न टुटोस् हाम्रो धैर्यता
गत बैशाखमा नेपालमा गएको प्रलयकारी महाभूकम्प र त्यस पश्चात कयौं पटक गएको पराकम्पनको त्रासदीको एक वर्ष बितेको छ । हामीले हाम्रा हजारौं जनहरू गुमाएको र अरबाैंको क्षति व्यहोरेको त्यो महाबिपदको एक वर्ष पुगे पनि अझ कयौं बलेसीहरूमा त्यो महाबिपद आलै छन् । वर्षा याम र जाडोसँग संघर्ष गर्दै गरेका अस्थाई पाल र टहरामा दिन बिताउनेहरूको संख्या अझै प्रसस्तै छन् । समयसँगै ती घाउहरूमा बिस्तारै खाटा लागेको भए पनि एउटा कहाली लाग्दो यो दुखद बिडम्बनासँग खुद आफै हाम्रा जनहरूले अघोषित मनोबैज्ञानिक युद्ध लडे र कम्तिमा त्यो त्रासदीको केहि हदसम्म भए पनि समना गरे ।
जो कमजोर उसैमाथि प्रहार भन्ने नेपाली आह्वान जस्तै समस्या नै समस्याले घेरिएको हाम्रो देश, बिगत ६ दशकदेखि विद्यमान अस्थिर राजनीति र सधैं चपेटामा पर्ने नेपाली जनतालाई यो महाबिपदका बेला सबै मनकारीहरूको र मित्र राष्ट्रहरूको सहयोग नभएको पनि होइन । तर हाम्रै अन्तरिक खिचातानी, अजम्बरी झार झैँ मौलाएको भ्रष्टचार लगायतका कयौं समस्याले बोराका बोरा खाद्यन्न मात्र खाल्डोमा गाड्नु परेन दीर्घकालीन महत्व राख्ने थुप्रै पूनर्निर्माणका योजनाहरू पनि अलपत्र छन् । त्यसमाथि भारतले नेपाललाई लगाएको नाकाबन्दीको असरले आजको छाकसम्म खाऔं वा आजको दिनसम्म बाचौं भन्ने स्थितिमा नेपालीहरूले कयौं महिना बिताए ।
स्थिति केहि सहज देखिदै छ, पूनर्निर्माण आयोगले अलिकति कामहरू थालेको हो कि जस्तो देखिन्छ, यसैबीच एनआरएनएले गर्ने भनेको नमुना बस्ती र पूनर्निर्माणका लागि पनि अनुमति पाएको उत्साहित खबर आएको छ । यसले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय रेडक्रस लगायतका संस्थाहरूलाई लामो समयपछि अलिकति भए पनि उत्साहित बनाएको छ । गर्ब साथ भन्नु पर्दछ दु:खमा नआतिनु सुखमा नमातिनु भन्ने हाम्रो सामाजिक मान्यता झैँ अटल छन् सम्पूर्ण नेपालीहरू । दु:खको यो घडीमा आँखा अगाडि नै धेरै कुराहरू टुट्दा समेत नटुटेका हाम्रा आफन्तहरू र एक वर्ष घाम, पानी र झरी वर्षासँग लडेका धेरै मनहरू, पालको छेउ कुनो मिलाउँदै अझै धैर्यता टुटाएका छैनन् । यसो भन्दै गर्दा सरोकारवाला निकायहरूले यो धैर्यतालाई कमजोरी नठानुन् । सामान्य बेलामा समेत आफ्ना नागरिकको शिक्षा स्वास्थ्य र अप्ठ्याराहरूमा सहजकर्ताको भूमिका निभाउने जिम्मा सरकारको हो, यो त झन् विषम परिस्थिति हो र हामीसँग साधन श्रोतको कमिले पनि यो हुँदै छैन ।
त्यसैले पूनर्निर्माणको यो महाअभियनमा राष्ट्रले युवा सहभागितालाई एकदमै महत्वको साथ अगाडि बढाउनु पर्दछ । सरकारले आह्वान गर्ने मात्र हो भने लाखौं नेपाली युवाहरू देश विदेशबाट यो महाआभियनमा निश्चय पनि सरिक हुने छन् । त्यसो गर्दा पुनर्निर्माणको लागत घट्ने मात्र होइन सारा नेपालीले यसलाई अपनत्व महसुश गर्न सक्नेछन् ।
गत सालदेखि नै भूकम्पको त्रासबाट अलिकति उठ्ना साथ हामीले धेरै सुनेको कुरा हो, भूकम्प पश्चात नेपाल हाइटी नबनोस् जापान बनोस् । एक वर्ष पछाडि दाता सम्मेलन, औपचारिक र अनापौचारिक आह्वानबाट नेपाललाई करिब साढे ४ खर्ब रुपैया बराबर सहयोगको प्रतिबद्दता आहिले नेपाल सरकार सामु छ । जुन रकम अहिलेको पुनर्निर्माणको लागि यथेस्ट नभए पनि प्रशस्त भने पक्का हो । त्यस बाहेक बितेको एक वर्षमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत लगभग २३ अर्ब खर्च भइसकेको जनाइएको छ तर खर्च पारदर्शी छैन । अख्तियारले पनि सरकारको भूकम्पपछिको खर्च पारदर्शी नभएको जनाएको छ । विश्वसनीयता घट्दै गएको परिस्थितमा साँच्चै नै कम गर्न गाह्रो हुन्छ । अर्को तिर अर्थ मन्त्रालयका अनुसार विकास बजेट खर्च गर्ने सरकारको अहिलेसम्मको क्षमता भनेको वार्षिक ६०/७० अर्ब रुपैयाँ मात्र हो । अहिले कै बिद्यमान संरचना प्रयोग गरेर सरकारले उपलब्ध सहयोग मात्र खर्च गर्न मात्र पनि ८/९ वर्ष लाग्ने देखिन्छ । यदि त्यसो हो भने यो आम नेपालीको लागि अर्को धैर्यताको प्रश्न हो, अर्को तिर उपचार, न्याय र सहयोग भनेका समय घर्के पछि बिकम्मा सरह पनि हुन सक्छन् ।
त्यसैले वर्तमान संरचनामा परिवर्तन गरि पूनर्निर्माण आयोगलाई साधन, श्रोत, ब्यबस्थापन, जनशक्ति र आधुनिक प्रबिधिमा हर तरिकाले बढोत्तरि गरि पूनर्निर्माणको माहाभियानलाई एकदमै द्रुत गतिमा लानु आहिलेको अपरिहार्य आबश्यकता हो । यसको लागि सरकारले फेरि पनि आफ्ना सोच र कार्य सम्पादनलाई समय सापेक्षिक बनाउँदै नेपाली जनताको धैर्यतालाई सरहाना गर्दै आगाडि बढोस् । बज्रपात पछाडिको हाम्रो देश लाखौं शुभचिन्तकले कामना गरे जस्तै हामी हाइटी होइन जापान बनेको देख्न चाहन्छौं । पूनर्निर्माण महाअभियनलाई शुभकामना !!!
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
Kann dein Verbindung Dysfunktionell fantastisch? Plain ol ‘beeinträchtigt Verbindungen...
ein Kuss ist mehr als Drücken Mund. Deshalb behauptet Sheril...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...