अष्ट्रेलिया निवासि बिष्णु सापकोटाको झमझम नचाउने पन्चे बाजा गित 

भिडियो सहित
-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, जेष्ठ १७, २०७४
बिहेको लगन आउनेबेला घरमा धेरैलाई बिहेको प्रस्ताब आउने गर्छ, कतिले वुबाआमाको मन राख्न बिहे गर्छन त कतिको भर्खरै बिहे नगर्ने बाध्यता हुन्छ। यहि  बाध्यतालाई गितमा उतारेका छन अध्ययन तथा रोजगारको शिलशिलामा बिगत ३ बर्षदेखि अष्ट्रेलियामा बस्दै आएका युवा बिष्णु सापकोटाले । उनको नयां पन्चेबाजा गित “उमेर भा-छैन ”  युट्युब मार्फत बजारमा आएको छ । आफ्नो जन्मदिनको अवसर पारेर सापकोटाले  मे ३० तारिखमा उक्त गित रिलिज गरेका हुन् ।
विष्णु सापकोटा र प्रेम कँडेको संयुक्त प्रस्तुती रहेको सो गीतमा शव्द विष्णु सापकोटा र लय खुमन अधिकारीले बनाएका हुन भने खुमन अधिकारी र देवी घर्तिको आवाज गीतमा सुन्न सकिन्छ । गितका निर्माता जापान निवासि प्रेम कंडेल हुन । विष्णु सापकोटा र करिश्मा ढकालको दमदार नृत्य रहेको गीतमा प्रकाश भट्टले एक्सन कट गरेका छन । 
अष्ट्रेलियाबाट नेपाल छुट्टिमा गएको बेला सुटिगं युनिटलाई आफ्नै गाउंमा लगेर बाग्लुगं, मालिकामा गित छायांकन गरेको सापकोटाले नेपालि टाईम्ससंग को कुराकानिमा बताए । रिलिज गरेको २४ घन्टा नबित्दै युटुबमा करिब ५०,००० ले गितको भिडियो हेरिसकेका छन्  ।
गितको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस: