अश्रद्धा नै मौका पाउनासाथ अश्रद्धामा वदलिने हो ! विश्वास नै मौका पाउनासाथ सन्देहमा बदलिने हो !! मित्रता तै मौका पाउनासाथ शत्रुतामा बदलिने हो !!!
साधारणतया श्रद्धालाई दुई अर्थमा लिन सकिन्छ । एउटा अवस्था हो कि धारणा रहित अवस्थालाई श्रद्धा भनिन्छ भने अर्कोे हो भित्र स्वार्थ लुकेको तर बाहिर प्रेम प्रकट गरिने धारणा रहित अवस्थाको श्रद्धालाई मृत्युले पनि डगमगाउन सक्दैन । यो श्रद्धा अति कम मात्रामा भेटिन्छ । यो श्रद्धा बुद्धत्वको नजिक–नजिकमा पुगेकाहरुमा मात्र हुन्छ । बाँकी सबै श्रद्धाहरु मासु भित्र लुकेको काँटा मात्र हो । यस्ता श्रद्धाहरु स्वार्थ पूरा हुनासाथ अश्रद्धामा बदलिन्छ । नजानिकन गरिएको विश्वास मौका पाउनासाथ सन्देहमा बदलिन पुग्दछ । विश्वास एवं अविश्वास दुवै परिधिका खेलहरु मात्र हुन् । जसले यो सत्यलाई जान्दैन उसले सदा दुःख पाइरहन्छ । मित्रता नै मौका पाउनासाथ शत्रुतामा बदलिने हो । यदि मित्र बनाइएको छैन भने शत्रुता हुन असम्भ छ । सारा शत्रुता मित्रताबाट नै जन्मने हो । यहाँ शत्रु मित्र हुन पुग्दछ भने मित्रहरु शत्रु हुन पुग्दछन् । यो खेल चलिनै रहन्छ । यसबाट बच्नको लागि मित्रतामा मोहित हुनु हुँदैन जसले तथष्ठता अप्नाउन जान्यो ऊ नै शत्रुहरु एवं मित्रहरु दुवैबाट बच्न पुग्दछ ।
पुनः अज्ञानी : –
संसारको खोज र धर्म कर्म खोज ठीक उल्टो छ्र । संसार प्राप्तिका लागि सदा परिश्रम आवश्यकता पर्दछ्र । परिश्रम कम हुनासाथ सांसारिक उन्नति प्रगतिमा तत्काल कमी हुन थाल्दछ । तर धार्मिक यात्राको लागि प्रारम्भिक अवस्थामा निरन्तर साधनामा लाग्नु पर्दछ । जव साधनाबाट पूरा पाकिन्छ तव साधनाबाट स्वतः अलग हुन पुगिन्छ । क्रियाबाट स्वतः मुक्त भएपछि अक्रियाको जन्म हुन पुगिन्छ । यही अक्रियाको अवस्थामा नै धार्मिकता प्रकट हुन्छ । संसारको लागि निरन्तर क्रिया चाहिन्छ भने धर्मको लागि सुरुमा क्रिया चाहिन्छ र क्रियाबाट पाकेपछि स्वतः अक्रियाको जन्म हुन पुग्दछ । जसरी बिउ फलसम्म पुग्नको लागि अनेक अवस्थाहरु बाट पार हुनु पर्दछ । जव फल पाक्दछ तव फल स्वतः झर्दछ । ठीक यसरी नै धार्मिक यात्रामा पनि यही नियम लागु हुन्छ । यात्राको क्रममा अनेक अवस्थाहरु पार गर्नु पर्दछ । सारा अवस्थाहरुबाट स्वतः छुटेपछि बोध प्रकट हुन पुग्दछ । यही अवस्थामा सारा भाषा, परिभाषा, शब्द, अर्थ आदिहरुबाट पार भइन्छ अर्थात पुनः अज्ञानी हुन पुगिन्छ । यो अज्ञान मूर्खताको, मुढताको होइन, जानेर पनि नजोको अवस्था हो । स्वयं भित्रको चैतन्यलाई जानेको अवस्थालाई नै पुनः अज्ञानको अवस्था भनिन्छ ।
चेष्टा नै अंहकार :–
यदि मान्छेमा अंहकारको बीऊ नै छैन भने धार्मिक एवं सांसारिक कुनै पनि यात्रा सम्भब छैन । अंहकार र निरअंहकार एउटै उर्जाको दुई अवस्था हो । धार्मिक यात्रा पनि अंहकारबाटै सुरु हुन्छ । अंहकारबाट पाकेपछि त्यसबाट पार हुन पुगिन्छ । अंहकारबाट पार भएको अवस्थामा नै निरअंहकारको जन्म हुन पुग्दछ । सम्पूर्ण क्रियाहरु अंहकार कै विभिन्न रुपहरु हुन र यात्राको लागि यो अति आवश्यक पनि छ तर स्व–बोधको लागि यसबाट पार हुनै पर्दछ । जवसम्म अंहकार छ तबसम्म स्व–बोध असम्भब छ । अंहकार चाहिन्छ पनि र त्यसबाट मुक्त हुनु पनि पर्दछ । यही नै धर्मको मूल राज हो । जस्तै नदी पार गर्नको लागि ढङ्ग चाहिन्छ, किनारामा पुगेपछि ढुङ्गालाई छोड्नु पर्दछ । ठीक यसरी नै अंहकार एवं निरअंहकारमा पनि यही नियम लागु हुन्छ । अंहकारको कारण क्रियाहरुको जन्म हुन्छ । क्रियाहरुबाट मुक्त भएपछि अक्रिया प्रकट हुन्छ । यही अक्रियालाई नै निरअंहकारको अवस्था भनिन्छ ।
धर्म स्थायी प्रसन्नताको लागि :–
पदार्थहरुबाट प्राप्त हुने अर्थात पदबाट, धनबाट, परिवारबाट प्राप्त हुने सम्पूर्ण प्रसन्नताहरु क्षणिक हुन्छन् अर्थात पूर्ण रुपमा स्वार्थमा आधारित हुन्छन् तर जव सही धर्मलाई जानिन्छ तव विनाकारण स्थायी प्रसन्नता प्रकट हुन थाल्दछ र यो प्रसन्नताको खोज हो । सम्पन्नशाली उही हो जो जो स्थायी प्रसन्नताको खोजीमा छ । यदि मनमा शान्ति छैन भने ऊ गलत धर्ममा लागेको छ र अशान्त मनले हर अवस्थालाई अशान्त बनाउन खोजिरहन्छ भने शान्त भइरहँदा दूरभाग्य पनि सौभाग्य हुन पुग्दछ । स्वयंलाई शान्त गर्न थालेमा नै धार्मिक यात्रा सुरु हुन्छ । अशान्त व्यक्ति परिग्रह एवं मनोरञ्जनको खोजीमा हुन्छ । अशान्त व्यक्ति विषाद एवं सन्तापमा भइरहन्छ भने जसले आफू भित्रको चेतनालाई जानेको छ ऊ डामाडोल रहित हुन पुग्दछ । स्थायी प्रसन्नता जन्मसिद्ध अधिकार हो, जसले यसलाई पाउँदैन उसको यो जन्म व्यार्थ नै गयो भनेर जान्नु पर्दछ ।
तव नै चैतन्यलाई देखिन्छ :–
निराकारलाई जान्न निराकारकै साधना गर्नु पर्दछ । निराकारको साधना अन्तर्गत प्राथना, त्राटक, एकाग्र, सांख्य एवं ध्यानका अभ्यासहरु गरिरहनु पर्दछ । निरन्तरको अभ्यास र अनन्त प्रतिक्षाबाट चैतन्यलाई देख्न सकिन्छ । सबै आकारहरु अरुबाट बन्ने हुन्, अरुलाई हटाउँदै लगेमा निराकार प्रकट हुन्छ । चैतन्यलाई जान्न होसबाट परिपूर्ण रुपमा भरिनु पर्दछ । होसको परिपूर्णताविना उसलाई जान्न असम्भव छ । हर क्रियामा जागरुक हुनु नै होस जागृत गर्ने विधि हो । जागरुक हुनासाथ चिन्ता शान्त हुन पुग्दछ । बेहोस नै चिन्ता हो । जागृत मन यता उता भाग्दैन केबल बेहोसबाला मन नै भागदौडमा लागिरहन्छ । जागरणमा मन हुन्छ तर विचार हुँदैन । खतराको अवस्थामा जाग्न सके चैतन्यको झलक देखा पर्न थाल्दछ । हर क्रियाप्रतिको जागरणबाट, क्रियाबाट अलग हुन पुगिन्छ । विचारप्रतिको जागरणबाट विचारहरुबाट अप्रभावित हुन पुगिन्छ । यही अवस्थामा मनमात्र बाँकी रहन्छ । जव मनमात्र बाँकी रहन्छ यो अवस्थामा अनन्त प्रतिक्षामा रहन सकेमा चैतन्य प्रकट हुन पुग्दछ अर्थात स्वयंलाई जान्न पुगिन्छ, आत्मज्ञानी भइन्छ ।
महान समाज पैदा हुन कठिन :–
सदा व्यक्ति महान हुन्छ, समाज कहिल्यै महान हुन सक्दैन । एक व्यक्तिको कारण समाज महान भएको भ्रम हुने हो । यदि समाज महान भएमा महान व्यक्ति पैदा नै हुन सक्दैन । महान व्यक्ति सदा नराम्रो समाजमा पैदा हुने हो । नराम्रो समाज कालो बोर्ड जस्तो हो । महान पुरुषहरु त्यस कालो बोर्डमा कोरिएका सेता रेखा हुन् । हिन समाजमा नै दिब्य पुरुषहरु पैदा अर्थात प्रकट हुने हो । यदि यस संसारबाट सय दुईसय व्यक्तिको नाम हटाई दिएमा संसार पुनः अन्धकारमय हुन पुग्दछ । यहाँ महान व्यक्तिहरु पैदा भएका छन् तर महान समाज पैदा भएको छैन । जुनदिन महान समाज पैदा हुन्छ त्यस दिनबाट महान व्यक्ति विदा हुन पुग्दछन् । अहिलेसम्म एउटापनि किताब भेटिएको छैन । यो समाज राम्रो छ भनेर । सारा बुद्धहरुको उपदेशबाट यो जान्न सकिन्छ कि समाजमा हिंसा, चोरी, लुट, बलत्कार आदि सदा देखिन्छ । नराम्रा आचरण भएका व्यक्तिहरुको कारण नै उपदेशको जन्म हुने हो र यो सत्यपनि हो ।
सराब एवं समाधि :–
जहाँ स्वयंलाई भुल्ने क्रियाहरु हुन्छन् ती सबै नसाहरु नै हुन् । सराब त साधारण नसा हो । धनको, पदको, परिवारप्रतिको नसाले मान्छेलाई जीवनभर बेहोस बनाइ राख्दछ अर्थात जीवनभर स्वयंलाई भुल्नु सबैभन्दा खतरनाक नसा हो । यो सत्य सदा याद गरिराख्नु जहाँ स्वयंलाई भुलिन्छ त्यहीँबाट नसाको जन्म हुन्छ । सम्पूर्ण मनोरञ्जनहरु पनि नसाहरु नै हुन् किनकी मनोरञ्जनमा पनि स्वयंलाई भुलिन्छ । दुःखी व्यक्तिहरु नै स्वयंलाई भुल्न चाहन्छन् । स्वयंलाई भुल्नको लागि बिभिन्न तरिकाका नसाहरु उनीहरु प्रयोग गर्दछन् । कसैले रक्सी, कसैले गाँजा, कोही जुवा कोही सम्भोगमा, कोही राजनीतिमा, कोही धनको दौडमा, कोही परिवारप्रतिको मोहमा आदि । यी सबै दुःखी एवं अशान्त मनका लक्षणहरु हुन् । स्वयंलाई नभुल्नु नै समाधि हो । हर अवस्थामा पनि नसा प्रयोग गरिरहेको बेलामा पनि स्वयंलाई याद गरिरहेको अवस्था नै समाधि हो ।
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
Find your perfect big booty match today Looking for a big booty date?...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
Kann dein Verbindung Dysfunktionell fantastisch? Plain ol ‘beeinträchtigt Verbindungen...
ein Kuss ist mehr als Drücken Mund. Deshalb behauptet Sheril...