिक भिडियोमा एक जोडी प्रेमी–प्रेमिकाको पीडालाई चित्रण गरिएको छ । उक्त गीतको म्युजिक भिडियोलाई देवजंग थापाले निर्देशन गरेका हुन् । भिडियोका छायांकार पनि देवजंग नै हुन् । काठमाडौंको टौदह क्षेत्रमा छायांकन गरिएको म्युजिक भिडियोमा रोविन विष्ट र सानु सुब्बा नेम्बाहाङले अभिनय गरेका छन् । भिडियोमा रमिला ग्याङ्मी तथा सि.डि.विजय अधिकारीको संवाद समेत समेटिएको छ । निर्मला आचार्यले भिडियोका कलाकारलाई सिंगार्ने जिम्मा लिएकी छिन् । टेकेन्द्र शाह यो भिडियोका सम्पादक हुन् । ‘यो गीतको रेकर्डिङदेखि भिडियो निर्माणसम्मको सबै तारतम्य मिलाइ दिनु हुने गायिका आभा मुकारुङप्रति आभारी छु, संगीतकार खालिङले भनेका छन्–‘यो गीतको फिमेल भर्सनमा पनि मुकारुङकै स्वर समेटिएको छ ।’
यस्तो छ सोझो बाटोको म्युजिक भिडियो :

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...