फुटबल च्याम्पियनशिप प्रतियोगिता हुँदै

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, पुस ११, २०७४

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा फुटबल च्याम्पियनशिप प्रतियोगिता हुने भएको छ । भुटानी समुदायले प्रतियोगिताको आयोजना गरेको हो । अष्ट्रेलियन भुटानिज नेशनल फुटबल च्याम्पियनशिप तथा दोस्रो न्यु एण्ड इमार्जिंग कम्युनिटीज कपको नामले प्रतियोगिता आयोजना गरिएको छ। अष्ट्रेलियन भुटानिज समुदायलाई एकताबद्ध गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको आयोजक बताउँछन् । कार्यक्रम आगामी जनवरी १९ देखि २१ तारिखसम्म ABD Stadium , Bary Rd , Broadmeadows मा हुनेछ । हेल्प-हिमालयन युथ फाउन्डेसन, हाम्रो परम्परा फाउन्डेसन तथा भुटानिज कम्युनिटी इन अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गर्न लागेको यस कार्यक्रमको बारेमा थप जानकारी लिनको लागि सम्बन्धित व्यक्तिहरुसंग सम्पर्क गर्न सकिन्छ ।

दिवाकर – ०४२६ ८७० ०५६,

सुवास – ०४१० ०८० ९८५, 

सुक – ०४२१ ०८२ ६८५