कडा कदम चाल्दै गेसो

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायत सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने घोषणा गरेको छ । मानव तस्करी, गोर्खाको संस्कार, संस्कृतिको विनास एवं गोर्खाको सूचना पाउने हक हनन गरिएको निष्कर्ष निकाल्दै गेसोले बेलायत र नेपाल सरकारविरुद्ध अन्तर्राष्टिट्रय अदालत जाने घोषणा गरेको हो । बेलायतको अल्डरसटस्थित किङ्स सेन्टरमा आयोजित एक दिवसीय अभिमुखीकरण कार्यक्रममा गेसोले नेपाल र नेपालीको राष्ट्रिय स्वाभिमानको लडाइा लड्ने प्रतिज्ञा गरेको हो । घोषणा कार्यक्रममा बेलायतका नेपाली बुद्धिजीवी, विभिन्न राजनीतिक पार्टी र जनजाति संगठनका प्रतिनिधिलगायत सयौं भूपूगोर्खा सैनिक सहभागी थिए । कार्यक्रममा गेसो केन्द्रीय सभापति पदमबहादुर गुरुङले १५ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गर्दै सार्वभौमसत्ता सम्पन्न देशका स्वतन्त्र नागरिकलाई के–कस्तो सन्धि सम्झौता गरी बेलायती सेनामा पठाइएको हो, त्यसको सत्यतथ्य बेलायत र नेपाल दुवै सरकारले सार्वजनिक गर्नुपर्ने बताए । बेलायतले २ सय वर्षसम्म गोर्खाहरूलाई पशुसरह व्यवहार गरेर दास बनाएको उल्लेख गर्दै गुरुङले विभिन्न युद्धमा ६० हजारभन्दा बढी गोर्खाली मारिएको, लाखौं घाइते र बेपत्ता पारिएकाको आधिकारिक जानकारी बेलायतले नदिएकाले यसमा बेलायत सरकार जवाफदेही हुनुपर्ने बताए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...