कडा कदम चाल्दै गेसो

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायत सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने घोषणा गरेको छ । मानव तस्करी, गोर्खाको संस्कार, संस्कृतिको विनास एवं गोर्खाको सूचना पाउने हक हनन गरिएको निष्कर्ष निकाल्दै गेसोले बेलायत र नेपाल सरकारविरुद्ध अन्तर्राष्टिट्रय अदालत जाने घोषणा गरेको हो । बेलायतको अल्डरसटस्थित किङ्स सेन्टरमा आयोजित एक दिवसीय अभिमुखीकरण कार्यक्रममा गेसोले नेपाल र नेपालीको राष्ट्रिय स्वाभिमानको लडाइा लड्ने प्रतिज्ञा गरेको हो । घोषणा कार्यक्रममा बेलायतका नेपाली बुद्धिजीवी, विभिन्न राजनीतिक पार्टी र जनजाति संगठनका प्रतिनिधिलगायत सयौं भूपूगोर्खा सैनिक सहभागी थिए । कार्यक्रममा गेसो केन्द्रीय सभापति पदमबहादुर गुरुङले १५ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गर्दै सार्वभौमसत्ता सम्पन्न देशका स्वतन्त्र नागरिकलाई के–कस्तो सन्धि सम्झौता गरी बेलायती सेनामा पठाइएको हो, त्यसको सत्यतथ्य बेलायत र नेपाल दुवै सरकारले सार्वजनिक गर्नुपर्ने बताए । बेलायतले २ सय वर्षसम्म गोर्खाहरूलाई पशुसरह व्यवहार गरेर दास बनाएको उल्लेख गर्दै गुरुङले विभिन्न युद्धमा ६० हजारभन्दा बढी गोर्खाली मारिएको, लाखौं घाइते र बेपत्ता पारिएकाको आधिकारिक जानकारी बेलायतले नदिएकाले यसमा बेलायत सरकार जवाफदेही हुनुपर्ने बताए ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...