कोभिड कहरको अध्याँरो हट्दै

आफ्नो जीवनकालमा फेरि यस्तो बेहोर्नु नपरोस् भन्ने कामना गर्नु र बितेका करिब दुई वर्षका ती आफ्ठ्यारा स्थितिहरु लाई एक पटक समीक्षा गर्नु नै यति बेला हामी सबैको लागि कोभिड कहर पछाडिको सुखद क्षण हो । यी हरफहरु लेख्दै गर्दा र पढ्दै गर्दा हामी सबैले आफूलाई भाग्यमानी सम्झनु पर्छ । किनकि कम्तिमा हामीले त्यो प्रलयलाई व्यक्तिगत रुपमा जितेका छौं । त्यसो भन्दै गर्दा हामी मध्ये कतिले परिवारजन साथीभाइ नातागोता र प्रियजनहरु गुमायौं । ती सबैको स्मरण गर्दै आफ्नो जीवनरुपी संघर्ष पुनः अगाडि बढाउनु नै हामी सबैको अबको दायित्व र कर्तब्य हो ।
बितेका २ वर्ष धेरै मानेमा सबैका लागि अनिर्णयीत कहर बन्यो, हेर्दा दुई वर्ष देखियो तर यसले धेरै ठाउँमा क्षय गरेको छ, आर्थिक र सामजिक पाटोमा वर्षौको खाडल बनाएको छ । यसो भन्दै गर्दा पनि कोभिड पूर्ण रुपमा साम्य भएको छैन । यो संग अभ्यस्त हुँदै, कोभिड बिरुद्दको खोपले प्रतिरोध शक्ति बढाउँदै अगाडि बढेका छन् बिकसित राष्ट्रहरु र त्यसैलाई पछ्याउँदै छन् अन्य राष्ट्रहरु पनि । खोपको कुरा गर्दै गर्दा नेपाल सरकारले पहल गरिरहेको भए पनि अन्य राष्ट्रबाट सहयोग र सहुलियतमा निर्भर हुनु पर्ने भएका कारण खोपले ब्यापकता नपाएको देखिन्छ । २०१९ डिसेम्बरमा पहिलो पटक देखिएको कोभिड बिरुद्दको खोप एक वर्ष बित्दा नबित्दै केहि राष्ट्रहरुले बनाए । जो राष्ट्रहरुले बनाए पक्कै पनि सुरुको उपयोग पनि तिनैले गरे र आज अमेरिका अष्ट्रेलिया जापन लगाएत युरोपका देशमा धेरैले खोप लगाई सकेका छन् । जसले गर्दा त्यहाँ कोरोना संक्रमणको दर निकै घटेको छ, आर्थिक, सामाजिक गतिविधि बढेका छन् र मानिसको जीवन सहज हुन थालेको छ । बिकसित राष्ट्रहरु मा पनि कतै १२ वर्ष माथि र कतै १६ वर्ष माथिका को लागि मात्र खोप दिइरहेको स्थितिमा हाल २ वर्ष माथिका बच्चाहरु मा समेत कोभिडको प्रकोप देखिए संगै खोपको दायर साना उमेर समूहको लागि पनि लक्षित गरि सोहि अनुसार अनुसन्धान र निर्माण गर्नु अबको आबश्यकता देखिन्छ ।
एकादेशको कथा जस्तै लाग्ने यो महामारीले बिश्वलाई नै असर गर्दै गर्दा नेपाल जस्तो हाम्रो देशलाई गरेको असर भिन्न रह्यो । बिकसित देशहरु मा त्यहाँको सरकारले गर्ने सपोर्टले नागरिकहरु लाई धेरै भन्दा धेरै रहात मिल्यो । तर नेपालमा बैदेशिक रोजगारीमा जाने ठूलो संख्या, उच्चशिक्षाको लागि बिकसित देशहरु जाने उतै परिश्रम गर्दै अध्ययन पूरा गर्ने ठूलो विद्यार्थीको समूह र देश भित्रै सानो ठूलो व्यापार गर्नेहरु को मार आदि बिभिन्न समस्याहरु बीच नेपालको सामाजिक आर्थिक सबै कुराको मार यो कहरमा पर्न गयो र यी कुराहरु लाई जनस्तरसम्म पुगेर नेपाल सरकारले जनताको लागि खासै सहयोगीको भूमिका निर्बाह गर्न सकेन । त्यसैले पनि खोपको सहजता संगै अब बैदेशिक रोजगार, बैदेशिक अध्ययन र देश भित्रै पनि आन्तरिक पर्यटन र व्यापार व्यवसाय बढ्दै गर्दा जनजीवन सहज बन्दै जाने बिश्वासमा धेरै नेपालीहरु छन् ।
जसरि बिश्वका बिकसित राष्ट्रहरु को ध्यान धेरै भन्दा धेरैलाई खोप लगाउने र अन्य स्वास्थ मापदण्डहरु निरन्तरता दिदै जाने रहेको छ जसमा उनीहरु निक्कै सफल पनि छन् । नेपालले पनि आफ्ना सम्पूर्ण नागरिकलाई खोप लगाउन उच्च सरकारी संयन्त्र बनाउने, केन्द्र र प्रान्तीय सरकारमा खोप भण्डारण जस्ता कुराहरु यथाशक्य बनाउने, बैदेशिक रोजगार र अध्ययनको लागि जाने देशहरु ले मान्यता दिएका खोपहरु सहुलियतमा किन्न वा सहयोग स्वरुप प्राप्त गर्न सरकारले खोप उत्पादक कम्पनी या राष्ट्रसित उच्च कूटनीतिक पहल गर्नु पर्दछ ।
कोभिड कहरको यो दुई बर्ष माथि उल्लेख गरे जस्तै धेरैको लागि कष्टकर रह्यो । युरोप अमेरिका र अष्ट्रेलिया लगायतका देशमा बस्ने धेरैले बिताएको लकडाउनको जनजीवन आफ्नाहरु भेटघाट गर्न नपाउने, कोभिडका कारण धनजनको क्षति लगायत चाडपर्ब, बिबाह जस्ता खुसीका क्षण र मर्दा पर्दा पनि आफ्नाहरु संग अन्तिम समय वा दुःखको समयमा संंगै हुन नपाउने लगायत धेरै कुराहरु यो समयमा घटित भए ।
अर्को तर्फ समस्याले समाधान सिकउँछ भने जस्तै यो अध्यारो भित्र केहि जुनकिरिहरु देखिए । बैदेशिक रोजगार नै सबै थोक देख्ने नेपालका धेरै युबाहरु ले यो बीचमा देशमै केहि गर्न जुर्मुराए । खाध्य, कपडा, तरकारी र फलफुलका उत्पादनदेखि होम डेलिभरीसम्मलाई बैज्ञानिक र प्राविधक रुपमा व्यवसायिक गर्न सकिन्छ भन्ने धेरै उदाहरणहरु यो बीचमा देखियो । जसबाट धेरै समय सापेक्ष उत्पादन र बजार व्यवस्थापनमा युवाहरुको चासो बढ्न गएको देखियो । धेरै युवा युवती देश भित्रै उद्यमी बने, अरु धेरैको लागि प्रेरणाको श्रोत पनि बने ।
फेरि पनि मानव सभ्यताको यो अप्ठयारो समय अझै हटि सकेको छैन । संयमता, स्वस्थ जीवनशैली सबै भन्दा ठूलो कुरा हो भनेर गएको यो कहरबाट हामी सबैले धेरै कुरा सिक्ने अबसर पाएका छांै । आशा गरौं राजनीतिक व्यक्तित्वदेखि सर्बसाधारणसम्मले कोभिड कहरको यो अँध्यारो हट्दै गर्दा आफू, आफ्नो परिवार, परिवेश, समुदाय र देशको लागि आफ्नो ठाउँ र क्षमता अनुसार योगदान दिन सकुन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...


