अमेरिकामा रेकर्ड गरिएका गीतहरुको एल्बम ‘सुरुवात’ सार्वजनिक

काठमाडौं– युवा गायक तुल साम्सुहाङ राईले गाएका आधुनिक तथा पप गीतहरुको एल्बम ‘सुरुवात’ शुक्रवार काठमाडौंमा लोकार्पण गरिएको छ । वरिष्ठ संगीतकार गणेश रसिक, गायिका कुन्ति मोक्तान, कलाकार प्रकाश आङ्देम्बे तथा साहित्यकार उपेन्द्र सुब्बाले संयुक्त रुपमा उक्त एल्बम सार्वजनिक गरेका हुन् ।
विगत चार वर्षदेखि अमेरिकामा बसोबास गरिरहेका गायक राईको यो पहिलो एल्बम हो । एल्बममा माया, दिन बित्छ पखाईमा, चञ्चले कान्छीको, लाखौं जुनी, जून मुस्काइ रहेछ, केवल तिम्रो तथा गोर्खे सलाम शीर्षकका सात वटा गीतहरु समावेश छन् । एल्बमका गीतमा बाबु बोगटी, किरण गजमेर, डम्बर नेपाली, प्रताप सुब्बा, गणेश सेन्चुरी, प्रवेश राई तथा टंक बुढाथोकीको संगीत निर्देशन छ । यी गीतहरु सौरभ तिम्सिना, डम्बर नेपाली, प्रताप सुब्बा, नविन प्राचिन, विश्वास लामा तथा टंक बुढाथोकीको शब्द सुन्न सकिन्छ । एल्बमका गीतहरुमा बाबु प्रधान, मोहित मुनाल, अशोक लोहारुङ राई, सुजिल कर्माचार्य तथा टंक बुढाथोकीको संगीत संयोजन छ ।
कक्षा ५ मा अध्ययनरत छँदै संगीतपैति आकर्षित भएका गायक हुन् तुल साम्सुहाङ राई । पथरी, मोरंगका स्थायी वासिन्दा तुलले काठमाडौं आएर संगीतको औपचारिक प्रशिक्षण समेत लिए । त्यसपछि चार वर्षअघि उनी अमेरिका प्रस्थान गरे । अमेरिका रहँदा पनि उनले संगीत साधनालाई निरन्तरता दिइरहे । आज विमोचन गरिएको ‘सुरुवात’ का सबै गीतहरु अमेरिकामै रेकर्डिङ गरिएका हुन् । विमोचित एल्बमलाई तुलसी ईन्टरटेन्मेन्टले बजार व्यवस्थापन गरेको छ । विमोचन समारोहमा एल्बमको ‘माया…’ गीतको म्युजिक भिडियो पनि प्रिमियर गरिएको छ ।
उक्त अवसरमा गायक राईले हास्य अभिनेता शुलेमान शंकर ‘इकु’ द्वारा मुलपानीमा सञ्चालित स्नेह आश्रमका लागि नगद २५ हजार रुपैयाँ हस्तान्तरण गरे । यसका साथै एल्बमको विक्रिबाट आएको रोयल्टीको ४० प्रतिशत रकम पनि उत्त: आश्रमलाई प्रदान गर्ने घोषणा गरे ।
यस्तो छ सार्वजनिक भएको म्युजिक भिडियो :

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...