वेस्टमिडमा नयाँ वर्षको शुभकामना साँझ कार्यक्रम हुने

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, फाल्गुन ८, २०७४
यहि अप्रिल ६ तारिक को दिन Nepalese Community In Sydney , Westmead ले नेपाली नयाँ वर्ष को अवसर पारेर शुभकामना साँझ कार्यक्रम गर्ने भएको छ। कार्यक्रम Redgum Centre , २ लेन स्ट्रीट, वेंटवोर्थभिलमा हुने छ।  रेड्गम कार्यक्रमको मुख्य आकर्षण स्थानीय कलाकारबाट गीत संगीत को साथै नृत्य रहेको बताइएको छ । यस संस्थाले स्थापनाको  छोटो समयमा पनि बिबिध कार्यक्रम गर्दै आएको छ । बिगतका वर्ष जस्तै यस वर्ष पनि स्थानिय नेपालीहरुको राम्रो सहभागिता अपेक्षा गरिएको छ। प्रबेश शुल्क $३० रहेको छ भने बृदलाई  $२५ अनि ५- १२ वर्षका केटाकेटीलाई $१५ राखिएको छ।