जाडोमा स्वस्थ रहनुहोस्: थप सुरक्षाको लागि आफ्नो COVID-19 भ्याक्सिन लगाउनुहोस् !

सिड्नी स्थानीय स्वास्थ्य जिल्लाले विभिन्न समुदायका सदस्यहरूलाई जाडो मौसममा राम्रो स्वास्थ्यमा रहन आफ्नो COVID-19 सुरक्षालाई बढावा दिन आग्रह गरिरहेको छ।
हालैका हप्ताहरूमा, NSW मा COVID-19 संक्रमित हरुमा वृद्धि भएको पुष्टि भएको छ । जाडो नजिकिँदै गर्दा, भाइरसहरू सजिलैसँग फैलिन थाल्छन् र मानिसहरू घरभित्रै बढी समय बिताउँछन्। यी कारणहरूले मानिसहरू बिरामी हुने जोखिम बढाउँछन्, जसले COVID-19 का केसहरू बढाउँछ,’ डाइभर्सिटी प्रोग्राम र रणनीति हबका निर्देशक बारबरा लुइसीले भने।
यसैले समुदायका सदस्यहरूलाई उनीहरूको खोपको स्थिति जाँच गर्न र तिनीहरू COVID-19 बाट पूर्ण रूपमा सुरक्षित छन् भनी सुनिश्चित गर्न निरन्तर सम्झाई रहन जरूरी छ।
सिड्नी लोकल हेल्थ डिस्ट्रिक्टको डाइभर्सिटी प्रोग्राम्स एण्ड स्ट्राटेजी हबद्वारा सुरु गरिएको ‘स्टे हेल्दी इन विन्टर ’ अभियानले सिड्नी लोकल हेल्थ डिस्ट्रिक्ट र दक्षिण पूर्वी सिड्नी लोकल हेल्थ डिस्ट्रिक्टका विविध समुदायहरूलाई भाषा शिक्षा सत्रहरू प्रदान गरिरहेको छ। यस सत्रले स्वस्थ जीवनशैली कायम राख्ने र पछिल्लो COVID-19 खोप सम्बन्धि सूचना तथा सुझावहरु सहित विभिन्न विषयहरू समेट्छ।
सेन्ट्रल एण्ड इस्टर्न सिड्नी प्राइमरी हेल्थ नेटवर्क (CESPHN) ले यस परियोजनाका लागि रकम उपलब्ध गराएको छ।
पछिल्लो दिशानिर्देशहरू अनुसार, सबै वयस्कहरूले 2023 COVID-19 भ्याक्सिन बूस्टर प्राप्त गर्न सक्छन्। यदि तिनीहरूको पछिल्लो बूस्टर वा पुष्टि भएको संक्रमण (जुन सबैभन्दा पछिल्लो हो) भएको छ महिना वा लामो समय भइसक्यो भने, यो COVID-19 बाट गम्भीर रोगहरू विरुद्ध अतिरिक्त सुरक्षाको लागि यो ब्यक्सिन लगाउन सुझाव दिएको हो। COVID-19 बूस्टर भ्याक्सिनहरूमा थप मार्गदर्शनको लागि, कृपया NSW सरकारको वेबसाइटमा हेर्नुहोस्।
‘COVID-19 खोपहरू सबैका लागि निःशुल्क छन्,’ सुश्री लुइसीले थपिन्। ‘हामी विशेष गरी ६५ वर्ष वा सोभन्दा माथिका र गम्भीर रोगको उच्च जोखिममा रहेका मानिसहरूलाई उनीहरूको कोभिड-१९ खोपको बूस्टर डोज प्राप्त गर्न आफ्नो डाक्टरसँग कुरा गर्न वा स्थानीय फार्मेसीमा जान आग्रह गरिएको छ।
यदि तपाईं आफ्नो स्थानीय समुदायको लागि ‘जाडोमा स्वस्थ रहनुहोस्’ सम्बन्धी शैक्षिक सत्रको व्यवस्था गर्न इच्छुक हुनुहुन्छ भने, कृपया जेनी भिन लाई Jennie.Vien@health.nsw.gov.au मा सम्पर्क गर्नुहोस्। भाषामा मिडिया अन्तर्वार्ताका लागि, कृपया सोनम पालजोरलाई sonam.paljor@health.nsw.gov.au मा सम्पर्क गर्न सक्नुहुने छ ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा...

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यानसर निवारणको लागि उपचारात्मक र...

काठमाडौं– आज माघ २१ गते सोमवार, माघ शुक्ल पञ्चर्मी अर्थात वसन्त पञ्चमी...

काठमाडौं– ‘उज्वल छालाको लागि तपाईंँको गन्तव्य’ भन्ने नाराका साथ ललितपुरको युएन पार्कनजिकै...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा...

काठमाडौं– इ–प्लानेट नेशनल हाइ स्कूल क्रिकेट च्याम्पियनशीप–२०८१ अन्तर्गत सोमवार भएको काठमाडौं क्वालिफायरर्सको...

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यानसर निवारणको लागि उपचारात्मक र...

काठमाडौं– आज माघ २१ गते सोमवार, माघ शुक्ल पञ्चर्मी अर्थात वसन्त पञ्चमी...