एनआरएनए अष्ट्रेलियाको निर्बाचन सम्पन्न 

अध्यक्षमा टोनु घोताने विजयी
-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : सोमवार, असार २६, २०७४
एनआरएनए अस्ट्रेलियाको निर्बाचन गत जुलाई ८ का दिन सौहाद्र रुपमा सम्पन्न भएको छ।  अस्ट्रेलियाको आठै वटा राज्यहरुमा सम्पन्न उक्त निर्बाचनको अन्तिम परिणाम सबै भन्दा धेरै मतदाता भएको एनएसडब्लु राज्यको सिड्नीबाट घोषणा गरिएको थियो। सम्पन्न निर्वाचनमा टोनु घोताने अध्यक्षमा निर्वाचित बनेका छन् ।
 प्रत्येक दुई-दुई बर्षमा हुने एनआरएन अष्ट्रेलियाको निर्वाचनमा यस पटक अध्यक्ष पदका लागि ४ जनाले उम्मेदवारी दिएका थिए । जसमा सबैभन्दा धेरै २२१८ मत सहित मेलबर्न निबासी टोनु घोताने विजयी बनेका छन् भने उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र प्रताप शाहले जम्मा ५ भोट कम ल्याई पराजित भएका छन् । त्यसैगरि महासचिवमा नारायण कोइराला, सचिवमा देव गुरुङ र आठ राज्यहरुमा ८ जना उपाध्यक्ष्य यसै निर्बाचन बाट चुनिएका छन्।  जसमा न्यु साउथ वेल्स राज्यबाट नन्द गुरुङ्ग, क्यानबेराबाट राजन ढुङ्गेल, दक्षिण अष्ट्रेलियाबाट अशोक केसी, नर्दन टेरिटोरीबाट हरिराम रिजाल, पश्चिम अष्ट्रेलियाबाट दीपक शर्मा, भिक्टोरियामा केशव कंडेल निर्वाचित भएका छन् । क्युन्सल्याण्डबाट सन्तोष कुंवर निर्विरोध निर्वाचित भएका थिए ।
यसैगरि अन्तराष्ट्रिय समन्वय समितीका सदस्यहरुमा जानकी पौडेल, दीपक कुमार भट्टराई, केदार रिजाल, उषाकिरण बारिया, गोकुल घिमिरे, राज थपलिया निर्वाचित भएका छन् । राष्ट्रिय युवा संयोजकमा धर्मराज अधिकारी चयन भएका छन भने कोषाधक्ष्यमा अच्युत शर्मा थपलिया निर्बाचित भएका छन् ।
कुल  ८ हजार ३ सय मतदाता रहेको यस पटकको एनआरएनए अस्ट्रेलियाको निर्वाचनमा ५ हजार ५ सय १३ मत मात्र खसेको थियो ।
नतिजा सम्बन्धि सम्पूर्ण जानकारी एनआरएनएअस्ट्रेलियाको वेब http://nrn.org.au/election-results बाट प्राप्त गर्न सकिनेछ।