गन्तब्य अष्ट्रेलिया : अवसर छ तर समय लाग्छ

सुनखानी बारीको छेउ मै भए पनि उत्खनन नहुँदासम्म त्यो छ भनेर गर्ब गर्न‘ बाहेक अरु उपयोग हुँदैन । त्यसरी नै कस्तुरीलाई कसैले यति मगमग बसाएको तिम्रै नाभी त हो नि भनेर न भन्दासम्म ऊ जंगल जंगल बासनाको खोजिमा हिंड्छ । लगभग उस्तै यति बेला यो वा त्यो बहानामा हर दिनको सूर्योदय संगै ठूलो संख्याका हाम्रो युवा पुस्ताले देशको सीमा काटेको छ । सुनखानी या कस्तुरीको कुरा गर्दा र सुन्दा जति कर्णप्रिय सुनिन्छ यथार्थतामा त्यो निक्कै फरक छ । देश मै अबसर खोज्नु पर्दछ भन्ने न यति बेला युवा शक्ति छ, न तिनका अभिभाबक, न नागरिक समाज न सरकार नै छ । त्यसैले अध्ययन, रोजगार वा यस्तै यस्तै बहनामा नेपाली युवाहरू संसार भर पुगेका छन् ।
पछिल्ला समय अष्ट्रेलिया नेपाली युबाहरूको लागि निक्कै आकर्षण गन्तब्य बनेको छ । भर्खरै प्लस टु सकाएका उमेरमा १८/१९ को हाराहारीमा रहेका नयाँ भाइ बैनीहरू का अनुहार यति बेला अष्ट्रेलियामा प्रशस्तै देख्न पाईन्छ । उच्च शिक्षा र उन्नत भविष्यको परिकल्पना सहित नेपालको आकाश छोडेको यो पुस्ता, हुन त आँफुलाई सूचना संचार र प्रबिधिसंग निक्कै सामिप्यता राख्दछ । हर कुराको जानकारी पूर्बबत नै लिएर उनीहरूले आफ्नो गताब्य तय गरेको भए पनि बास्तबिकता निक्कै फरक छ । जसरी जति नै पौडीका पुस्तक अध्ययन गरेर कण्ठस्थै पारे पनि बास्तबिकता पोखरी मै डुबुल्कि न मारी थाहा लाग्दैन लगभग त्यस्तै भन्दा हुन्छ नब आगन्तुक भाइ बैनीको लागि अष्ट्रेलिया ।
त्यसो त अष्ट्रेलिया थुप्रै अवसरको खानी हो, तै पनि छुट्टै परिवेश, कुनै पनि काम वा पेशामा ज्ञानको कमि, एक्कासी परिवारजनबाट छुट्दाको पीडा विविध कारणहरूले गर्दा निश्चय पनि सुरुका दिनहरू असहज हुनु स्वाभाविक नै हुन् । अर्को तर्फ कतिपय बेलामा नेपाल छँदै शैक्षिक परामर्शदाताले दिएको सल्लाह र यहाँको साथी संगत र बस्तु स्थितिले पनि धेरै भाइ बैनीहरू अलमल मै देखिन्छन् । फरक शैक्षिक परिवेश, बिद्यार्थीलाई दिइएको २० घण्टा कार्य अनुमति, कतै काम नपाएर चिन्ता त कतै धेरै काम गर्दा अध्यागमन नियम, खानपिन र स्वस्थमा देखिने असर अहिले सरसर्ती भन्नु पर्दा यहाँका विद्यार्थीहरूले भोगेका समस्या हुन् यी । यसको निराकरण गर्ने भनेको पनि स्वयं विद्यार्थीले नै हो । त्यसको लागि सबै भन्दा पहिला त विद्यार्थीले आफ्नो मुख्य अर्जुन दृष्टि पढाइ लाई नै गराउनु पर्दछ । किनकि आँफूले आँफूलाई योग्य बनाउन सके, संधै योग्य नागरिकको खोजीमा रहेको यो देशमा तिनको भविष्य यसै पनि निक्कै सहज हुने नै छ । अर्को तिर हामी हुर्केको परिवेश भिन्न थियो, त्यसैले पनि बिद्यार्थी समयमा पाइने कामहरू अलि फरक प्रकृतिका र कहिले काँही केही शारीरिक श्रम समेत पर्ने कारणले पनि गार्हो सार्हो पर्छ नै । त्यस्तो बेलामा संयमित हुने, सिक्न खोज्ने गर्नु पर्दछ । सिक्न खोजे या सिक्न चाहनेलाई फेरि पनि सम्मान गर्ने यहाँको श्रम बजार छ त्यसैले सिक्दै जाँदा आँफूमा पनि एक किसिमको मनोबल बढ्छ र दैनिकी सहज बन्ने छ ।
त्यसरी नै भूपरिबेष्ठित देशबाट चारै तिर समुन्द्रले घेरिएको देशमा आइ पुगेका हामीहरू लाई पानीको सुरक्षा सम्बन्धि ज्ञानको निक्कै कमी छ । त्यसैले पनि सुमुन्द्र छेउ छाउ जाँदा बिशेष विचार पुराउने, एक पटक ट्राई गरि हाल्छु भनेर ज्ञान नभएको कुरामा रिस्क नलिनु नै सबै भन्दा बुद्दिमानि हुने कुरा बिगतका हाम्रा नमीठा अनुभबले बताएका छन् ।
फेरि पनि नयाँ परिवेश अलिकति गार्हो सार्हो पर्ला आतिनु हुँदैन, बिशेष गरि खान पिनमा ध्यान दिने, यता रहेका आफ्नो नजिकका कोहि साथी भाइहरू संग सम्पर्कमा रही रहने । अहिले नेपाल सम्पर्क गर्न सहज छ नेपालमा आफ्ना परिवार संग नियमित सम्पर्क मा रहने गर्दा मन हलुङ्गाे हुन्छ । यसरि दिनहरू निश्चय सहज हुनेछन्, जीबन लामो छ, संघर्ष संग डराउनु हुँदैन । फेरि पनि नब आगन्तुक भाइबैनीको हकमा कुरा गर्नुपर्दा अष्ट्रेलिया अवसरको खानि भएको देश हो, आफ्नो स्वस्थको बिचार गराैं, अध्ययनलाई जहिले पनि पहिलो नम्बरमा राखाै, गलत संगतलाई त्यागौं, आफुलाई कहिल्यै कमजोर नठानाैं, अबश्य सफल भइन्छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...


