कोभिड कहर – स्वयं सचेत हुनुको बिकल्प छैन

भ्याक्सिनको उपलब्धता संगै कोभिड केहि सहज हुने र जन–जीवन सामान्य तर्फ उन्मुख हुने धेरैको आशा बिपरित धेरै देशमा कोभिडको अर्को लहर झन डरलाग्दो रुपमा देखिएको छ । भारतमा महाप्रकोपको रुपमा देखिएको यो प्रकोपले नेपाललाई पनि ठुलो असर गरेको देखिन्छ । नेपालमा पहिलो कोरनाको सक्रमण करिब १५ महिना अगाडि देखिएको थियो । यो १५ महिना कोभिड बिरुद्द लड्नका लागि नेपालले प्रशस्त समय पाएको पनि हो, तर त्यो समय सरकारले प्रयोग गर्न सकेन । सरकारले चाहेको भए यो बीचमा प्रत्येक प्रदेशमा कोरोना प्रकोपसंग लड़्न सुबिधा सम्पन्न अस्पताल बनाउन सक्थ्यो । तर यति धेरै समय पाउँदा पनि नेपाल सरकार यो महामारीसंग लड्न कत्ति पनि गम्भीर बनेको देखिएन ।
बिश्व कोभिडसंग लड्दै गर्दा नेपालमा सरकार र राजनीतिक पार्टीहरु एक आपसमा आरोप प्रत्यारोप एबं सत्ता राजनीतिको चलखेलमा व्यस्त रहे । स्वास्थ्य क्षेत्रमा जनशक्तिलाई व्यवस्थित गर्दै, सम्भाबित महामारीसंग लड्न साधन र श्रोतलाई मजबुत गर्नका लागि नेपालले यो समयको गर्नु पर्ने हो । तर बिडम्बना अहिलेको यो दोश्रो संक्रमणमा आइपुग्दा पनि नेपालसंग यो महामारी संग लड्न कुनै तयारी देखिदैन । त्यसको बिपरित दोश्रो संक्रमणको प्रकोपको परिणामहरु शुरुवाती मात्रै हुँदा पनि सरकारले यो महामारी थाम्न नसक्ने भनेर मुख खोलिसकेको छ । बिशाल भारत र चीनको बीचमा रहेको नेपाल यति बेला फेरि कोरना महामारीको पनि ठूलो संक्रमण भएका यिनै देशको चेपुवामा पर्यो । चीनमा कोभिड धेरै हदसम्म नियन्त्रणमा लिएको देखिन्छ तर खुल्ला सिमाना रहेको भारतमा यसको बिकराल रुप देखिदैछ । अझ नेपालसंग सिमाना जोडिएका भारतीय प्रदेशमा झन् यसले महामारी कै रुप लिई सकेको छ । शक्ति सम्पन्न भारतलाई कोभिडको यो दोश्रो महामारी धान्न धौ धौ परेको छ । नेपाल त पिसिआर टेस्ट किटदेखि मास्क र सेनिटाइजरसम्म भारत कै भर पर्नु पर्ने देश हो, आफ्नै जनतालाई पुराउन हम्मे हम्मे परेको बेलामा भारतबाट यी चिजहरु किन्छु भन्दा पनि भने जति पक्कै पाइने छैन ।
कोरोनाको दोस्रो संक्रमणमा बिभिन्न खाले भ्यारियन्टको मिसावट नेपालमा पनि देखिन थालेको पछिल्ला रिपोर्टहरु ले देखाएको छ । सरकारले हठात् निषेधाज्ञा जारि गरि सकेको छ । बाँकेबाट सुरु भएको निषेधाज्ञा अब लगभग तराइका सबै जिल्ला र उपत्यका लगायत पहाडी जिल्लाहरु मा पनि पुगी सकेको छ । निषेधाज्ञा त गर्यो, शैक्षिक संस्थाहरु बन्द त गर्यो तर समुदायको भित्र भित्र पुगिसकेको कोराना संक्रमितहरु लाई ट्रेसिङ्ग गर्ने, आइसोलेसन र क्वारेन्टाइन लगायतको सबालमा सम्बद्द निकाय संग कुनै योजना देखिदैन । अर्कोतिर ४ हप्ता अगाडिसम्म सयको हाराहारी रहेको संक्रमण अहिले दैनिक हजारौंको संख्यामा बढेको छ । जुन द्रुततर गतिमा संक्रमण बढिरहेको देखिन्छ त्यसको चेन रोक्न सकिएन भने अबका केहि हप्तामा संक्रमणको वृद्धिदर विस्फोटक रुपमा बढ्नेछ । त्यो चेन रोक्ने प्रभावकारी उपाय भनेको फेरि पनि संक्रमित पहिल्याउने र उसलाई आइसोलेट गर्ने नै हो । त्यसको लागि निषेधाज्ञा एउटा उपाय भए पनि अन्तिम अश्त्र हुन सक्दैन । त्यसैले पनि संक्रमण भै सके पछि सरकारलाई गाली गर्नु भन्दा स्वयं सचेत हुनुको बिकल्प छैन । कागज मै सहि सरकारले राखेका सामाजिक दुरी कायम गर्ने, भिडभाडमा नजाने, लक्षण देखिएमा आफ्नो कारणले अरुलाई नसरोस भनेर स्वयं नागरिक नै सचेत हुँदै आइसोलेसनको कडाइका साथ पालना गर्ने गरेमा निक्कै हदसम्म जनस्तरबाट पनि संक्रमण रोक्न ठूलो पहल कदमी हुनेछ ।
कोरोनाको पहिलो लहरको संक्रमण युरोप, अमेरिकातिर बढी केन्द्रित थियो भने दोश्रो लहर भारतलाई केन्द्र बिन्दु बनेर बढिरहेको छ । भारत संग नजिकका नेपाल, पाकिस्तान, बर्मा, श्रीलंका, बंगालदेश लगायतका देशहरुमा अबको केहि हप्ता कोरोनाको प्रकोप बढ्ने देखिन्छ । फेरि
पनि समुदाय भित्रका संक्रमितहरु लाई पहिचान गरेर अलग्याउने अनि बाहिरबाट आउनेहरु नेगेटिभ रिपोर्ट नै भए पनि उचित कन्ट्रयाक्ट ट्रेसीङ्ग गर्न सके मात्र कतै कोहिमा छुस्स संक्रमण देखिएमा तुरन्तै उचित रोकथाम गर्न सकिन्छ । नत्र भने खुल्ला बोर्डरबाट हजारौंको संख्यामा नेपाल फर्किएकाहरु ले अबको केहि हप्तामा नेपालको दुरदराजसम्म कोरना पुराई सक्नेछन् । फेरि पनि यो अप्ठ्यारो
स्थितिमा सत्ताको खिचातानी र शिलान्यास एबं उद्घाटनमा व्यस्त सरकारको भर नपरि सचेत नागरिकको हैसियतले आ–आफ्नो ठाउँबाट कोभिड बिरुद्दमा लड्न सके घर, छिमेक, टोल, वडा हुदै कोभिड रोकथाममा ठूलो टेवा पुग्नेछ । सबै आ–आफ्नो ठाउँमा सचेत बनौ, साना साना कुराहरु मा पनि सजगता अपनाऔं र यो अप्ठ्यारो स्थितिको मुकाबिला गरौँ ।

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा...

काठमाडौं– नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नागरिकता विधेयक दुवै सदनबाट...

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा...

१९९८ स्थापना भएर सिड्नीको नेपाली समुदायमा सामाजिक र परोपकारी रुपमा सकृय एबं...

भक्तपुर– ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२’ का लागि आवेदन खुला गरिएको...

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा...

काठमाडौं– नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नागरिकता विधेयक दुवै सदनबाट...

आजभन्दा २८ वर्षअगाडि एउटा प्रख्यात लोकपप ब्याण्डको उदय भयो । त्यो व्याण्ड...

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा...

१९९८ स्थापना भएर सिड्नीको नेपाली समुदायमा सामाजिक र परोपकारी रुपमा सकृय एबं...