श्वेताको “प्रेमबस्ती” मा सबैलाई निम्तो

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, भदौ ११, २०७४
प्रबासी जीवन, व्यस्त जीवनशैली तै पनि मन किन यता अडिन्थ्यो र, चंगा सरि उडेको मनलाई सम्हाल्दै उन्दै र बुन्दै पुस्तकाकार बनेको कवि श्वेता मैनालीको कविता संग्रह “प्रेमबस्ती” आउने सेप्टेम्बर २ का दिन सिड्नीमा एक कार्यक्रम बीच बिमोचन हुदैछ ।
जीवनका आरोह आबरोहहरुमा आफ्नै प्रतिबिम्ब जस्तो लाग्ने श्वेताका ३३ वटा प्रेमिल कविताहरु को संगालो “प्रेमबस्ती” को यो भेटघाटमा सहभागी भईदिनु हुन मैनालीले सिड्नी र वरपरका सबै साहित्यप्रेमी मनहरु लाई अनुरोध गरेकी छन्।
देश प्रतिको प्रेम, आमा र बाबा प्रतिको प्रेम, सन्तान संगको प्रेम, प्रेमी-प्रेमिकाको प्रेम प्रेमपूर्ण आँखाले हेर्ने हो भने लाग्दैन कुनै चिज प्रेम भन्दा बाहिर छ वा प्रेम बाहेकले अडेको छ। श्वेताले पनि यिनै वरपरका प्रेममय बयहरु लाई कोरिन अनि पुस्तकको नाम नै प्रेमबस्ति दिईन। “प्रेमबस्ति” ले श्वेताको गृह जिल्ला चितवनमा गएको केहि दिन अगाडीमात्र जिल्लाकै अग्रज साहित्यकारहरुको बिच लोकप्रिय साहित्यक कार्यक्रम चिया संग कविताको ३६ औं शृंखलामा उनको माता पिताको उपस्थितिमा सार्बजनिक हुने अबसर पायो ।
बिगत ८ बर्ष देखि कर्मथलोको रुपमा श्वेताले रोजेको यो सिड्नी शहरमा भने आउने सेप्टेम्बर २ का दिन दिउसो १. ४५ देखि ४ बजे सम्म क्याम्सी स्थित एडी किचेनमा प्रेमबस्ति विमोचित हुदैछ। नि:शुल्क प्रवेश सहितको यस कार्यक्रम आयोजना अन्तराष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु च्याप्टरले गरेको हो।