अष्ट्रेलियाका सुरेन फोटोग्राफी तथा समुहको नयाँ भिडियो सार्वजनिक

काठमाडौं– गायक सम्भोज मल्ल माया–प्रेमले भरिएको एउटा गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । ‘भन्नेले के के भन्छन्…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियोमा एउटा रमाइलो प्रेम प्रसंगलाई समेटिएको छ । गीतमा गायक मल्लकै शब्द तथा संगीत सुन्न सकिन्छ । मोहित मुनालले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।
मायाले जात, धर्म, पेसा, योग्यता, वर्ग केहि हेर्दैन । साँचो मायाको सधै जित हुन्छ । त्यसैले साँचो मायाको स्थान सधैं उच्च हुन्छ भन्ने भावनालाई म्युजिक भिडियोमा समेटिएको छ ।
मायाले कुनै युद्ध हारेको छैन, हरेक परिस्थितिमा मायाकै जीत हुन्छ भन्ने सन्देश बोकेको उक्त भिडियोको निर्देशन सुरेन फोटोग्राफीका नामले परिचित सुरेन श्रेष्ठले गरेका हुन् । भिडियोमा प्रस्तुत गरिएको कथावस्तुको लेखन पनि निर्देशक श्रेष्ठले नै गरेका हुन् । श्रेष्ठ पछिल्लो अवधिमा अष्ट्रेलियाबाट म्युजिक भिडियो निर्माण तथा निर्देशनमा सक्रिय रहँदै आएका छन् ।
आफ्ना हरेक म्युजिक भिडियोलाई छोटा चलचित्रको झैं आभाष दिन सफल सुरेन फोटोग्राफी तथा टिमको यो आठौं म्युजिक भिडियो हो । भरखरै काठमाडौंमा सम्पन्न ओएसनेपाल म्युजिक अवार्डमा पनि सुरेनले हुन्छ माया गीतको म्युजिक भिडियोबाट सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड समेत जितेका छन् ।
अष्ट्रेलियामा छायांकन गरिएको उक्त भिडियोमा सृष्टि रोका तथा कबिन रानाले अभिनय गरेका छन् । भिडियोमा सृष्टि र कबिनको प्रेम प्रसंगलाई रोमाञ्चक शैलीमा चित्रण गरिएको छ । भिडियोमा कबिनले सृष्टिको घरमा काम गर्ने व्यक्तिको भूमिका निर्वाह गरेका छन् । कबिनको काम गर्ने शैली तथा गिटारवादनबाट सृष्टि लट्ठ पर्छिन् । केही समयपछि नै सृष्टि र कबिन एक–अर्कालाई प्रेम गर्न थाल्छन् । सृष्टिका बुवाले उनीहरुको प्रेमालाप देखेपछि कबिनलाई घरबाट निकालि दिन्छन् । यद्धपि सृष्टि र कबिनको सुखद मिलन भएरै छाड्छ । भिडियोमा कबिन र सृष्टिले व्यवसायिक कलाकारले झैं अभिनय गरेका छन् ।
टेक बयलकोटीले उक्त भिडियो छायांकन गरेका हुन् भने प्रविण श्रेष्ठले भिडियोलाई सम्पादन गरेका हुन् । भिडियोमा रघु जुगजलीले कोरियोग्राफी गरेका छन् ।
यस्तो छ भन्नेले के भन्छन्को म्युजिक भिडियो

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...